राष्ट्रिय
-
२०७६ जेठ ७, मंगलबार
धादिङ अस्पताललाई वाटर डिस्पेन्सर प्रदान
धादिङबेसी बजारस्थित महालक्ष्मी विकास बैंकले आज धादिङ अस्पताललाई तीन थान वाटर डिस्पेन्सर उपलब्ध गराएको छ । उक्त बैंकको २५ औँ वार्षिकोत्सवका अवसरमा प्रबन्धक खिलप्रसाद सिलवालले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा महेन्द्र धमलालाई बिरामीहरूका लागि तातो चिसो पानी खुवाउन सकिने सो डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो । उक्त सहयोगप्रति आभार प्रकट गर्दै अध्यक्ष धमलाले डिस्पेन्सरलाई अत्यधिक बिरामीले...
-
२०७६ जेठ ७, मंगलबार
विश्व नापतौल दिवस
नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ । ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिनुभयो । पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई...
-
२०७६ जेठ ७, मंगलबार
सिंहदरबारको झल्को दिँदै गाउँपालिका
गाउँमै सरकारी सेवा सुविधा सहज रुपमा पाउन थालेपछि स्थानीयवासीले सिंहदरबार अब गाउँमै पुगेको अनुभूति गर्न थालेका छन् । सार्वजनिक सेवा र सुविधा आफ्नै घरआँगनमा सजिलैसँग पाउन थालेपछि बाँकेका जानकी गाउँपालिकाका स्थानीयवासीले सिंहदरबार गाउँमै पुगेको अनुभूति गर्न थालेका हुन् । “सार्वजनिक सेवा सुविधा लिनका लागि यसअघि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने अवस्था थियो, स्थानीय सरकार गठन भएसँगै ती सम्पूर्ण सेवा...
-
२०७६ जेठ ७, मंगलबार
प्रेस युनियन कास्कीमा अवार्ड स्थापना
नेपाल प्रेस युनियन कास्कीले कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अवार्ड स्थापना गरेको छ । कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्ये उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । कार्यसमितिका अध्यक्षबाहेक अन्य पदाधिकारी एवं सदस्यलाई प्रदान गरिने अवार्डको राशि रु पाँच हजार नगदसहित प्रशंंसापत्र रहेको युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिनुभयो...
-
२०७६ जेठ ७, मंगलबार
विद्यार्थी नियमित गराउन छात्रावास
चितवनको राप्ती नगरपालिकाले विद्यार्थीलाई नियमित गराउन छात्रावास सञ्चालन गरेको छ । नगरपालिकाले नगरका दुई विद्यालयबाट छात्रावासको शुरुआत गरेको हो । नगरपालिकाको वडा नं ११ को थाकलटार मावि र वडा नं १२ को यौरालीटारमा छात्रावास सञ्चालन गरिएको छ । थाकलटार माविको छात्रावास सञ्चालनमा आइसकेको छ भने यौरालीटारमा भवन निर्माण अन्तिम चरणमा छ । भौगोलिक विकटताका कारण विद्यालय आउन समस्या हुने विद्यार्थीलाई लक्षित...
-
२०७६ जेठ ७, मंगलबार
र्जुनधाराधाममा निःशुल्क रात्रिकालीन भोजन
पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीका लागि रात्रिकालीन निःशुल्क भोजन शुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताउनुभयो । उहाँले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताउनुभयो । “हाम्रो उद्देश्य भनेको नगरका कोही...
-
२०७६ जेठ ७, मंगलबार
कामीरिताको नयाँ कीर्तिमान
आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गर्नुभएको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण...
-
२०७६ जेठ ७, मंगलबार
सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौ शाह
नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको छ । सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उहाँले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको हो । सोमबार सिन्धुलीमाढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार अलोकतान्त्रिक भएको र...
-
२०७६ जेठ ७, मंगलबार
प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट
लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले रु एक करोडदेखि तीन करोडसम्मका पाँच योजना छनोट गरी पठाएको नगरपालिकाका प्रवक्ता...
-
२०७६ जेठ ७, मंगलबार
कास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह
काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ । कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग, डिभिजन सडक कार्यालय, दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन...
-
२०७६ जेठ ७, मंगलबार
रारा योगमय बन्दै
मुगुमा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ । मुगु जिल्लाका चार स्थानीय तहमध्ये एक मात्र नगरपालिका रहेको मुगु जिल्लाको छायानाथ रारा नगरपालिका योगमय बन्दै गएको छ । अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो...
-
२०७६ जेठ ६, सोमबार
घाँसका लागि उपभोक्ता नै लगाउँछन् आगो
डडेल्धुराका सामुदायिक वनमा आगो लाग्नेक्रम शुरु भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा र अमरगढी नगरपालिका– १० राई बस्ती नजिकको वनका साथै महाभारत र चुरे वन क्षेत्रमा समेत आगो लाग्ने गरेको छ । साथै जिल्लाका अन्य सामुदायिक...


