राष्ट्रिय
-
२०७६ बैशाख ४, बुधबार
किसानसंँग कृषि ज्ञान केन्द्रको सम्झौता
प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो । प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता...
-
२०७६ बैशाख ४, बुधबार
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताउनुभयो । केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित...
-
२०७६ बैशाख ४, बुधबार
चेपाङ युवा सङ्गठित
समुदायको हकहितका लागि चितवनका शिक्षित चेपाङ युवा सङ्गठित भएका छन् । नेपाल चेपाङ सङ्घ चितवनले चेपाङ समुदायका शिक्षित युवालाई समुदायको हकहितका लागि परिचालन गर्ने उद्देश्यले दीपा चेपाङको संयोजकत्वमा २५ सदस्यीय चेपाङ युवा स्वयंसेवक समूह गठन गरिएको हो । पछिल्लो समय चेपाङ समुदायमा शिक्षित युवा बढ्दै गए पनि सरकारी कार्यालय, अस्पताल तथा विभिन्न कार्यालयका कामकाजमा चेपाङले अझै सास्ती खेप्नु परिरहेकाले ती...
-
२०७६ बैशाख ४, बुधबार
महोत्सवमा साढे तीन करोडको कारोवार
शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा भएको एघारौँ खैरेनीटार महोत्सव साढे तीन करोडको कारोवार गर्दै मङ्गलबार समापन भएको छ । चैतेदशैँको अवसर पारेर गत चैत २२ गतेदेखि शुरु भएको महोत्सवमा रु तीन करोड ४७ लाखको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख ७९ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । ‘कृषि तथा पर्यटन प्रवद्र्धन, कला, सीप र संस्कृतिको...
-
२०७६ बैशाख ४, बुधबार
दमकमा मुटुरोग सम्बन्धी अस्पताल
मुटु तथा मिर्गौला रोगीका बिरामीलाई लक्षित गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । विभिन्न मानवीय सेवामा समर्पित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको हो । अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रेड्क्रसले जनाएको छ । रेड्क्रस उपशाखाले आज दमकमा पत्रकार सम्मेलन गरी यही वैशाख ७...
-
२०७६ बैशाख ४, बुधबार
प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेका अहिले तीन जना कर्मचारीले सेवा दिइरहेको छ । सङ्घीय संरचनाअनुसार अहिले नगरापालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा तीन जना मात्रै स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएको हुन् । एघार जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र...
-
२०७६ बैशाख ४, बुधबार
चैतेदशैँमा २७ लाख भेटी सङ्कलन
चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट रु २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् । देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो । मन्दिर परिसरमा सञ्चालित चैत्राष्टमी मेलाका कारण पनि भक्तजनको वृद्धि भएको थियो । सबैभन्दा बढी अष्टमीका दिन रु छ लाख १६ हजार...
-
२०७६ बैशाख ४, बुधबार
सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा
सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो । नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ । सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिनुभयो । टोली प्रमुख नापी अधिकृत खिमलाल...
-
२०७६ बैशाख ४, बुधबार
विद्यालयमा स्काउट अभियान सञ्चालन–मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको बताउनुभयो । नेपाल स्काउट प्रदेश नं १ अन्तर्गत स्काउट आधारभूत तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले बालबालिका र युवा मानसिक, सामाजिक र अनुशासित बनाई समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउन स्काउट सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल स्काउट...
-
२०७६ बैशाख ४, बुधबार
तीन महिनादेखि कार्यालय प्रमुखविहीन
जिल्लाको एक मात्र मालपोत कार्यालयमा तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यलय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ । सरुवा भएको महीनाँै दिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयको...
-
२०७६ बैशाख ४, बुधबार
संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो । गत हप्ता मुस्ताङ आएर बुधबार फर्किएको संसदीय...
-
२०७६ बैशाख ४, बुधबार
हिमोफिलियाको पीडा
नेपालमा कति हिमोफिलियाका बिरामी छन् हालसम्म यसका बारेमा कुनै अध्ययन अनुसन्धान भएको छैन । रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति दश हजारमा एक जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् । सोही सङ्गठनले नेपालमा करीब तीन हजार सो रोगका बिरामी रहेको हुनसक्ने अनुमान गरेको छ तर, हिमोफिलिया सोसाइटी नेपालका महासचिव...


