relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ ८, बुधबार

    कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

    राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नं ५ र गण्डकी प्रदेशका सम्बन्धित क्षेत्रका स्थानीय तहहरु जुर्मुराउन थालेका हुन् ।   तल्लो तटीय क्षेत्रअन्तर्गतका पाल्पा, स्याङ्जा, तनहुँ...

  • २०७६ जेठ ८, बुधबार

    वन क्षेत्र अतिक्रमणले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै

    वन क्षेत्रको अतिक्रमणले वन्यजन्तु बासस्थानको विनाश हुनाका साथै वन्यजन्तुको आहारामा समेत कमी आउँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले वन्यजन्तु आफ्नो बासस्थान छोडी गाउँ बस्तीमा पस्ने क्रम बढेको देखिन्छ । यसबाट वन्यजन्तुका अतिरिक्त निकुञ्ज र आरक्ष...

  • २०७६ जेठ ८, बुधबार

    प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने ः मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभयो । उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको...

  • २०७६ जेठ ८, बुधबार

    विशाल महादेव मूर्तिसहितका संरचना निर्माण कार्य तीव्र

    सरकारले गन्तव्यमा सूचीकृत गरेको पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचना निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको पुम्दीकोटको पर्यटकीय आकर्षण उजागर गर्दै उक्त क्षेत्रलाई विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ विशाल महादेव मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको हो । स्थानीय समाजसेवी एवम् पुम्दीकोट...

  • २०७६ जेठ ८, बुधबार

    तपार्इंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो

    गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो । आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफँैले बेचेको मोटरसाइकलका चालकको मृत्यु भएको रहेछ । प्रहरीले सो मोटरसाइकल धनी खोज्दै जाँदा यातायात व्यवस्था...

  • २०७६ जेठ ८, बुधबार

    सेमेष्टर प्रणालीले सिक्ने र सिकाउने शैलीमा परिवर्तन

    सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ बनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउन विश्वविद्यालयले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श गरेको छ ।  सेमेष्टर प्रणालीलाई थप शक्तिशाली बनाई शिक्षक केन्द्रित प्रणालीबाट विद्यार्थीका रचनात्मक क्षमता र व्यावहारिक ज्ञानलाई ज्ञान तथा सीप आर्जनको...

  • २०७६ जेठ ८, बुधबार

    आलेख ः ‘दलहरुले बिर्से शहीदका योगदान’

    तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गर्दै शासनसत्ता आफ्नो हातमा लिए । त्यसैको विरोधस्वरुप २०६२ चैत २४ गतेदेखि नेपालमा राजतन्त्र विरोधी आन्दोलन शुरु भयो । यो आन्दोलनलाई राजनीतिक दलहरुले जनआन्दोलनको संज्ञा दिएका थिए । राजतन्त्र मुर्दावाद १ गणतन्त्र जिन्दावाद १ भन्दै देशभर राजतन्त्र विरोधी आन्दोलन चलिरहेको थियो । आन्दोलन उत्कर्षमा थियो । देशभरबाट कतै गोली चलेर आन्दोलनकारी घाइते भएका त...

  • २०७६ जेठ ८, बुधबार

    विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाइने ः मन्त्री बाँस्कोटा

    प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनको बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सांसद रामकुमारी झाँक्रीले कुनै सञ्चार उद्योग मोटाउने, कुनै दुब्लाउने प्रवृत्तिलाई...

  • २०७६ जेठ ८, बुधबार

    राप्रपा केन्द्रीय समिति बैठक काठमाडौँमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट सङ्कलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट गरी गोरखामा समापन गरिने निर्णय भएको नेता...

  • २०७६ जेठ ८, बुधबार

    नेपाली भाषामा एकरुपता ल्याइने

    विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ ।  नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौंँ संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो ।  भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताउनुभयो । “...

  • २०७६ जेठ ८, बुधबार

    ओखलढुङ्गामा सिद्धिचरणको शालिक

    युगकवि सिद्धिचरण श्रेष्ठको शालिक सदरमुकाममा स्थापना गरिएको छ ।  ‘मेरो प्यारो ओखलढुङ्गा’का सर्जक हुर्केको स्थानमा पर्यटन प्रवद्र्धनका लागि स्रष्टा उद्यान पनि बनेको  सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  युगकविको एक सय आठौँ जन्मजयन्ती बिहीबार मनाइँदै छ । 

  • २०७६ जेठ ८, बुधबार

    म्यान्मारमा अर्को वर्ष संसदको चुनाव

    म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भेट गर्दै राष्ट्रपति मिन्टले मतदाता सूची र निर्वाचन कार्यालयहरुको राम्रोसँग व्यवस्था गर्न तथा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र निर्वाचन क्षेत्रहरुको सीमा निर्धारण गर्न आग्रह गर्नुभयो । राष्ट्रपति मिन्टले...

Pages