राष्ट्रिय
-
२०७४ फाल्गुण ७, सोमबार
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भः प्रम ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको...
-
२०७४ फाल्गुण ७, सोमबार
क्यानडा प्रजातन्त्र दिवस
काठमाडौँ, अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन...
-
२०७४ फाल्गुण ७, सोमबार
‘प्रदेश सरकार समावेशी बन्न सकेन’
सुर्खेत, प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले)ले चार र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी विमला...
-
२०७४ फाल्गुण ६, आइतबार
प्रधानमन्त्री ओली बालुवाटार प्रवेश
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ । साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गर्नुभयो । बिहीबार प्रधानमन्त्री बन्नुभएका ओली...
-
२०७४ फाल्गुण ६, आइतबार
अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने...
-
२०७४ फाल्गुण ६, आइतबार
पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव
नगरकोट, शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र...
-
२०७४ फाल्गुण ६, आइतबार
‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन
धादिङ, रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताउनुभएको छ । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ । प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएको मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको...
-
२०७४ फाल्गुण ६, आइतबार
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
काठमाडौँ, नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । छलफल तथा सहकार्यबाट...
-
२०७४ फाल्गुण ६, आइतबार
जापानको राजधानी टोकियोका लागि श्रेष्ठ अवैतनिक वाणिज्य दूत
काठमाडौँ, नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको छ । नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिनुभयो । कर्पोरेट तथा अन्तर्राष्ट्रिय कानून व्यवसायीका रुपमा २० वर्षदेखि जापानमा कार्यरत...
-
२०७४ फाल्गुण ६, आइतबार
जापानको राजधानी टोकियोका लागि श्रेष्ठ अवैतनिक वाणिज्य दूत
काठमाडौँ, ६ फागुन ९रासस० ः नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको छ । नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिनुभयो । कर्पोरेट तथा अन्तर्राष्ट्रिय कानून व्यवसायीका रुपमा २० वर्षदेखि...
-
२०७४ फाल्गुण ६, आइतबार
इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु
तेहरान, एएफपी ः इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिनुभयो । जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५००...
-
२०७४ फाल्गुण ६, आइतबार
नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्द गर्ने
नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका...


