STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७४ फाल्गुण ५, शनिबार

    मुटु बचाउन योग, ध्यान र मन्त्र

    काठमाडौँ, महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ । कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे जानकारी दिँदै मुटुका लागि निःशुल्क विशेष योग प्रशिक्षण दिनुभएको छ । कार्यशालामा मुटुरोग रोकथामका लागि जानकारी तथा अभ्यास, प्राकृतिक उपचार विधिद्वारा...

  • २०७४ फाल्गुण ५, शनिबार

    मेक्सिकोमा शक्तिशाली भूकम्प

    मेक्सिको सिटी, मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टी गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । ठूलो संख्यामा...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    कतारले इराकमा मानवीय सहायता परियोजना सञ्चालन गर्ने

    दोहा,कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ । सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस सोसाइटीले बिहीबार राती अवेर जारी गरेको वक्तव्यमा...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    इक्वेडरमा एक पर्व मनाउने क्रममा ३३ को मृत्यु

    क्वीटो, इक्वेडरमा यहाँको एक स्थानीय पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा परी कम्तीमा पनि ३३ जनाको मृत्यु भएको समाचार छ । सो अवधिमा ३८३ ओटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा २९१ जना घाइते भएका पनि यातायात र सार्वजनिक कार्य मन्त्रालयले बिहीबार जनाएको छ । ती दुर्घटनाहरु यही फेब्रुअरी १० देखि १३ तारिखसम्ममा भएका हुन् । ती चार दिन यहाँका स्थानीयहरुले मनाउने विशेष पर्व पर्दछ । गत वर्षभर यसै...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    जापान देशका बारेमा रोचक १५ तथ्य

    ६८०० आइल्यंण मिलेर बनेको देश जापान केहि न केहि नँया खोज गर्नमा सबैभन्दा अगाडिनै हुने गरको छ । यहाँका मानिस एकदमै मेहेनती र बहादुर छन् । यहाँका मानिस कति बहादुर छन् भन्ने कुरा जान्न चाहाने हो भने हामीले दोश्रो विश्व युद्धको इतिहास पल्टाएर हेरे हुन्छ । टेक्नोलोगीको फिल्डमा जापान निकै नै अगाडी रहेको छ । जापानका बारेमा तपाईंलाई धेरै कुरा थाहा हुन सक्छ । तर तपाईंलाई थाहा न भएका केहि रोचक प्रसङ्गहरु १...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    पुष्पलाल र मनमोहन पदभन्दा माथिः प्रम

    ललितपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गर्नुभएको छ । मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताउनुभयो । अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताउँदै उहाँले भन्नुभयो, “अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो,...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    काँग्रेसी कार्यकर्ताले आफैँ भित्रबाट प्रेरणाको खोजी गर्नुपर्ने

    पोखरा, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी पूर्वमहामन्त्री सिटौलाले संविधानको कार्यान्वयन एवं राष्ट्र एवं जनताका हितमा सरकारलाई सही बाटामा हिँडाउन काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    ‘ग्याल्बो ल्होसार’ सम्पन्न

    काठमाडौँ,  हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले ‘ग्याल्बो ल्होसार’ आज मनाएका छन् । विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा आज ल्होसार पर्व मनाए । बाह्र जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चरा वर्ष आजदेखि कुकुर वर्षमा प्रवेश गरेको छ । । शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्मसंस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    एकाध दिनमै पार्टी एकता टुंगिन्छ– अध्यक्ष दाहाल

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ । पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

    प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटाँडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    मिथिला परिक्रमाका श्रद्धालु जनकपुरबाट कल्याणेश्वर प्रस्थान

    हिमांशु चौधरी जनकपुरधाम, ४ फागुन,‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । सो अनुसार बुधबारबाट शुरु हुने भनिएको परिक्रमा तिथिमितिमा घटबढका कारण बिहीबारबाट शुरु भएको छ । मिथिला महात्म्यकाअनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

     काठमाडौँ,  नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मानसिक समस्या भएका व्यक्ति सामाजिक सोचका...

Pages