विचार
-
२०७६ कार्तिक १४, बिहिबार
परम्परागत संस्कृति र पहिरन हराउँदै
जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, धारु, छैंटी, आरती, हुडे नाच, बालो चम्फा नाचलगायत मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन । कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको कनकासुन्दरी गाउँपालिका जुम्लाकी उपाध्यक्ष उर्मिला भण्डारी खत्रीले बताउनुभयो । पश्चिमेली संस्कृति...
-
२०७६ कार्तिक १०, आइतबार
हराउँदै गयो तिहारको मौलिकता
चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका...
-
२०७६ कार्तिक ८, शुक्रबार
तिहार विशेष ः पशुपक्षीलाई एक दिनको पूजा र माला
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक तिहार शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ । गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्को नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । माया गरेजस्तो गरी सेल्फी हानेर हतारहतार सामाजिक सञ्जालमा राख्छन् । “यो सब देखावटी नाटक झैँ लाग्छ, एक दिन...
-
२०७६ कार्तिक ७, बिहिबार
अरुणाको अनुभव ः ‘विकेन भनेर हार खायो भने त सिर्जना म¥यो नि’
नेपालको अतुलनीय प्राकृतिक र भौगोलिक सुन्दरतालाई रङले सजाउन चित्रकार अरुणा हिङ्माङलाई यतिबेला भ्याइनभ्याइ छ । सन् २०१५ मा भारतको चर्चित डा अम्बेडकर कलाश्री पुरस्कार पाउने नेपाली कला क्षेत्रको पहिलोे कलाकार अरुणा यतीखेर कुचीले ल्याण्डस्केपमा थरीथरी रङ भर्दै हुनुहुन्छ । नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० ले उहाँलाई व्यस्तता बनाएको छ । चित्रकलामार्फत प्रचारप्रसार गर्ने उहाँले एकल प्रयास गरिरहनुभएको छ । “...
-
२०७६ कार्तिक ६, बुधबार
अब भोकै बस्नु पर्दैन।
सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आउनुभयो । निको भएर हँसीखुशी फर्कने उहाँको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै रु एक लाख लाग्यो । निको नहुँदै खर्च धेरै भएको निहुँमा छोरा बुहारीले हेलाँ गर्न थाले । उनीहरु काठमाडौँको एक स्वीटर कारखानामा काम गर्थे । जन्म दिएको छोराले नै रिस गरेपछि सहेर बस्न उहाँको मनले मानेन । “पहिले उपचार गर्न भन्दै...
-
२०७६ कार्तिक २, शनिबार
‘पहिले पानी अनि भोट’
छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षको हुनुभयो । उहाँले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो । प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर बोकेर ल्याएको पानी पिउँदै यहाँ पानीको व्यवस्था गर्ने वचन दिएका थिए । नेताका ती वचन कहिल्यै पूरा नभएपछि आजभोलि जसले खानेपानीको लागि पहल गर्छु भने पनि बद्री रानालाई आश नै लाग्न छाडिसकेको छ ।...
-
२०७६ आश्विन ३०, बिहिबार
सानो देखि ठुलो सामान ओर्सान अब अनलाइन ः भरिया नेपाल
घरको सामान सार्नु परोस् वा अफिसमा टेबल–कुर्सी ओसार्न। दुलहीको दाइजो होस् वा डेरावालाको झिटीगुन्टा— सामान ओसारपसार गर्न हामी भरिया लाई नै सम्झन्छौं। तर, भरिया खोज्न कहाँ जाने काठमाडौंको घन्चमन्चमा भरिया कहाँ पाइएला, ल भन्नुस् त दिमागमा झट्ट न्यूरोड, इन्द्रचोक, असन र कालिमाटी तरकारी बजार आउँछ। त्यहाँसम्म जाऊ, आऊ, मोलमोलाइ गर– साह्रै झन्झटिलो भएन र झन्झट लाग्दैन भने त ठिकै छ, नभए विकल्प छ है। उद्यमी...
-
२०७६ आश्विन १७, शुक्रबार
दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका
राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र रु सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या पनि ठूलै छ । सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका बालबालिका भने हतौडा हातमा लिएर गिट्टीको खातमा दशैँका लागि खर्च जुटाउने उपाय खौज्दैछन् ।...
-
२०७६ आश्विन १६, बिहिबार
आएन दशँै दलित बस्तीमा
प्रदेश नं २ का आठ जिल्लामा दशँैको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले।” । एक साठी ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् । बस्तीमा दशैँको उल्लास देखिएको छैन । “दुई छाक टार्न धौ धौ हुन्छ, बच्चाहरु नाङ्गै छन्, हाम्रो केको दशँै हुनू रु हाम्रो लागि त दशैँ होइन दशा पो रहेछ...
-
२०७६ आश्विन १३, सोमबार
पन्ध्र वर्षपछि प्रतिगन्ध उपन्यासका साथ सरुभक्त
साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उहाँ फर्कनुभएको थियो । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक गर्नुभएको हो ।...
-
२०७६ आश्विन १२, आइतबार
कम उमेरमा विवाह गरेर पछुताउँदै महिला
‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ...
-
२०७६ आश्विन ९, बिहिबार
हराउँदै छ कमल
पोखरा महानगरलाई तालैतालको शहर भनेर चिनिन्छ । यहाँ मात्रै फेवाताल, रुपाताल, बेगनास, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरी ताल छन् । अस्तित्वमा रहेका फेवा, बेगनास र रुपातालले तालले शहरको चिनारी गर्नाका साथै पोखराको सुन्दरतालाई जोगाइरहेका पनि छन् तर बाँकी छ तालले भने संरक्षणको अभावमा आफ्नो अस्तित्वसमेत गुमाइरहेका छन् । उक्त महानगरपालिका–३१ मा रहेको बेगनास ताल पनि एक सुन्दर ताल हो । कुनै बखत...


