STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ६, शुक्रबार

    बाइसधारा मेलामा भक्तजनको घुइँचो

    प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा लाग्ने ‘बाइसधारा मेला’ आज लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।  आजको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । हिन्दू तथा बौद्ध...

  • २०७६ बैशाख ६, शुक्रबार

    मालपोत कार्यालयले खोज्यो राष्ट्रिय परिचयपत्र

    मालपोत कार्यालयले जग्गा किनबेच गर्न आउने सेवाग्राहीबाट राष्ट्रिय परिचयपत्र खोजी गर्न थालेको छ ।जग्गा धनीपुर्जाको विवरणसमेत परिचयपत्रमा राख्न सकिने भएकाले सो परिचयपत्र माग्न थालिएको  कार्यालयका प्रमुख बाबुराम पोखरेले बताउनुभयो । पाँचथरबाटै परिचयपत्र वितण शुरु गरिएको हुँदा उक्त कार्यालयले जग्गाको सम्पूर्ण कामकाज अनलाइन प्रणालीबाट गरिरहेकाले पनि परिचयपत्र खोजी गर्न थालिएको उहाँको भनाइ थियो । ...

  • २०७६ बैशाख ६, शुक्रबार

    कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा

    कालीगण्डकीको अस्तित्व बचाउन र पर्यटन विकासका लागि पाल्पाको राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म जलयात्रा हुँदैछ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा आयोजना गरिएको हो । निजी सङ्घ संस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलो...

  • २०७६ बैशाख ६, शुक्रबार

    कालोपत्र भएको सडक एक वर्षमै जीर्ण

    सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ । तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउनुहुन्छ । निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्ने...

  • २०७६ बैशाख ६, शुक्रबार

    लेखिँदै जुम्ली खस शब्दकोश

    कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको उद्गमस्थल मानिन्छ । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बालबालिकादेखि बूढापाकासम्मले खस भाषा बोल्ने गर्छन्  तर युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन । जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ । चार दरा रहेको जुम्लामा सिञ्जा दरामा खस साम्राज्य भएका...

  • २०७६ बैशाख ६, शुक्रबार

    नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो । त्यस समय यता नेविसङ्घले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । स्वर्ण जयन्तीको...

  • २०७६ बैशाख ६, शुक्रबार

    बजेट अभावले थला पर्दै महाकाली सिँचाइ

    कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूलनहर निर्माणको काम बजेट अभावले रोकिने छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनेपछि १५ महीनाअघि थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा प्याकेजमा सम्झौता भएको थियो ।   निर्माण कम्पनीले काम गरेअनुसारको भुक्तानी पाउनसक्ने अवस्था छैन । महाकाली सिँचाइ तेस्रोचरण आयोजनाका निर्देशक लोकबहादुर थापाले बजेट अभावले नहर...

  • २०७६ बैशाख ६, शुक्रबार

    सरकार र निजी क्षेत्रबीच समन्वय गरेर आवश्यक

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहका सरकार र निजी क्षेत्र समन्वय गरेर अघि बढे मात्र विकासका कामले तिव्रता पाउने धारणा व्यक्त गर्नुभएको छ । नेपाल नेत्रज्योति सङ्घ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको प्रादेशिक गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विकासका काममा तीनै तहका सरकारबीच समन्वयको खाँचो छ भन्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा सरकार–सरकारबीचमा सहकार्य छैन, तीन तहले आ–आफ्नै...

  • २०७६ बैशाख ५, बिहिबार

    कर्णालीमा गुच्ची च्याउ र सुदूरपश्चिममा यार्सा

    गुच्ची च्याउ कर्णाली र यार्सागुम्बा सुदूरपश्चिम प्रदेशमा बढी उत्पादन हुने बताइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट द्वारा आज यहाँ आयोजित ‘जङ्गली खाद्यफल च्याउ’ सम्बन्धी अन्तत्र्रि यामा सो कुरा जनाइएको हो । उक्त प्रतिष्ठानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने गर्दछ ।...

  • २०७६ बैशाख ५, बिहिबार

    साक्षर तह घोषणा गर्ने प्रतिबद्धता

    नयाँ वर्षको शुरुआतसँगै स्थानीय तहका जनप्रतिनिधिले यही वर्षभित्र आफ्नो क्षेत्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा बुधबार धुलिखेलमा आयोजित साक्षर नेपाल वर्ष–२०७६ सम्बन्धी सरोकारवाला अभिमुखीकरण कार्यक्रममा उहीहरुले साक्षर पालिका घोषणा गर्ने तयारी भइरहेकाले केही महीनाभित्रै घोषणा गर्ने प्रतिबद्धता...

  • २०७६ बैशाख ५, बिहिबार

    कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

    भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताउनुभयो । जिल्लामा विभिन्न सडकखण्ड हँुदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि...

  • २०७६ बैशाख ५, बिहिबार

    गयल शिक्षकको तलब कट्टा 

    नयाँ शैक्षिकसत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचनाविना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्ने भएको छ । नयाँ शैक्षिकसत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार गत शैक्षिकसत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो ।  लामाले भन्नुभयो, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापरवाही हो, अब निवेदन र सूचना...

Pages