राष्ट्रिय
-
२०७६ बैशाख ५, बिहिबार
गृहसचिव र प्रहरी महानिरीक्षक सम्मानित
बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ । सचिव राई र महानिरीक्षक खनाललाई रु आठ हजार नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ...
-
२०७६ बैशाख ५, बिहिबार
‘मुख्यमन्त्री नमूना गाउँ’ मा घरबास
मुख्यमन्त्री नमूना कृषिगाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कमा घरबास भवन निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरबास होमस्टे प्रवद्र्धन कार्यक्रमअन्तर्गत बाँसखर्कमा होमस्टेका लागि भवन निर्माण शुरु भएको हो । बाँसखर्क सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत पहिलो चरणमा पाँच होमस्टे भवन निर्माण हुनलागेको समितिका अध्यक्ष यम...
-
२०७६ बैशाख ५, बिहिबार
कर्णालीमा गुच्ची च्याउ र सुदूरपश्चिममा यार्सा
गुच्ची च्याउ कर्णाली र यार्सागुम्बा सुदूरपश्चिम प्रदेशमा बढी उत्पादन हुने बताइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट द्वारा आज यहाँ आयोजित ‘जङ्गली खाद्यफल च्याउ’ सम्बन्धी अन्तत्र्रि यामा सो कुरा जनाइएको हो । उक्त प्रतिष्ठानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने गर्दछ ।...
-
२०७६ बैशाख ५, बिहिबार
साक्षर तह घोषणा गर्ने प्रतिबद्धता
नयाँ वर्षको शुरुआतसँगै स्थानीय तहका जनप्रतिनिधिले यही वर्षभित्र आफ्नो क्षेत्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा बुधबार धुलिखेलमा आयोजित साक्षर नेपाल वर्ष–२०७६ सम्बन्धी सरोकारवाला अभिमुखीकरण कार्यक्रममा उहीहरुले साक्षर पालिका घोषणा गर्ने तयारी भइरहेकाले केही महीनाभित्रै घोषणा गर्ने प्रतिबद्धता...
-
२०७६ बैशाख ५, बिहिबार
कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताउनुभयो । जिल्लामा विभिन्न सडकखण्ड हँुदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि...
-
२०७६ बैशाख ५, बिहिबार
गयल शिक्षकको तलब कट्टा
नयाँ शैक्षिकसत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचनाविना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्ने भएको छ । नयाँ शैक्षिकसत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार गत शैक्षिकसत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो । लामाले भन्नुभयो, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापरवाही हो, अब निवेदन र सूचना...
-
२०७६ बैशाख ५, बिहिबार
असिना पानी र पहिरोले लाखौँको क्षति
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरको सिक्रेस्थित शान्ति उदय आधारभूत विद्यालयलाई बुधबार बेलुकाको असिनापानीसँगै परेको वर्षाले पूर्णरुपमा क्षति पु¥याएको छ । माथिबाट झरेको पहिरो विद्यालयमा छिरेर पठनपाठन गर्न नमिलेपछि बन्द गर्नुपरेको वडाध्यक्ष कुमार लामाले बताउनुभयो । उहाँका अनुसार वर्षाले गए राति ६÷७ ठाउँमा पहिरो गएर अत्तरपुर, ठूलो धादिङ तथा लिसङ्खु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।...
-
२०७६ बैशाख ५, बिहिबार
आलु बालीमा क्षति
वर्षभरि खाने आलुबाली असिना पानीले नष्ट गरेपछि बागलुङको जैमिनी नगरपालिका–३ दमेकका किसान चिन्तित छन् । मुख्य नगदे बालीका रुपमा दमेकको नौला, दवदवे, रानीबासे, दह देउराली र खर्कलगायत स्थानमा किसानले लगाएको आलुबालीमा गत चैत २९, ३० र वैशाख १ गते परेको असिनापानीले ठूलो क्षति पु¥याएकोे वडाध्यक्ष वेदबहादुर छन्त्यालले बताउनुभयो । आलु र मकै खेतीमात्रै हुने उपल्लो दमेकमा असिना पानीले झण्डै ३५० परिवारको लाखौँ...
-
२०७६ बैशाख ५, बिहिबार
स्वदेशमै रोजगारी सिर्जना गरिने
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण आचार्यकी आमा तुलसीपुर १२ की पुस्करादेवीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले भन्नुभयो, “अहिले रोजगारी खोज्दै विदेश जानेको लर्को छ, यसले पारिवारिक तागत पनि विघठन भएको छ, यसलाई जोड्नु पर्छ, अर्काको देशमा गएर...
-
२०७६ बैशाख ५, बिहिबार
उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज
ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो । करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै...
-
२०७६ बैशाख ५, बिहिबार
४५ अर्ब बराबरको औषधि कारोवार
नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ । नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको जानकारी दिनुभयो । गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पु¥याउने उद्देश्यका साथ सङ्घको स्थापना भएको बताउँदै...
-
२०७६ बैशाख ५, बिहिबार
“पत्रकार विरुद्धको घृणाले हिंसातर्फ उद्यत गरायो” आरएसएफ
प्रचारमुखी र अधिनायकवादी नेताहरुले पत्रकार विरुद्ध फैलाएका घृणा मिश्रित आलोचनाहरुका कारण विश्वभर नै पत्रकारहरु हिंसाको चपेटामा पर्ने गरेको सञ्चार माध्यमको पहरेदार संस्था रिपोर्टर्स विदाउट बोर्डर्स आरएसएफ ले जनाएको छ । आरएसएफले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता सूचकमा पत्रकारहरुलाई सुरक्षित वातावरणमा काम गर्न पाउने मुलुकहरुको संख्या निरन्तर ओरालो लागेको देखिएको छ । सञ्चार माध्यम...


