राष्ट्रिय
-
२०७९ भाद्र २०, सोमबार
टक्सारका सम्पदा संरक्षणको पखाई
भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर संरक्षणको पखाईमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था उस्तै रहेको छ । नेपालको एक मात्र टक काटनेस्थल टक्सारमा २० भन्दा बढी धार्मिकस्थल छन् । जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत मठमन्दिर तथा बिहार...
-
२०७९ भाद्र १९, आइतबार
कागे अष्टमी पर्व मनाइँदै
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले...
-
२०७९ भाद्र १६, बिहिबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका ९तीज० को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने...
-
२०७९ भाद्र १५, बुधबार
आज भगवान् गणेशको जन्म दिन, चथाः पर्व मनाउँदै नेवार समुदाय
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव...
-
२०७९ भाद्र १४, मंगलबार
तीजको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छन् । मंगलबार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् । वैदिक सत्य सनातन हिन्दू धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन् । दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको...
-
२०७९ भाद्र १४, मंगलबार
मनाइयो तीज, पशुपतिमा करिब सात लाख दर्शनार्थी
काठमाडौं - नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिए । बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनले सुनाए । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव...
-
२०७९ भाद्र १४, मंगलबार
प्रधानमन्त्री देउवासँग पत्रकार महासङ्घका पदाधिकारीको भेट
नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ । महासङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुङ्गोमा पु¥याउनका लागि पहल गर्न आग्रह गरेको हो । भेटमा...
-
२०७९ भाद्र १४, मंगलबार
अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज
‘सुनको चुरा, औंठी नि सुनकै छ....’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण...
-
२०७९ भाद्र १३, सोमबार
तीजका गीतमा मौलिकता हराउन थाले
‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’घरमा बसु सौता त माइत सानीमा’‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’ गायिका शर्मिला गुरुङले गाउनुभएको यो गीतले महिलाको बेदना बोलेको छ । सङ्गीतकार राजकुमार बगरले सङ्कलन गर्नुभएको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै सङ्कलन गरिन्छ । आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक...
-
२०७९ भाद्र १२, आइतबार
थारू समुदायद्वारा अटवारी पर्व मनाइँदै
पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ । थारू अगुवा सीता चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर...
-
२०७९ भाद्र ११, शनिबार
तीजमा पशुपतिनाथ मन्दिर परिसरको तस्बिर खिचे जरिवाना !
काठमाडौं - हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर...
-
२०७९ भाद्र ११, शनिबार
यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा
यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो । त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए । भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त...


