STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २७, बुधबार

    प्रधानमन्त्री ओलीद्वारा सगरमाथा मापनमा जाने टोलीको बिदाइ

     प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गर्नुभएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभएको हो । उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु...

  • २०७५ चैत्र २७, बुधबार

    पाटनमा रातो मत्स्येन्द्रनाथको रथको तयारी शुरु

    सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु गरिएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेको छ भने आवश्यक सामग्रीको निर्माण भइरहेको छ ।  मछिन्द्रनाथको जात्रा सम्पन्न गर्न धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक÷फरक जातीको हुने गुठी संस्थानका प्रमुख सैलेन्द्र पौडेलले बताउनुभयो । काठ काट्ने जिम्मेवारी...

  • २०७५ चैत्र २७, बुधबार

    कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण

    आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क तोकिएको महानगरका शिक्षा अधिकारी...

  • २०७५ चैत्र २७, बुधबार

    ३४ स्थानका सुन्तलामा हुवाङलोङबिङ

     नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ एचएलबी भेटेको छ ।  एचएलबी विशेष गरी अमिला सिट्रस अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, बिमिरो र नास्पातीमा लाग्ने ब्याक्टेरिया जस्तै जीवाणु भएको नाष्टका विज्ञले...

  • २०७५ चैत्र २७, बुधबार

    रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु

    सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ । मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक–फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । काठ काट्ने...

  • २०७५ चैत्र २७, बुधबार

     नारायणहिटीका बहुमूल्य आखेटोपहार कुहिँदै

    नारायणहिट सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार९छाला०कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् । विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् । सङ्ग्रालयभित्रकै एउटा घरमा बाघ, मृग, जरायो, चित्तल, भालु, गैँडालगायतका जनावारका बहुमूल्य छाला त्यतिकै राखिएका छन् । छालालाई...

  • २०७५ चैत्र २७, बुधबार

    कृषि सामग्रीमा अनुदान

    गलकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान गरेको छ । व्यावसायिक कृषि गर्ने किसानलाई प्लाष्टिक घर ९टनेल०, मौरीघार र बिउ राख्ने भकारी अनुदानमा वितरण गरेको हो । नगरभित्रका ११ वटै वडामा गरी २३६ किसानलाई प्लाष्टिक घर ९टनेल० प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नं १ मा ३८, २ मा २२, ३ मा ३५, ४ मा १०, ५ मा २२, ६ मा १५, ७ मा ३३, ८ मा १७, ९ मा ९, १० मा १५ र ११ मा २५ किसानले...

  • २०७५ चैत्र २७, बुधबार

    सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त

    नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गर्नुभएको छ । साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक...

  • २०७५ चैत्र २७, बुधबार

    अनुदानका लागि कृषक छनोट

    गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो । अनुदान छनोटमा परेकामध्ये नमूना कृषि...

  • २०७५ चैत्र २७, बुधबार

    गाउँ ब्लक जग्गाधनी पुर्जा पाउन थालेपछि खुशीयाली

    पश्चिम नवलपरासीस्थित नापी कार्यालयले गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिक अहिले जग्गाधनी पुर्जा पाउन थालेपछि खुशी भएका छन् । विसं २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला...

  • २०७५ चैत्र २७, बुधबार

    वालिङ र छाता संस्था नेपालबीच सम्झौता

    स्याङ्जाको वालिङ नगरपालिका र छाता संस्था नेपालबीच मङ्गलबार सम्झौता भएको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र छाता संस्था नेपालका तर्फबाट अध्यक्ष मेघ आलेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।  छाता संस्था नेपालले नगरपालिकामा ७५ बालबालिकालाई छात्रवृत्ति वितरण, ५० घर परिवारलाई आय आर्जनमूलक कार्यक्रमसम्बन्धी सहयोग, दुई वटा विद्यालयको विद्यालय वातावरण र शिक्षकको सीप अभिवृद्धिका लागि समुदाय...

  • २०७५ चैत्र २७, बुधबार

    सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो

    कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् । गाउँभरीमा एकै नासका घर र एकै रङ्गका जस्तापाताले छाउँदा गाउँनै रमाइलो देखिएको राजपुरका बासिन्दा...

Pages