राष्ट्रिय
-
२०७६ बैशाख ५, बिहिबार
विद्युतीय कारोवार ऐनका दफा खारेजी माग
पत्रकारले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरी धर्ना दिएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अगुवाइमा पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्र्दै जिल्ला प्रशासन कार्यालय अगाडि आज एक घण्टा धर्ना दिएका हुन् । काठमाडौँ शाखाले पत्रकारमाथि भएको धरपकड रोक्नुपर्ने लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी...
-
२०७६ बैशाख ५, बिहिबार
जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द
भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ । कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि...
-
२०७६ बैशाख ५, बिहिबार
भूकम्प प्रभावित सूचीमा छुटेकाको सूचीकरण गर्ने काममा तीव्रता
काठमाडौँ महानगरपालिकाले भूकम्प प्रभावित सूचीमा छुटेकाको पहिचान र सूचीकरण गर्ने कामलाई तीव्रता दिएको छ । विसं २०७२ को भूकम्पका कारण काठमाडौँ उपत्यकासहित मुलुकका १४ जिल्ला अति प्रभावित भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गएको कात्तिक १९ गते स्वीकृत गरेको ‘छुट तथा पुनःजाँच सर्वेक्षण कार्य सञ्चालनसम्बन्धी कार्यविधि २०७५’ बमोजिम छुटेका प्रभावितको सूचीकरण गर्न कामपाले तीव्रता दिएको हो ।...
-
२०७६ बैशाख ५, बिहिबार
सेतो मत्स्येन्द्रनाथ जनबहालमै, क्षमा पूजा गरिँदै
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथलाई बुधबार बेलुकी लगनमा विशेष पूजा गरेर सानो रथमा राखी पुजारीले मत्स्येन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएका छन् । बुधबार राति मत्स्येन्द्रबहाल ९जनबहाल० ल्याइएको सेतो मत्स्येन्द्रनाथको आज बिहान क्षमा पूजा गरी मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुने रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले...
-
२०७६ बैशाख ५, बिहिबार
प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भिआइपी कक्ष’को उद्घाटन गर्नुभएको हो । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले १५० श्यया रहेको छ । सो अवसरमा महानिरीक्षक खनालले प्रहरी...
-
२०७६ बैशाख ५, बिहिबार
विद्यार्थी भर्ना अभियान तीव्र
कञ्चनपुरका विभिन्न स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ यहाँका नौ वटै स्थानीय तहमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो । भीमदत्त नगरपालिकाको शिक्षा शाखाले पनि नगरपालिकाका १९ वटै वडामा उत्साहका साथ सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा प्रतिनिधि र अभिभावकहरु विद्यार्थी भर्ना अभियानका लागि घरदैलोमा...
-
२०७६ बैशाख ५, बिहिबार
४८ वर्षपछि खानेपानी
दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा यसअगाडि धेरै नेता आए विकास दिन्छु भने तर कसैले सिन्को भाँचेनन् । विकास गर्न धेरै बाँकी रहेको कुलमोहरमा पहिलो पटक धारामा पानी खसेपछि विकासको महसुस हुन थालेको स्थानीयवासी श्यामसिंह गिरीले बताउनुहुन्छ । “साह्रै पछाडि परेको गाउँ हो हजुर यो, खानेपानीको धेरै समस्या थियो,” गिरीले भन्नुभयो...
-
२०७६ बैशाख ५, बिहिबार
गिद्ध बढे
कुनै बेला वीरलै देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ । खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले...
-
२०७६ बैशाख ५, बिहिबार
राष्ट्रपति भण्डारी नेपालगञ्जमा
राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न नेपालगञ्ज आइपुग्नुभएको छ । आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न उहाँ श्रीएयर लाइन्सको विमानबाट केही बेरअघि नेपालगञ्ज आइपुग्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो । आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्दैै हुनुहुन्छ । राष्ट्रपति नेपालगञ्जमा रहँदा प्रदेश नं ५ का...
-
२०७६ बैशाख ५, बिहिबार
बज्रयोगिनी जात्रा शुक्रबारदेखि
नेपालको ऐतिहासिक तथा सांस्कृतिक शहर साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा भोलि शुक्रबार देखि शुरु हुने भएको छ । वैशाख ६ गतेदेखि शुरु हुने जात्राको लागि चैतेदशैँमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरवासीका तर्फबाट मूल बज्रयोगगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर निमन्त्रणा गर्ने परम्परा छ । चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्ने तीन हजार ३०० वर्षदेखि शुरु भएको...
-
२०७६ बैशाख ५, बिहिबार
गृहसचिव र प्रहरी महानिरीक्षक सम्मानित
बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ । सचिव राई र महानिरीक्षक खनाललाई रु आठ हजार नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ...
-
२०७६ बैशाख ५, बिहिबार
‘मुख्यमन्त्री नमूना गाउँ’ मा घरबास
मुख्यमन्त्री नमूना कृषिगाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कमा घरबास भवन निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरबास होमस्टे प्रवद्र्धन कार्यक्रमअन्तर्गत बाँसखर्कमा होमस्टेका लागि भवन निर्माण शुरु भएको हो । बाँसखर्क सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत पहिलो चरणमा पाँच होमस्टे भवन निर्माण हुनलागेको समितिका अध्यक्ष यम...


