relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ ९, बिहिबार

    लामखुट्टेबाट जोगिन झूल वितरण

    तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो ।  परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिनुभयो । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण गरिएको उहाँले बताउनुभयो ।  झूल वितरण गर्दै उपमहानगरपालिकाका...

  • २०७६ जेठ ९, बिहिबार

    प्रम ओलीबाट भारतीय समकक्षीलाई बधाई

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गर्नुभएकामा  बधाई दिनुभएको छ । उहाँले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई सन्देश दिनुभएको हो । अब पनि सफलता मिल्ने आशा गर्दै आफूले उहाँसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ ।  कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय...

  • २०७६ जेठ ९, बिहिबार

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी...

  • २०७६ जेठ ९, बिहिबार

    पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी

    निर्माण कम्पनीले गरेको ६ बँुदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताउनुभयो । सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख...

  • २०७६ जेठ ९, बिहिबार

    चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण

    ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर पुनर्निर्माण सम्पन्न भएको हो ।  नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले भूकम्पले क्षति पु¥याएका पाँच हजार ७८५ घरमध्ये चार हजार ७६२ घर पुनर्निर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेको बताउनुभयो । बाँकी घरले पनि...

  • २०७६ जेठ ९, बिहिबार

    पत्रकारिताको विकासको लागि सरकार दृढ ः मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्रेस रजिष्ट्रारको कार्यालयद्वारा आज यहाँ आयोजित आम सञ्चारमाध्यमको प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै संविधानको...

  • २०७६ जेठ ९, बिहिबार

    खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित

    पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन्  । सन् २००८ देखि २०१३ सम्मको पहिलो चरण र सन् २०१४ देखि सन् २०१९ को हालसम्म दोस्रो चरणमा सो परियोजना सञ्चालनमा ल्याइएको हो  । उक्त परियोजनाकोे प्रधान कार्यालयका अनुसार पहिलो चरणमा  स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी, मुस्ताङ, गुल्मी,...

  • २०७६ जेठ ९, बिहिबार

    विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ ९हिसान० ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र यहाँका आवश्यकताको...

  • २०७६ जेठ ९, बिहिबार

    विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

    विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो । त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९ काप्तीको जङ्गलमा गुँड लगाएर चल्ला कोरलेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताउनुभयो ।   दुई÷तीन...

  • २०७६ जेठ ९, बिहिबार

    नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु पर्दैन

    नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड ९फोहर प्रशोधन केन्द्र० को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षौंैदेखि सुन्दै आएको ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको हो ।  “अब टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्नेछन् र ल्याण्डफिल साइडमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गर्नेछौँ”,...

  • २०७६ जेठ ९, बिहिबार

    बेमौसममा भारतीय पर्यटकको भर

    तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो । व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन् । त्यसका अतिरिक्त चिनियाँ र आन्तरिक पर्यटक छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा क्षेत्रमा यतिबेला न्यून पर्यटक छन् । तीमध्ये अधिकांश भारतीय...

  • २०७६ जेठ ९, बिहिबार

    विद्युत् प्राधिकरणलाई करोडौँको जग्गा दान

    गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई रु एक करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । केन्द्रले गलकोट प्रशाखा स्थापनाका लागि जग्गा खोजी गरिरहे पनि तीव्र शहरीकरण भएको गलकोट नगरपालिकामा आवश्यक जग्गा नपाउँदा समस्या भइरहेको थियो । आफ्ना स्व बाबा डण्डपाणि शर्माको स्मृतिमा गलकोट नगरपालिका–२ नरेठाटीस्थित मध्यपहाडी लोकमार्गसँगैको...

Pages