relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ २२, बुधबार

    राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज पूजा गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिनुभयो ।पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुग्नुभएकी भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलोपटक उक्त देवीको पूजा गर्नुभएको हो । राष्ट्रपतिलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले...

  • २०७६ जेठ २२, बुधबार

    सामूहिक फूल खेतीतर्फ आमा समूह

    गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरीद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो । कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित डाँडागाउँ आमा समूहले थप आयआर्जनका साथै आगन्तुक पाहुनाको स्वागतका लागि गाउँमै...

  • २०७६ जेठ २२, बुधबार

    पच्चीस बिघा क्षेत्रफलमा रङ्गशाला

    घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।  चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा...

  • २०७६ जेठ २२, बुधबार

    प्रयोगविहीन माटाका भाँडा बनाउने उपकरण

    माटाका भाँडा बनाउने उपकरण ल्याएको एक वर्ष भइसक्दा पनि तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीमा राखिएको सो उपकरण प्रयोगमा आउन सकेको छैन ।  माटाका भाँडा बनाउन सहज, छिटो, छरितो होस् भनी गरीबी निवारण कोषले एक वर्षअघि उपलब्ध गराएको ती उपकरण प्रयोगमा नआउँदा त्यसै थन्क्याउनुपरेकोे कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । “यी सामग्री ल्याएको एक वर्ष भयो”, उहाँले भन्नुभयो, “हामीलाई  प्रयोग गर्न आउँदैन,...

  • २०७६ जेठ २२, बुधबार

    काँक्रेविहारलाई खुल्ला ‘जु’ का रुपमा विकास गर्छौं ः मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारलाई खुल्ला ‘जू’ का रुपमा विकास गरिने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा काँक्रेविहार क्षेत्रमा आज बिहान आयोजित सरसफाइ तथा वृक्षरोपन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो, “पुरातात्विक र ऐतिहासिक महत्व बोकेका काँक्रेविहारको संरक्षणमा सम्बन्धित सबै पक्ष लाग्नुपर्छ ।” मुख्यमन्त्री...

  • २०७६ जेठ २२, बुधबार

    पोखरा–याङ्जाकोट सडक पक्की हुँदै

    कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ । पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो । क्रमागतरुपमा निर्माण गरिने साढे १५ किलोमिटर लम्बाइको सो सडक आर्थिक वर्ष २०७६÷७७ विजयपुर खोलादेखि तारकाङसम्मको...

  • २०७६ जेठ २२, बुधबार

    छुवाछूत अन्त्यका लागि सबै हातेमालो गरी अघि बढ्नपर्छ

    उत्पीडनमा रहेका दलित समुदायको समस्या सबैको साझा समस्या रहेकाले सो समस्या समाधानका लागि सबैले हातेमालो गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिइएको छ । दलित र गैरदलितबीच सहकार्य गरेर अभियान सञ्चालन गर्न सके व्यवहारिक रुपमै जातीय छुवाछूतलगायत सामाजिक समस्या हटाउन सकिनेमा पनि यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिए । दलित अधिकारका लागि साझा अभियान पाल्पा शाखाको आयोजना र जिल्ला समन्वय समितिको...

  • २०७६ जेठ २२, बुधबार

    प्रदेश सरकारद्वारा विभिन्न योजनामा लगानी

    मानव विकास सूचाङ्कका हिसाबले निकै पछि परेको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई चौतर्फी विकास गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले विभिन्न योजना अघि बढाएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने उद्देश्यअनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पशु, खेलकूद र पूर्वाधार विकासअन्तर्गतका विभिन्न योजना अघि बढाएको हो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमदेखि अन्य चौतर्फी क्षेत्रमा...

  • २०७६ जेठ २२, बुधबार

    चितवनको हात्तीबाङ अन्धकारमा

    नेपालको सुगम जिल्लाका रुपमा परिचित छ, चितवन । तर सुगम जिल्लाका बासिन्दा अझै पनि उज्योलामा बस्न पाएका छैनन् ।  धादिङको जोगिमारा हुँदै पुगिने चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा बिजुलीको पोल गाडेर तार टाँगिएको पाँच वर्ष बितिसक्दा पनि स्थानीयवासीले अहिलेसम्म बत्तीको उज्यालो देख्न पाएका छैनन् । हात्तीबाङ काउलेमा बिजुली बाल्नका लागि पोल गाडिएको छ । पोलमा तारसमेत टाँगिएको छ । तर बत्ती बलेको...

  • २०७६ जेठ २२, बुधबार

    विश्व वातावरण दिवसमा वृक्षरोपण

    विश्व वातावरण दिवसका अवसर पारेर आज चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् । डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ । १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला...

  • २०७६ जेठ २१, मंगलबार

    धानको बीउ उत्पादन गरिने

    रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले यस वर्ष १५० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादनका लागि अनुदान सहयोग दिने भएको छ । कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको सो आयोजनाले यस वर्ष विभिन्न कृषि सहकारी र बीउ उत्पादक कम्पनीलाई धानको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानसहित सहयोग गर्न थालेको हो । आयोजना मार्फत यस वर्ष बीजवृद्धि कृषि सहकारी संस्था मुनुवालाई ३५ हेक्टर,...

  • २०७६ जेठ २१, मंगलबार

    ठाकुरबाबा नगरपालिकामा स्थानीय पाठ्यक्रम

    बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा लागु गर्ने गरी स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाले ‘हाम्रो ठाकुरबाबा’ नाम गरेको स्थानीय पाठ्यक्रम यस शैक्षिक सत्रदेखि लागु गरेको हो । कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि तयार पारिएका पाठ्यक्रम नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय लागू गरिएको छ । स्थानीय पाठ्यक्रम गत वैशाख २५ को नगर कार्यपालिकाबाट स्वीकृत तथा वैशाख २९ को...

Pages