राष्ट्रिय
-
२०८० भाद्र ११, सोमबार
जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकका प्रसिद्ध धार्मिकस्थल
चौतारा,जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना–ठूलो गरी पाँचवटा ताल छन् । संसारकै उच्च स्थानमा...
-
२०८० भाद्र ११, सोमबार
तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा
रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो...
-
२०८० भाद्र ९, शनिबार
बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि
काठमाडौं - पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ । आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौँ उपत्यकाभित्र चल्ने...
-
२०८० भाद्र ९, शनिबार
राति १२ बजेदेखि धरानमा निषेधाज्ञा लागु
काठमाडौं -धरानमा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेखि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको आदेश जारी गरेको हो । धरानमा गोरु काटेर खाएको, मन्दिरै अगाडि चर्च बनाएको विषयलाई लिएर हिन्दु समर्थकले शनिबार आह्वान गरेको प्रदर्शनले नयाँ रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रमुख अधिकारी हुमकला...
-
२०८० भाद्र ७, बिहिबार
गौरा पर्व राष्ट्रिय पर्व : प्रधानमन्त्री
काठमाडौँं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिलाएका छन्। गौरा पर्व २०८० का सन्दर्भमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए। उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने...
-
२०८० भाद्र ७, बिहिबार
विश्व आदिबासी दिवसको अवसरमा जनजाति आयोगको तालिम
विश्व आदिबासी दिवसको अवसरमा नेपाल सरकार आदिवासी जनजाति आयोगको आयोजनामा एक दिने "प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम” कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति चलचित्र महासंघको सह आयोजनामा सम्पन्न भएको सो तालिम कार्यक्रमको उदघाटन जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले गर्नु भएको थियो । उदघाटन समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले आदिवासी जनजाति समुहका चलचित्रकर्मि र संघ संस्थाहरुले आर्थिक...
-
२०८० भाद्र ७, बिहिबार
मिथिलामा बढ्दै राखीको रौनक
महोत्तरी, मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै चन्द्रमासको साउन प्रारम्भसँगै हुन्छ । वर्षको प्रारम्भसँगै साउन शुक्लपक्ष सुरु हुनासाथ चाडपर्व बाक्लिँदै जान्छन् । मिथिलामा साउन शुक्लपक्षभित्रै मधुश्रावणी पर्व समापन, झुलनोत्सव, नागपञ्चमी पर्व पर्दछन् । यी...
-
२०८० भाद्र ७, बिहिबार
शनिबारदेखि मौसममा सुधार आउने
काठमाडौँ, ७ भदौ स् मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि...
-
२०८० भाद्र ६, बुधबार
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्नाबीच शिष्टाचार भेट
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
-
२०८० भाद्र ६, बुधबार
प्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि
काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पुल्चोकस्थित मन्त्री निवास पुगेर उहाँले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गर्नुभएको छ ।यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर...
-
२०८० भाद्र ६, बुधबार
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय...
-
२०८० भाद्र ४, सोमबार
नागपञ्चमी मनाइयो
काठमाडौँ - आज नागपञ्चमी मनाइएको छ । घरका ढोकामाथि नागको तस्बिर टाँसेर र नाग पूजा गरी नागपञ्चमी मनाइएको हो । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाइएको छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा आज सोमवार काठमाडौंको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ । साथै देशभर अन्य नाग स्थानहरुमा...


