राष्ट्रिय
-
२०७६ जेठ २३, बिहिबार
राष्ट्रपतिको नेपालगञ्ज भ्रमणः सद्भाव र एकताको सन्देश
सद्भावको शहर नेपालगञ्जमा एउटा समुदायको चाडपर्वमा अर्को समुदायका व्यक्तिको जमघट हुन्छ । मुसलमानको चाडपर्वमा हिन्दू र हिन्दूको चाडपर्वमा मुसलमान सहभागी हुन्छन् । यो नेपालगञ्जको अत्यन्तै सद्भावपूर्ण धार्मिक संस्कार हो । दशैँतिहारजस्ता चाडपर्वमा मुसलमानहरु टीका थाप्न हिन्दूका घरमा पुग्छन् भने मुसलमान समुदायको चाडपर्वमा हिन्दू सहभागी भई शुभकामना आदानप्रदान गर्ने गर्छन् । नेपालगञ्ज मधेशी, मुसलमान र...
-
२०७६ जेठ २३, बिहिबार
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताउनुभयो । उहाँका अनुसार विमानस्थलमा...
-
२०७६ जेठ २३, बिहिबार
विश्वशान्तिको कामना गर्दै कपनमा महायज्ञ
निरौला बन्धु सेवा समाजले विश्व शान्तिको कामना गर्दै बूढानीलकण्ठ—१० कपनमा बाह्रदिने महायज्ञको आयोजना गरेको छ । निरौला बन्धु परिसर नीलोपुलमा पितृ उद्धार गर्ने पनि उद्देश्यले महायज्ञ आयोजना गरिएको समाजका सहसचिव सुरेश निरौलाले बताउनुभयो । “महायज्ञबाट सङ्कलित रकमबाट समाजको भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो । यही जेठ २१ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३२ गते सम्पन्न हुनेछ ।...
-
२०७६ जेठ २३, बिहिबार
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ । नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो । शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख प्रतिभा जिसीले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम मोटरमार्ग, नाला, सिँढी, पाइप...
-
२०७६ जेठ २३, बिहिबार
दुर्लभ हिमचितुवा र सुनौलो बिरालो फेला
गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो । आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात् साविक लामाबगर गाविस–१ को लप्ची उपत्यकाका विभिन्न ११ ठाउँमा इन्फ्रारेड क्यामेरा राखेर गरिएको अध्ययनबाट हिमचितुवाका तीन तस्वीर रेकर्ड...
-
२०७६ जेठ २३, बिहिबार
लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक भएन ःसांसद
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गर्नुभयो । बैठकमा उहाँहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै शून्य समयमा सदनमा राखेका धारणा शून्यमा नहराउन भन्दै शून्य समयका राखेका विषय के कति कार्यान्वयन भयो रु जवाफ दिन माग गर्नुभयो । सांसदहरुले संसद्...
-
२०७६ जेठ २३, बिहिबार
मध्यपुरथिमिमा जेठ २५ देखि स्थानीय पाठ्यक्रम लागू
मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । आगामी २५ गते पर्ने...
-
२०७६ जेठ २३, बिहिबार
ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो । यस्तै तीन उपाध्यक्ष पदका लागि राजुमान डङ्गोल, भवीश्वर शर्मा, गीता गुरुङ, महेश महर्जन, टासी गुरुङ,...
-
२०७६ जेठ २३, बिहिबार
विपद् सिकाइ केन्द्र स्थापना
तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुनेमा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र स्थापना गरिएको छ । स्थानीय समुदायमा जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनसम्बन्धी ज्ञान, सीप अभिवृद्धि गर्ने उद्देश्यसहित जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र स्थापना गरिएको हो । गोनेसा, हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको सिकाइ केन्द्रमा जलवायु परिवर्तन तथा...
-
२०७६ जेठ २३, बिहिबार
भ्रष्टाचार मौलाएको आरोप
नेपाली काँगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ । काँग्रेसको जागरण अभियानका क्रममा सबै स्थानिय तहमा पुग्नु भएका नेता हुमागाईँले आज नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा भन्नुभयो, “प्रदेश सरकारले कार्यकर्तामुखी योजनाहरु बाँडेको भेटियो, प्रदेशबाट योजना हाल्ने ३० प्रतिशत कमिसन खाने जस्ता कार्यहरु भएका छन्, यो गलत काम...
-
२०७६ जेठ २३, बिहिबार
नौ वर्षदेखि नदीको पानी पिउन बाध्य
सुनकोशी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ । सुनकोशी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेखि नदीको दुषित पानी पिउन बाध्य छन् । उनीहरुले विगत नौ वर्षदेखि नदीको पानी खानेपानीका रुपमा प्रयोग गर्दै आएका हुन् । पानीको...
-
२०७६ जेठ २३, बिहिबार
‘म स्वस्थ मेरो नगर स्वस्थ’ अभियान शुरु
कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरुपमा प्रतिबद्ध गराउन थालेको छ । नगरपालिकाले सार्वजनिक कार्यक्रममा सामूहिक प्रतिबद्धता गर्न...


