राष्ट्रिय
-
२०७६ जेठ ६, सोमबार
भौतिक पूर्वाधार मात्र विकास होइन ः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताउनुभएको छ । गजुरी गाउँपालिका भवनको आज यहाँ उद्घाटन गर्दै मूख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना सङ्घीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह...
-
२०७६ जेठ ६, सोमबार
उद्योगी तथा व्यापारीलाई कर शिक्षा
यहाँका व्यापारीलाई कर शिक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ । जुम्लास्थित करदाता सेवा कार्यालयले जिल्लाका उद्योगी तथा व्यापारीलाई कर तिर्ने व्यवस्थासहित विभिन्न प्रक्रियाबारे जानकारी गराएको हो । उक्त कार्यालयका प्रमुख हिमालय बमले करको परिभाषा, कर सङ्कलनको व्यवस्था, करका प्रकारलगायत अन्य व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । कर नै राज्यलाई बलियो बनाउने आधार भएकाले कुनै पनि व्यवसायको...
-
२०७६ जेठ ६, सोमबार
जलेश्वर अस्पतालमा कुकुरले टोकेका बिरामी बढे
महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका बिरामी बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् । डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार बढ्दो गर्मीसँगै कुकुर असामान्य हुने र तिनको सम्पर्कमा जाने जो केहीलाई टोक्ने भएकाले जिल्ला अस्पतालमा दिनदिनै कुकुरले टोकेका बिरामीको चाप बढेको हो । जिल्लाको १० नगरपालिका र पाँच...
-
२०७६ जेठ ६, सोमबार
राष्ट्र बैंकको निर्देशनः एटिएम मेसिनमा नेपाली भाषा राख
तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ रु साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ । उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र...
-
२०७६ जेठ ६, सोमबार
संसद्मा राजश्व चुहावट विधेयक पेश
‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५’ प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक प्रतिनिधिसभाको आजको बैठकमा पेश गर्नुभएको हो । यसअघि विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना सभाको बहुमतले अस्वीकृत गरेको थियो । विरोधको सूचनामार्फत् सांसद सुवालले उठाउनुभएका प्रश्नको...
-
२०७६ जेठ ६, सोमबार
मौरीको घार वितरण
विदुर नगरपालिकाले नगरका मौरी व्यवसाय गर्ने किसानलाई आज मौरीको एक सय नौ घार वितरण गरेको छ । नगरपालिकाका १३ वटा वडामध्ये २, १० र ११ का किसानलाई कृषि अनुदान ५० प्रतिशतमा घार वितरण गरेको हो । उपप्रमुख गीता दाहालले नगरपालिकाले किसानलाई मौरीको घार र उन्नत जातका मौरी पनि संँगै दिएको जानकारी दिनुभयो । “किसानहरुलाई व्यावसायिक बनाउन पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको थियो, उहाँले भन्नुभयो, “यसरी...
-
२०७६ जेठ ६, सोमबार
नर्स र शिक्षकको माग पूरा गर्न सांसदको माग
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी राजपा सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो । सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन...
-
२०७६ जेठ ६, सोमबार
अध्ययन गर्नका लागि बालबालिकाले काफल बेच्दैं
रोल्पा नगरपालिका–८ जङ्कोटका १२ वर्षीय सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् । टिपेको काफल बिक्रीका लागि शनिबार बिहानै उनी सदरमुकामतर्फ लाग्छिन् । उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करीब तीन घण्टाको पैदलयात्रा हिँड्नुपर्छ । “काफलको सिजन हो, अहिले म प्रत्येक शुक्रबार यसरी नै काफल टिप्न जान्छु र शनिबार बजारमा लगेर बिक्री गर्छु”, उनले भनिन् । उनीसँगै काफल बेच्न आएकी सोही ठाउँकी कक्षा– ८...
-
२०७६ जेठ ५, आइतबार
किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालीम
नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालीम दिइएको छ । महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालीम दिएको...
-
२०७६ जेठ ५, आइतबार
योजना स्तरीय र दिगोपना हुनुपर्नेमा जोड
स्थानीय तहका योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ । दशरथचन्द नगरपालिकाका ११ वटै वडामा जनप्रतिनिधि र योजना छनोट प्रक्रियामा सहभागी समुदायका अगुवाका लागि अझिमुखीकरण कार्यक्रम शुरु गरिएको हो । रेडत्रस बैतडीले सञ्चालन गरेको योजना तर्जुमा गोष्ठीमा सहभागीले योजना छनोट गर्दा स्तरीय र दिगोपना ल्याउने खालका योजना बनाउन सक्षम बनाउन अझिमुखीकरण कार्यक्रम गरिएको रेडत्रसका कार्यक्रम अधिकृत...
-
२०७६ जेठ ५, आइतबार
स्थानीय जनप्रतिनिधिलाई जनताको मन जित्न आग्रह
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक छ भन्नुभयो । “सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको...
-
२०७६ जेठ ५, आइतबार
घुम्टेको काखमा घरबास शुरु
बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास होमस्टे शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान, बस्नको समस्या भएका कारण घरबासको अवधारणा ल्याइएको सामुदायिक घरबासले जनाएको छ । सिद्धथान सामुदायिक...


