STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ९, सोमबार

    अञ्चल अस्पतालमा औषधि अभाव

    कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ ।    औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।   अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला...

  • २०७६ बैशाख ९, सोमबार

    भेरी बबई डाइभर्सन स् दुई प्रदेशबीच मतभेद शुरु– १

    राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं–११ हात्तीखोलस्थित बबईमा भेरीको पानी खसालिँदैछ...

  • २०७६ बैशाख ९, सोमबार

    ट्रेड युनियन सभापतिमा विक

    नेपाल ट्रेड युनियन काङ्ग्रेस तानसेनको नगर अधिवेशनले सभापतिमा भरत विकलाई चयन गरेको छ । सभापति विकसहित १२ सदस्यीय नगरस्तरीय कार्यसमिति चयन भएको हो ।  खुला उपसभापतिमा माधवप्रसाद भट्टराई, महिला उपसभापति बीना शर्मा, सचिव कमल खत्री, सहसचिवमा मञ्जुकुमारी घिमिरे, कोषाध्यक्षमा जानकी अधिकारी, सदस्यमा गिरिधारीप्रसाद पाण्डे, सुनिलबहादुर थापा, सुमित्रा केसी, राधिका थापा, मञ्जु पोखरेल, कृष्ण चालिसे चयन...

  • २०७६ बैशाख ९, सोमबार

    बहुप्राविधिक महाविद्यालय निर्माण हुँदै

    सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय स्थापनार्थ भवनलगायतका पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।  विसं २०६६ मा हेटौँडामा बहुप्राविधिक  महाविद्यालय स्थापना सम्झौता भए पनि भारतीय पक्षको ढिलासुस्तीले महाविद्यालय स्थापनाको कार्यमा ढिलाइ भएको थियो । दुई देशको सम्झौताअनुसार नेपाल पक्षले हेटौँडामा जग्गा उपलब्ध गराए पनि भारतीय पक्षले चासो नदिँदा उक्त महाविद्यालयको...

  • २०७६ बैशाख ९, सोमबार

    नगरप्रमुखद्वारा कुमालको अभिभावकत्व ग्रहण

    तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन एक बालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभएको छ ।  नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका–७ कलेस्ती निवासी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गराउनुभएको हो । कुमाल कक्षा २ बाट उत्तीर्ण भई ३ मा भर्ना भएकी छन् । विद्यालयमा आइतबार उपस्थित भई नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व...

  • २०७६ बैशाख ९, सोमबार

    मौसममा आंशिक बदली, मेघ गर्जनसहित हल्का वर्षा

    देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ । भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद्...

  • २०७६ बैशाख ९, सोमबार

    श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो

    श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर चर्च मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४...

  • २०७६ बैशाख ९, सोमबार

    आरोहीको ओहिरो ः ४८ करोड बढी रोयल्टी

    यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट ७७८ जना आरोही गएका छन् । सो आरोही...

  • २०७६ बैशाख ९, सोमबार

    सर्वोत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

    पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । स्थानीयवासीको गुनासोपछि राष्ट्रियसभाका सांसद रामलखन हरिजन र जिल्ला समन्वय समिति जिसस का प्रमुख शिवशङ्कर रायसहितको टोलीले स्थलगत अनुगमन गर्दा उद्योगले वन क्षेत्र अतिक्रमण गर्नाका साथै नेपाल सरकारसँग गरेको सम्झौतासमेत उल्लङ्घन गरेको पाइएको हो ।  उद्योगले अतिक्रमण गरेको वनक्षेत्र भगवती...

  • २०७६ बैशाख ९, सोमबार

    कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त

    पाटनको प्रसिद्ध कुम्भेश्वर मन्दिरको पुनःनर्माण सुस्त छ । मन्दिर निर्माणका लागि भएको ठेक्का सम्झौताको अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिने देखिएको छ । दुई वर्षमा निर्माण सक्ने योजनामा मन्दिरको पुनःनिर्माण शुरु भएकामा त्यो सकिएर अर्को छ महीना थप भएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । थप भएको अवधि असारमा सकिने भए पनि त्यतिबेलासम्म काम सकिने नदेखिएको कार्यालयका प्रमुख काजीमान...

  • २०७६ बैशाख ९, सोमबार

    प्रदेश सरकार र रासस सँगसँगै ः मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति रासस सँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले परम्परागत ढङ्गले राससलाई हेर्न हुन्न भन्नेबारे आफू स्पष्ट रहेको जनाउँदै प्रादेशिक तहमा यसका सेवा र संरचना व्यवस्थित हुन सक्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा राष्ट्रिय समाचार समिति ९रासस०...

  • २०७६ बैशाख ८, आइतबार

    खाद्य संस्थानको चामल कारागारमा बढी खपत

    गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखारा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात  छ ।  यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना...

Pages