राष्ट्रिय
-
२०७६ जेठ ९, बिहिबार
प्रम ओलीबाट भारतीय समकक्षीलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गर्नुभएकामा बधाई दिनुभएको छ । उहाँले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई सन्देश दिनुभएको हो । अब पनि सफलता मिल्ने आशा गर्दै आफूले उहाँसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय...
-
२०७६ जेठ ९, बिहिबार
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी...
-
२०७६ जेठ ९, बिहिबार
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
निर्माण कम्पनीले गरेको ६ बँुदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताउनुभयो । सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख...
-
२०७६ जेठ ९, बिहिबार
चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर पुनर्निर्माण सम्पन्न भएको हो । नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले भूकम्पले क्षति पु¥याएका पाँच हजार ७८५ घरमध्ये चार हजार ७६२ घर पुनर्निर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेको बताउनुभयो । बाँकी घरले पनि...
-
२०७६ जेठ ९, बिहिबार
पत्रकारिताको विकासको लागि सरकार दृढ ः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्रेस रजिष्ट्रारको कार्यालयद्वारा आज यहाँ आयोजित आम सञ्चारमाध्यमको प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै संविधानको...
-
२०७६ जेठ ९, बिहिबार
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन् । सन् २००८ देखि २०१३ सम्मको पहिलो चरण र सन् २०१४ देखि सन् २०१९ को हालसम्म दोस्रो चरणमा सो परियोजना सञ्चालनमा ल्याइएको हो । उक्त परियोजनाकोे प्रधान कार्यालयका अनुसार पहिलो चरणमा स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी, मुस्ताङ, गुल्मी,...
-
२०७६ जेठ ९, बिहिबार
विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ ९हिसान० ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र यहाँका आवश्यकताको...
-
२०७६ जेठ ९, बिहिबार
विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो
विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो । त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९ काप्तीको जङ्गलमा गुँड लगाएर चल्ला कोरलेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताउनुभयो । दुई÷तीन...
-
२०७६ जेठ ९, बिहिबार
नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु पर्दैन
नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड ९फोहर प्रशोधन केन्द्र० को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षौंैदेखि सुन्दै आएको ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको हो । “अब टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्नेछन् र ल्याण्डफिल साइडमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गर्नेछौँ”,...
-
२०७६ जेठ ९, बिहिबार
बेमौसममा भारतीय पर्यटकको भर
तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो । व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन् । त्यसका अतिरिक्त चिनियाँ र आन्तरिक पर्यटक छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा क्षेत्रमा यतिबेला न्यून पर्यटक छन् । तीमध्ये अधिकांश भारतीय...
-
२०७६ जेठ ९, बिहिबार
विद्युत् प्राधिकरणलाई करोडौँको जग्गा दान
गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई रु एक करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । केन्द्रले गलकोट प्रशाखा स्थापनाका लागि जग्गा खोजी गरिरहे पनि तीव्र शहरीकरण भएको गलकोट नगरपालिकामा आवश्यक जग्गा नपाउँदा समस्या भइरहेको थियो । आफ्ना स्व बाबा डण्डपाणि शर्माको स्मृतिमा गलकोट नगरपालिका–२ नरेठाटीस्थित मध्यपहाडी लोकमार्गसँगैको...
-
२०७६ जेठ ९, बिहिबार
नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक
पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारले प्रदेशका ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक...


