STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ आश्विन २७, बिहिबार

    आफू निर्वाचित पालिकाभित्र जनप्रतिनिधिले चुनाव प्रचार गर्न नपाइने

    काठमाडौं - स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी...

  • २०७९ आश्विन २५, मंगलबार

    आज प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली प्रकाशन

    काठमाडाैँ - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ । निर्वाचन आयोगले तय गरेको...

  • २०७९ आश्विन २५, मंगलबार

    उम्मेदवारले सामाजिक सञ्जालको विज्ञापन खर्च पनि बुझाउनुपर्ने

    काठमाडौं - निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न...

  • २०७९ आश्विन २५, मंगलबार

    समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

    काठमाडौं - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी विरोधको निवेदन दिन आइतबारदेखि समय दिइएको हो । उम्मेदवारबारे प्राप्त दाबी विरोधको...

  • २०७९ आश्विन २३, आइतबार

    प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभातर्फ २८४५ उम्मेदवारी दर्ता

    काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिएका छन् । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आज आइतबार विहान १० बजेबाट साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित...

  • २०७९ आश्विन २३, आइतबार

    समानुपातिक निर्वाचनका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक

    काठमाडौं - निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सूची सार्वजनिक गरेको हो। आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो। आयोगका अनुसार प्रतिनिधि...

  • २०७९ आश्विन २३, आइतबार

    आज कोजाग्रत पूर्णिमा, दसैँको समापन गरिँदै

    काठमाडौँ - नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको...

  • २०७९ आश्विन २३, आइतबार

    मनोनयन दर्ताको लागि २५ जनाभन्दा बढी नजान आयोगको आग्रह

    काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ। निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न...

  • २०७९ आश्विन २३, आइतबार

    आज १० देखि ५ बजेसम्म मनाेनयन दर्ता, भाेलि उजुरी जाँचबुझ

      काठमाडाैँ - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदैछ । प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा...

  • २०७९ आश्विन २१, शुक्रबार

    असोज २३ गते मनोनयन दर्ता : योग्यता यस्तो हुनुपर्ने

    काठमाडौं - निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि योग्यता निर्धारण गरेको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता हुँदैछ।  मनोनयन दर्ताका लागि निर्वाचनमा नेपालको नागरिक भएको हुनुपर्ने र उमेर २५ वर्ष पूरा भएको हुनुपर्ने छ। त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा...

  • २०७९ आश्विन १९, बुधबार

    आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

    काठमाडौँ - दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका...

  • २०७९ आश्विन १९, बुधबार

    दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

      उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दसैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै...

Pages