STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७४ चैत्र ८, बिहिबार

    ११ अाैं एनआरएनएको युरोपेली बैठकको तयारी

    बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ अाैं युरोपेली बैठकको तयारी सुरु भएको छ। आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रीय बैठक तथा नवौ महिला सम्मेलनको तयारी थालिएको हो। एनआरएन युरोप क्षेत्रले हरेक वर्ष क्षेत्रीय बैठकको आयोजना गर्दै आएको छ। यसपटक झन्डै २ सय नेपालीहरु बसोबास गर्ने युरोपेली धनी मुलुक लक्जम्बर्गमा हुन लागेको हो।टेलीकन्फरेन्स मार्फत बैठक तयारी...

  • २०७४ चैत्र ६, मंगलबार

    राष्ट्रपतिलाई जापानको बधाई

    विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाउनुभएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गर्नुभएको छ । भूकम्पपछिको पुनःनिर्माणमा जापानले...

  • २०७४ फाल्गुण २९, मंगलबार

    बेइजिङद्वारा गत वर्ष २९ करोड ७० लाख पर्यटकको स्वागत

    बेइजिङ, बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो । यस पर्यटन व्यवसायबाट ५४६.९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन् । यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय...

  • २०७४ फाल्गुण २४, बिहिबार

    प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

    काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ । सन्देशमा भनिएको छ, “विभिन्न खालका...

  • २०७४ फाल्गुण २४, बिहिबार

    भिक्षु धर्मपालको अन्त्येष्टि

    काठमाडौँ, गत शनिबार दिवंगत हुनुभएका भिक्षु धर्मपाल महास्थवीरको विधि विधानअनुसार आज अन्त्येष्टि गरिएको छ । ललितपुरस्थित शाक्यसिंह विहारका प्रमुख धर्मपालको पार्थीव शरीर विहारबाट शवयात्रा गरी शंखमूल घाटमा थेरवादी बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । पार्थिव शरीरमा विभिन्न दलका नेतागण, श्रीलंका, म्यान्मा र थाइल्याण्डका राजदूतलगायतले श्रद्धाञ्जलि दिनुभयो । अन्त्येष्टिमा सहभागी हुन थाइल्याण्डबाट...

  • २०७४ फाल्गुण २४, बिहिबार

    ‘अर्थमन्त्रालय दायित्व व्यवस्थापन मन्त्रालय भएको छ’

    काठमाडौँ,  आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँहरुले स्रोत जुटाएर राष्ट्रलाई समृद्धिको बाटोमा लैजानु चुनौतीपूर्ण रहेको बताएका हुन् । अर्थतन्त्रका विषयमा दर्जनौँ प्रश्नकामाझमा आफू...

  • २०७४ फाल्गुण २४, बिहिबार

    ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमा शुरु

    नवलपरासी,  नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ । साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य बीमाका लागि देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युट प्रालि, भलुहीबीच सम्झौतापत्रमा...

  • २०७४ फाल्गुण २४, बिहिबार

    करिब दुई हजार बौद्ध धर्मावलम्वीले अभिषेक लिए

     – कृष्णराज गौतम काठमाडौँ, हिमाली भेगका करिब दुई हजार बौद्ध धर्मावलम्बीले ‘सप्तलोचन श्वेततारा’ को अभिषेक (दीक्षा) लिएका छन् । अभिषेक कार्यक्रममा सहभागी भएमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख शान्तिका साथै दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । नेपाल गेलुक संघले बुधबार बौद्धमा आयोजना गरेको अभिषेकमा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले सहभागीलाई मनमा हुने चन्चलतालाई नियन्त्रण गरी सत्कर्ममा लाग्न...

  • २०७४ फाल्गुण २४, बिहिबार

    सौराहामा बीस देशका सयजना वैज्ञानिक

    चितवन,अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा शुरु हँुदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ । नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु गर्न लागिएको हो । अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज अनुसन्धान एवं उपलब्धि एवं ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष अमरप्रसाद...

  • २०७४ फाल्गुण २४, बिहिबार

    चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

    लिबाङ, रोल्पा, २४ फागुन (रासस) ः बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्याे । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि...

  • २०७४ फाल्गुण २३, बुधबार

    प्रदेश नं ४ मा खेल पर्यटन विकासका सम्भावना

    पोखरा, खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा आज यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । प्रदेश नं ४ मा खेल पर्यटन विकासका धेरै सम्भावना भएको कार्यक्रमका सहभागिले बताएका छन् । हिमालदेखि तराईसम्मको विविधतायुक्त प्राकृतिक वातावरण रहेकाले यस प्रदेशभित्र विभिन्न खेल खेलाउने सम्भावना रहेको वक्ताहरूले बताएका छन्...

  • २०७४ फाल्गुण २३, बुधबार

    एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु

    भीमदत्तनगर, कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । “शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए...

Pages