STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८० भाद्र २८, बिहिबार

    नेम्वाङको अन्तिम बिदाइ

    काठमाडौं - तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारणलगायत हजारौँको सहभागिता रहेको थियो ।...

  • २०८० भाद्र २७, बुधबार

    बिहीबार नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं - संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ । उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि०)पुग्न एमालेबाट अनुरोध गरिएको छ । शवयात्राको रुट उनको निजी निवास...

  • २०८० भाद्र २७, बुधबार

    तनहुँमा सात सय ३२ मा डेङ्गु सङ्क्रमण

    दमौली, तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।     व्यास नगरपालिकामा कार्यरत इञ्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँले डेङ्गु परीक्षणका लागि दमौली अस्पतालमा किट...

  • २०८० भाद्र २६, मंगलबार

    नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा

    काठमाडौँ - नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएकाे उनकाे पार्थिव शरीरमाथि फूलमाला सहित श्रद्धाञ्जली दिने नेता-कार्यकर्ता तथा शुभेच्छुककाे भीड लागेकाे छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले...

  • २०८० भाद्र २६, मंगलबार

    नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्त्येष्टिकाे दिन सार्वजनिक बिदा

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । सोमबार राति हृदयघातका कारण निधन भएका नेम्वाङको अन्त्येष्टि उनका छोराहरू विदेशबाट आइसकेपछि मात्रै गरिने जनाइएको छ । सम्भवतः बुधबार या नभए जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सरकारले सार्वजनिक बिदा समेत दिने...

  • २०८० भाद्र २५, सोमबार

    तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको...

  • २०८० भाद्र २४, आइतबार

    जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह

    हेटौँडा ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो । “हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक...

  • २०८० भाद्र २१, बिहिबार

    कृष्ण जन्माष्टमीका दिन टक्सार बजारमा मनाइयो ‘लाखेजात्रा’

    भोजपुर - भोजपुरको ऐतिहासिक टक्सार बजारमा नेवार समुदायको पहिचान बोकेकाे धार्मिक एवं सांस्कृतिक पर्व लाखेजात्राको  संरक्षणको लागि धार्मिक मेला भव्य रूपमा मनाइएको छ । भौगोलिक हिसाबले टक्सार ऐतिहासिक बजार पनि हो । मिनी पाटनसमेत भनिने १८७२ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि त्यतिकै प्रख्यात ठाउँ मानिन्छ । यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ...

  • २०८० भाद्र २१, बिहिबार

    श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

    काठमाडौँ - प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको...

  • २०८० भाद्र २१, बिहिबार

    राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले पाटन दरबार...

  • २०८० भाद्र १९, मंगलबार

    साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

    काठमाडौं– ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो...

  • २०८० भाद्र १८, सोमबार

    आजको मौसमः भारी वर्षाको सम्भावना

    काठमाडौँ, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र ती प्रदेशका थोरै स्थानमा मेघ...

Pages