राष्ट्रिय
-
२०७६ जेठ ५, आइतबार
चार वडा कार्यालयको भवन निर्माण शुरु
नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको...
-
२०७६ जेठ ५, आइतबार
निःशुल्क शिक्षा दिँदा सामाजिक सहभागिता बढ्ने निष्कर्ष
धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङ्ख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ । ‘नेपालमा सामाजिक विकास र सामाजिक परिवर्तन’ विषयमा विद्यालय शिक्षामा जारी निजीस्तरको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन दुवै पृष्ठभूमिका विद्यार्थी एकै ठाउँ हुनुपर्ने देखाएको...
-
२०७६ जेठ ५, आइतबार
उपप्रमुखसहित पाँच माथि मुद्दा
पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गर्नुभएको छ । शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा रु दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रु एक करोड नौ लाखमा पारेको विषयलाई लिएर...
-
२०७६ जेठ ५, आइतबार
आयुर्वेद स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिए
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँमै विशेषज्ञ सेवाका साथै औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीयवासीको निकै बाक्लो उपस्थिति थियो । आयुर्वेद चिकित्सा महाशाखा प्रमुख डा मनकर्ण थापाले शिविरमा ३०० बढी बिरामीको जाँच र औषधि वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा धेरैजसो...
-
२०७६ जेठ ३, शुक्रबार
प्राविधिक शिक्षाले विद्यार्थी तान्यो
सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो । आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ भर्ना हुन आएको बताउनुभयो । उहाँ...
-
२०७६ जेठ ३, शुक्रबार
नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने
चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताउनुभयो । नगरपालिकामा रहेको मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई...
-
२०७६ जेठ ३, शुक्रबार
बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ ः ‘प्रचण्ड’
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताउनुभएको छ । छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा आज मदननगरमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी...
-
२०७६ जेठ ३, शुक्रबार
काफल बेचेरे पढाइ खर्च जुटाउँदै बालबालिका
डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउका न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ । मौसमअनुसारका फलफूलको व्यापार गरेर राम्रो आम्दानी गर्दै आएका सडक आसपास गाउँका बालबालिकाले अहिले भने काफल, पुलम, आल्चा र आरु विक्रीबाट आम्दानी गरी पढाइ खर्च जुटाइरहेका अमरगढी–५ तोफानडाँडाका जोगराज ऐरले बताउनुभयो । यो वर्ष असिना पानीले गर्दा...
-
२०७६ जेठ ३, शुक्रबार
गोकर्णेश्वरको न्यायिक समितिमा जग्गाको सीमा विवाद धेरै
स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुईरतीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ । धादिङ स्थायी घर भएका टेकबहादुर तामाङले दुई वर्षअघि...
-
२०७६ जेठ ३, शुक्रबार
बुद्धजयन्तीको तयारी पूरा
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६३ औँ बुद्धजयन्तीको तयारी पूरा भएको जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यमा रङरोगन गरी सिङ्गारिएको तथा त्यस वरपर क्षेत्रमा सरसफाइ गरिएको छ । बुद्धजयन्तीका दिन बिहानैदेखि विशेष बुद्ध पूजा, भजनकीर्तन, साँझमा दीपावली गरिने छ । मन्दिर परिसरमा साँझ गरिने दैनिक दीप प्रज्वलनमा सम्पूर्ण प्राणी जगत्को कल्याणको कामना गरिने महासमितिका महासचिव...
-
२०७६ जेठ ३, शुक्रबार
फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने
मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उहाँ बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । स्थानीयस्तरको समस्या, कार्यक्रम र गतिविधिका समाचार लेखेर पठाउने माध्यम नहुँदा शाहीलाई काम गर्ने इच्छाशक्ति पनि मर्दै गएको छ । फोन गर्नका लागि र...
-
२०७६ जेठ ३, शुक्रबार
लुम्बिनी विश्व कै सम्पदा हो ः मुख्यमन्त्री पोखरेल
लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा नेपाल फोटो पत्रकार महासङ्घले आजदेखि लुम्बिनीमा फोटो प्रदर्शनी शुरु गरेको छ । तीन दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ । सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै लुम्बिनी विश्व कै सम्पदा हो भन्नुभयो । उहाँले...


