राष्ट्रिय
-
२०७५ चैत्र २७, बुधबार
आँखा शिविरवाट एघार सय लाभान्वित
बैतडीको सुर्नया गाउँपालिकाको विभिन्न स्थानमा जारी निःशुल्क आँखा शिविरवाट एक हजार १०० बढी नागरिक लाभान्वित भएका छन् । सतबाज, मोतीनगर र रौलेश्वरमा सम्पन्न निःशुल्क आँखा शिविरवाट एक हजार ११८ ले सेवा लिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । जसमा १४७ को मोतीविन्दुको समस्या देखिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । शल्यक्रियाका लागि पनि गाउँपालिकाले केही दिनमै निःशुल्क...
-
२०७५ चैत्र २७, बुधबार
‘पाँच वर्षमा सुकुम्वासी समस्या समाधान हुने’
गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताउनुभएको छ । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेको बताउनुभयो । राष्ट्रिय भूमी अधिकार मञ्चका केन्द्रीय संरक्षक ल्यामबहादुर...
-
२०७५ चैत्र २७, बुधबार
जीवनमरणको दोसाँधमा एक युवती
माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् । फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराकी सन्तु अहिले जीवनमरणको दोसाँधमा अस्पतालको श्ययामा छट्पटाइरहेकी छन् । दुई...
-
२०७५ चैत्र २७, बुधबार
दलाई लामा अस्पताल भर्ना
भारतमा निर्वानमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताउनुभएको छ । उहाँलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताउनुभएको छ । ८३ वर्षीय दलाई लामालाई छातीमा...
-
२०७५ चैत्र २७, बुधबार
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा मापनमा जाने टोलीको बिदाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गर्नुभएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभएको हो । उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु...
-
२०७५ चैत्र २७, बुधबार
स्थायी राजधानी कपिलवस्तु बनाउन प्रयास
कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्रमुख उपप्रमुखसहितको छलफलमा उहाँहरुले त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश राजधानीका लागि रुपन्देही र दाङबीच...
-
२०७५ चैत्र २७, बुधबार
कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण
आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क तोकिएको महानगरका शिक्षा अधिकारी...
-
२०७५ चैत्र २७, बुधबार
पाटनमा रातो मत्स्येन्द्रनाथको रथको तयारी शुरु
सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु गरिएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेको छ भने आवश्यक सामग्रीको निर्माण भइरहेको छ । मछिन्द्रनाथको जात्रा सम्पन्न गर्न धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक÷फरक जातीको हुने गुठी संस्थानका प्रमुख सैलेन्द्र पौडेलले बताउनुभयो । काठ काट्ने जिम्मेवारी...
-
२०७५ चैत्र २७, बुधबार
रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु
सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ । मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक–फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । काठ काट्ने...
-
२०७५ चैत्र २७, बुधबार
३४ स्थानका सुन्तलामा हुवाङलोङबिङ
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ एचएलबी भेटेको छ । एचएलबी विशेष गरी अमिला सिट्रस अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, बिमिरो र नास्पातीमा लाग्ने ब्याक्टेरिया जस्तै जीवाणु भएको नाष्टका विज्ञले...
-
२०७५ चैत्र २७, बुधबार
कृषि सामग्रीमा अनुदान
गलकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान गरेको छ । व्यावसायिक कृषि गर्ने किसानलाई प्लाष्टिक घर ९टनेल०, मौरीघार र बिउ राख्ने भकारी अनुदानमा वितरण गरेको हो । नगरभित्रका ११ वटै वडामा गरी २३६ किसानलाई प्लाष्टिक घर ९टनेल० प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नं १ मा ३८, २ मा २२, ३ मा ३५, ४ मा १०, ५ मा २२, ६ मा १५, ७ मा ३३, ८ मा १७, ९ मा ९, १० मा १५ र ११ मा २५ किसानले...
-
२०७५ चैत्र २७, बुधबार
नारायणहिटीका बहुमूल्य आखेटोपहार कुहिँदै
नारायणहिट सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार९छाला०कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् । विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् । सङ्ग्रालयभित्रकै एउटा घरमा बाघ, मृग, जरायो, चित्तल, भालु, गैँडालगायतका जनावारका बहुमूल्य छाला त्यतिकै राखिएका छन् । छालालाई...


