STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ९, सोमबार

    छन्द दिवसका अवसरमा ‘नमोबुद्ध साहित्य गोष्ठी’

    पुराना पुस्ताका आख्यानकारले नयाँ पुस्तालाई साधना र गहन अध्ययनबाट मात्रै सो विधामा लाग्नुपर्ने सुझाव दिएका छन् । छन्द दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठान भकुण्डेको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा भएको ‘नमोबुद्ध साहित्य गोष्ठी’ कार्यक्रममा साहित्यकार एवं निबन्ध तथा उपन्यासकार रेशम विरही र विप्लव प्रतीकले यस्तो सुझाव दिनुभएको हो ।...

  • २०७६ बैशाख ९, सोमबार

    कैदीबन्दीको समयलाई सदुपयोग गर्नुपर्ने

    कारागार शाखा कास्की, पोखरामा कारखानाको अभावमा कैदीबन्दीको रुपमा रहेका युवाको जनशक्ति खेर हुँदै गइरहेको देखिएको छ । सो कारागारमा मुढा निर्माण र महिला झोला बुन्ने कामबाहेक अन्य साना उद्योग केही नरहेकाले कारागारका युवालाई समय बिताउन कठिनाइ भएको छ । कुनै व्यावसायिक कार्य नभएकाले आयआर्जन पनि गर्न नसक्ने अवस्था रहेको छ ।   उक्त कारागारमा ७५५ जना कैदीबन्दी रहेकामा अधिकांश कैदीबन्दी २०देखि ४० वर्षको...

  • २०७६ बैशाख ९, सोमबार

    ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र हुनुपर्छ ः महानिरीक्षक

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”,...

  • २०७६ बैशाख ९, सोमबार

    विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

    “विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १...

  • २०७६ बैशाख ९, सोमबार

    ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक

    कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार ८६४ आन्तरिक र २१ हजार २९१...

  • २०७६ बैशाख ९, सोमबार

    तरकारी खेतीमा वडाध्यक्ष

    बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्नुहुन्छ  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्नुभएका वडाध्यक्ष बुढा आफै खटिनुहुन्छ । स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र तरकारी पसलमा उहाँले...

  • २०७६ बैशाख ९, सोमबार

    ललितपुर महानगरपालिकामा भवन अभाव

    जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा ललितपुर महानगरपालिकामा भवन अभाव रहेको छ ।  कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताउनुभयो ।  उहाँका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन...

  • २०७६ बैशाख ९, सोमबार

    सन्दर्भ विश्व पुस्तक दिवस ः अझै बनेन पुस्तक नीति

    ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् । विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरुले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर्ने गरेका छन् । नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन । नीतिकै अभावमा नेपालमा उत्कृष्ट पुस्तक...

  • २०७६ बैशाख ९, सोमबार

    सभापति देउवाद्वारा दुःख व्यक्त

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयांँै मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गर्नुभएको छ ।  उहाँले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र...

  • २०७६ बैशाख ९, सोमबार

    जग्गा दान

    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो । यस्तै सीमित जग्गामा निर्माण...

  • २०७६ बैशाख ९, सोमबार

    अञ्चल अस्पतालमा औषधि अभाव

    कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ ।    औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।   अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला...

  • २०७६ बैशाख ९, सोमबार

    कफी खेतीतर्फ आकर्षित हँुदै कालीमाटीका घर्ती

    तनहुँको भानु नगरपालिका–१० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गर्नुभएको छ । करीब ६०० कफीका बिरुवा लगाएर किसान घर्तीले आम्दानी गर्न थाल्नुभएको हो ।  चार वर्षदेखि कफी खेती शुरु गर्नुभएका घर्तीले गत वर्षदेखि कफीले उत्पादन दिन शुरु गरेको बताउनुभयो । ‘‘गत वर्ष करीब ७० किलो कफी उत्पादन भएका थियो’’ उहाँले भन्नुभयो, ‘‘सबै बिरुवाले एकै चोटी उत्पादन नदिँदा सोचेअनुरुप भएन तर यस वर्ष...

Pages