राष्ट्रिय
-
२०७५ चैत्र २८, बिहिबार
दक्षिण कोरियामा गर्भपतन फुकुवा
दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीबार गर्भपतनलाई प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ । संविधानमा उल्लेख रहेको यस कानुनी व्यवस्थाले महिलाहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराएको निष्कर्ष निकाली गर्भपतनमाथिको प्रतिबन्धलाई खुल्ला गरिएको हो । विश्वमा विकसित औद्योगिक राष्ट्रको रुप चिनिने दक्षिण कोरियामा गर्भपतनलाई गैरकानुनी मानिएको छ । बलात्कार, हाडनाता करणी, आमाको स्वास्थ्यमा खतरा रहेको अवस्थामा...
-
२०७५ चैत्र २८, बिहिबार
भारतीय राजदूतद्वारा अस्पताल उद्घाटन
भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको छ । भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण भएको २५ श्ययाको प्रसूति अस्पताल उद्घाटनपश्चात बुधबारदेखि अस्पतालबाट उपचार सेवा सञ्चालन भएको छ । गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित सिद्धान्तअन्तर्गत चन्द्रनारायण यादव...
-
२०७५ चैत्र २८, बिहिबार
नाजुक बन्दै मानसिक अस्पताल
मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर््थापना सेवा, पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो । बहिरङ्ग सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् तर यहाँ उपचार कक्षको अभाव छ । स्थापनाकालदेखि ५० शैया रहेको सो अस्पतालको...
-
२०७५ चैत्र २८, बिहिबार
मारवाडी महिलाले मनाए गणगौर पर्व
आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ । भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका साथ राजविराजमा मनाइएको हो । गणगौर पर्वमा राजविराजसहित सप्तरीको हनुमाननगर, कञ्चनपुर कल्याणपुरका मारवाडी महिला सहभागी थिए । होलीको समापनसँगै चैत शुक्ल...
-
२०७५ चैत्र २८, बिहिबार
बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी
पश्चिम नवलपरासीको धनेवाका किसानले बैमौसमी ‘हाइब्रिड’ जातको मकै खेती गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । हिउँदे मौसममा लगाइने हाइब्रिड मकैबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश किसान हिउँदे मकै खेतीतर्फ आकर्षित भएका हुन् । बर्दघाट नगरपालिका–१३ धनेवाका मकै किसान यतिबेला मकै बिक्री गर्न व्यस्त देखिन्छन् । बर्खाको बेला लगाइने स्थानीय जातको मकैभन्दा अहिलेको समयमा लगाइएको बेमौसमी मकै बढी...
-
२०७५ चैत्र २८, बिहिबार
एक घर, एक धारा अभियान तीव्र
अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका एक हजार घरधुरीमा घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको हो । गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार विभिन्न वडा एवं स्थान विशेष योजना अघि सारिएकामा कतिपय योजना सम्पन्न भइसकेका...
-
२०७५ चैत्र २८, बिहिबार
द्रुत मार्गमा गुठीको जग्गा अधिग्रहण
द्रुत मार्गमा गुठीको जग्गा अधिग्रहणनिर्माणाधीन काठमाडौँ–निजगढ द्रत मार्ग फास्ट ट्र्याक का लागि गुठीको जग्गा अधिग्रहण शुरु गरिएको छ । काठमाडौँलाई तराई सँग जोड्ने सबैभन्दा छोटो मार्ग मानिने सो आयोजनाबाट अहिलेसम्म गुठीका नाममा मुआब्जाबाट झण्डै रु चार करोड जम्मा भएको छ । खोकना गाउँ र त्यस आसपासमा पर्ने गुठीको जग्गा अधिग्रहणमा परेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।...
-
२०७५ चैत्र २८, बिहिबार
नगरसभाबाट ६ विधेयक पारित
तुलसीपुर उपमहानगरपालिकाको चौथो नगरसभा बैठकले संशोधनसहित ६ विधेयक पारित गरेको छ । नगरसभामा विधायन समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गर्नुभएको तुलसीपुर विकास बोर्ड गठनसम्बन्धी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गर्नुभएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, बाल संरक्षण तथा संवद्र्धन नीति र राजु आचार्यले प्रस्तुत गर्नुभएको नगर...
-
२०७५ चैत्र २८, बिहिबार
कर्मचारीले छ महीनादेखि तलब पाएनन्
प्रदेश नं ३ अन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले विगत छ महीनादेखि तलब सुविधा पाएका छैनन् । यस प्रदेशअन्तर्गतका १३ जिल्लाका कार्यालय प्रमुखसहित त्यहाँका कर्मचारीले तलब सुविधा नपाउँदा पारिवारिक खर्च गर्न समस्या परेको कर्मचारीको गुनासो छ । सङ्घीय सरकारले प्रदेश सरकारमा जनस्वास्थ्यका कर्मचारीलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले तलब सुविधा दिनुपर्ने व्यवस्था भए पनि उनीहरुले तलब छ...
-
२०७५ चैत्र २८, बिहिबार
२४ औँ वन्यजन्तु सप्ताह हुने
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने भएको छ । विभागले हरेक वर्षझैँ यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने मूल नाराका साथ सप्ताहव्यापीरूपमा २४औँ वन्यजन्तु सप्ताह मनाउन लागेको हो । सप्ताहअन्तर्गत वन परिसर बबरमहलमा होर्डिङबोर्ड अनावरण, प्राकृतिक स्रोत संरक्षण समितिका सांसदद्वारा चितवन राष्ट्रिय निकुन्जको अवलोकन तथा...
-
२०७५ चैत्र २७, बुधबार
भक्तपुरमा फेरि बर्डफ्लु
सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ । फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २०० ब्रोइलर कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेका कुुखुरामा...
-
२०७५ चैत्र २७, बुधबार
दुर्गम बस्तीमा खानेपानीको समस्या
दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका स्थानीयवासी समस्यामा परेका छन् ।...


