STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २९, शुक्रबार

    स्कूलमा प्राचीन मुद्रा प्रदर्शन

    काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन् ।  प्राचीन वस्तुलाई जीवन्त बनाऔँ लेट अस मेक एन्टिक अलाइभ भन्ने नाराका साथ स्थानीय युवाले मुद्रा चिनाउने कार्यमा सहयोग...

  • २०७५ चैत्र २९, शुक्रबार

    स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै...

  • २०७५ चैत्र २९, शुक्रबार

    आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’

    कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा रामकामेश्वर ठाकुरले बताउनुभयो । ‘‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’’ उहाँले भन्नुभयो, “तर...

  • २०७५ चैत्र २९, शुक्रबार

    १७० को दन्त उपचार

    कैलालीको टीकापुरस्थित मुक्त कमैया शिविरमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरिएको छ । शिविरमा दन्त परीक्षणका साथै आवश्यक औषधि, दन्त मञ्जन तथा ब्रस वितरण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा भएको शिविरमा मुक्त कमैया बस्ती नागरिकको उपचार गरिएको हो । टीकापुर–२ का अध्यक्ष प्रकाशबहादुर बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने...

  • २०७५ चैत्र २९, शुक्रबार

    थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण

    धार्मिक मूल्य मान्यताका साथ परम्परादेखि सञ्चालन भएका शिल्पकलाको मौलिकता र महत्वलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले राजधानीमा थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला’ सञ्चालन गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले बिहीबारदेखि शुरु गरेको प्रशिक्षणमा सबै प्रदेशबाट गरी कूल ३८ कलाकार सहभागी छन् । प्रशिक्षणको उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पौभा र थाङ्का...

  • २०७५ चैत्र २९, शुक्रबार

    मिर्गौलापीडित कार्कीलाई प्रवासी नेपालीको सहयोग

    दुवै मिर्गौलामा समस्या देखिएपछि पीडित बन्नुभएका पाल्पा, निस्दी गाउँपालिका–१ डमराका रामबहादुर कार्कीको उपचारमा सहयोग जुटेको छ । बाकामलाङ घर भई हाल संयुक्त अरब इमिरेट्स ९युएई०मा कार्यरत नेपाली युवाहरुबाट कार्कीको उपचारमा सहयोग जुटेको हो । राजकुमार पौडेल र बालु श्रेष्ठको नेतृत्वमा सङ्कलित रु एक लाख ३० हजार ७६५ कार्कीको उपचारका निम्ति सहयोग प्राप्त भएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि ५२ वर्षीय...

  • २०७५ चैत्र २९, शुक्रबार

    चर्को शुल्क बन्द गर्न विद्यार्थी सङ्गठनको माग

    निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाइएको छ ।  अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी का प्रतिनिधिले आज शिक्षा मन्त्रालयमा मन्त्री पोखरेललाई भेट गरी चर्को शुल्क बन्द गर्न माग गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतको...

  • २०७५ चैत्र २८, बिहिबार

    अपाङग सङ्घको अध्यक्षमा शर्मा निर्वाचित 

    राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको विराटनगरमा सम्पन्न आठौँ महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ । महासङ्घले बुधबार साँझ सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार शर्माले गणेश केसीलाई ११२ मतले पराजित गरी निर्वाचित हुनुभएको हो । सङ्घको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रमेश लामा, रमा ढकाल, राजु बस्नेत, भावुकजङ्ग थापा र केपी अधिकारी निर्वाचित...

  • २०७५ चैत्र २८, बिहिबार

    ‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताउनुभएको छ ।  स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले  हाम्रो सेनालाई २१ आँै शताब्दीको आधुनिक सेनाका...

  • २०७५ चैत्र २८, बिहिबार

    भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी

    भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा जनजीविका नचल्ने एककोठे घरसमेत निर्माण हुँदै गरेको...

  • २०७५ चैत्र २८, बिहिबार

    म्याद नाघेका खाद्यवस्तु नष्ट

    जिल्ला सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका खाद्यवस्तु पाइएपछि एक वर्षपछि बुधबार सिमकोट बजार अनुगमन गरिएको हो । म्याद गुज्रेका खाद्यवस्तुको बिक्री–वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट तल्लो बजार र माथिल्लो बजार आसपासका पसल तथा होटलमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भुजा, मसला, सुर्तीजन्य वस्तु, चियापत्ती, बिस्कुटलगायत खाद्यवस्तु म्याद...

  • २०७५ चैत्र २८, बिहिबार

    सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी 

    कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ ।    तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको...

Pages