राष्ट्रिय
-
२०७६ जेठ ५, आइतबार
चेतना बढ्यो, बालश्रम र विवाह घटेन
दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगर बनाउने अभियान जारी छ । बालश्रम र बालविवाह हुने गरेका उपमहानगरपालिकाका पाँच वडामा अभियान सञ्चालन भइरहेको छ । अभियान सञ्चालन भइरहेका ती वडामा बालविवाह र बालश्रम लगाउनु हुँदैन भन्ने चेतनामा वृृद्धि भए पनि व्यवहारमा भने लागू भएको छैन । यसकै फलस्वरुप अझै पनि ती वडामा बालश्रम र बालविवाह भएको पाइएको तुलसीपुर उपमहानगर बाल अधिकार संरक्षण समितिका...
-
२०७६ जेठ ५, आइतबार
“डोजर घटाऔँ, झम्पल बढाऔँ”
“आफ्नो गाउँ आफै बनाऔँ सडक खोतल्ने होइन, घोरेटो बाटो बनाऔँ, डोजर घटाउ र झम्पल बढाऔँ” भन्ने सन्देशका साथ प्रदेश नं १ को योजना आयोगले दशिानर्दिेशात्मक आवधकि योजना तयार पारेको छ । प्रदेशलाई समृद्ध र सुखी बनाउन तथा प्रधानमन्क्री रोजगार कार्यत्रमलाई मूर्तरुप दनि पन ियो योजनाले मद्दत गर्ने वश्विास प्रदेश योजना आयोगको छ ।प्रधानमन्क्री रोजगार कार्यत्रमअन्तर्गत बेरोजगार रहेका युवायुवतीले आफ्ना...
-
२०७६ जेठ ५, आइतबार
शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै
त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् । त्यस्तै अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन् । थापाले...
-
२०७६ जेठ ५, आइतबार
गर्मीयाममा नेपाल आउने चराको सङ्ख्या बढ्यो
गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो । चैतदेखि नेपालमा भारत, श्रीलङका र दक्षिण पूर्वी एशियाका देशबाट चरा अण्डा पार्न र बच्चा कोरल्न नेपाल आउने गरेको वर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष वासु बिडारीले जानकारी दिनुभयो । ‘चैतदेखि भदौभित्रको अवधिमा चरा यहाँ आउँछन्”,...
-
२०७६ जेठ ५, आइतबार
२०० रोपनी बाँझै जग्गा खेतीयोग्य हुने
नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने उद्देश्यले भूमिगत सिंचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को समन्वयमा डिप बोरिङ सञ्चालनमा आएको छ । सङ्गमचोक, हावाघर, बसपार्कलगायत ठाउँमा रहेका खेतीयोग्य जमी पानीको अभावले बाँझै रहेको थिए । सोही जग्गालाई खेतीयोग्य बनाउने लक्ष्यका साथ करीब रु ८० लाखको लागतमा बोरिङ...
-
२०७६ जेठ ५, आइतबार
पोर्चुगलमा बुद्धको शान्ति सन्देश
युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली सङ्घसंस्थाको सक्रियतामा यहाँ आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो । बुद्धको मूर्ति, बुद्ध अङ्कित तस्वीर, बुद्धवाणी र दिव्य उपदेश लिखित प्लेकार्ड, ब्यानर र नेपालको राष्ट्रिय झण्डासहित तामझामका साथ...
-
२०७६ जेठ ५, आइतबार
छोरा मलेसियाको जेलमा ः नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आउनुभएको छ । छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुग्नुभयो । परिवारको मीठो सपना बोकेर विदेश जानुभएका नेपाली दुई वर्षदेखि...
-
२०७६ जेठ ५, आइतबार
कर्मचारीको अभावः सेवाग्राही मार्कामा
कुनै वेला धेरै कर्मचारीको पहिलो रोजाईमा परेको मालपोत कार्यलय कपिलवस्तुमा यतिवेला कर्मचारीको अभाव देखिएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीले समयमा काम हुन नसक्दा सास्ती खेप्दै आएका छन् । सेवाग्राहीको गुनासो सम्वोद्धन र कर्मचारीको पदपूर्ति हुन नसक्दा कृषि मन्त्री चक्रपाणी खनाल देखि प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलाई चिन्तित बनाएको छ । यस विषयमा पटक पटक कार्यलयले उहाँहरुको...
-
२०७६ जेठ ५, आइतबार
अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर
दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ । बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ, कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा बिक्री भइरहेका...
-
२०७६ जेठ ५, आइतबार
मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा
ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गत िलएिको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो । नर्मिाण शुरु भएको छोटो अवधमिा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग नर्मिाण पूरा...
-
२०७६ जेठ ५, आइतबार
अनलाइनले सेवाग्राही मर्कामा
जिल्ला मालपोत कार्यलय कपिलवस्तुमा अनलाईन सेवा लागू भएपछि सेवाग्राही झन मर्कामा परेका छन् । कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दा नभएपछि कामका लागि दैनिक आउने सेवाग्राही मर्कामा परेका छन् । छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले गत मंसिर २९ गतेदेखि अनलाईन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका छन् । अनलाईन प्रणालीमार्फत टोकनबाट सेवा...
-
२०७६ जेठ ५, आइतबार
गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा
पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “...


