विचार
-
२०७६ मङ्सिर १७, मंगलबार
लागू भएन अपाङ्गता अधिकार
काठमाडौँ, १७ मङ्सिर सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक सुनिश्चित गर्ने प्रतिवद्धतासहित अपाङ्ता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ल्याएको दुई वर्ष भयो तर, उनीहरुको अवस्थामा खासै सुधार आएको छैन । अपाङ्ता भएका व्यक्तिहरूको शिक्षाका लागि समावेशी शिक्षा नीति २०७३ जारी गरिएको छ । सार्वजनिक संरचना, सेवा प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार सेवा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त...
-
२०७६ मङ्सिर १५, आइतबार
प्रकृतिकी रानी पाल्पा
धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पहिचानले भरिएको पाल्पामा पर्यटकको आकर्षण देखिन थालेको छ । थुप्रै सांस्कृतिक पहिचान बोेकेको पाल्पामा केही प्राकृतिक तथा केही कृत्रिम ढङ्गले निर्माण गरिएका संरचन र स्थलहरुले यहाँ घुम्न आउने मानिसलाई लोभ्याउने गर्छ । तराई क्षेत्रसँग सिधा सम्पर्कमा रहेको पाल्पा नेपालकै महत्वपूर्ण पर्यटकीयस्थल पोखरा पुग्ने पर्यटकका लागि सङ्गमस्थलका रूपमा समेत परिचित छ । प्रदेश...
-
२०७६ मङ्सिर १३, शुक्रबार
रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने महोत्तरीवासी को रहर अधुरै
विवाहपञ्चमी महोत्सवको कुरा उप्कना साथ महोत्तरीको भङ्गाहा नगरपालिका–४ की पानोवती थरुनी रेल चढ्ने कुरा सम्झनुहुन्छ । जनकपुरधाममा विवाहपञ्चमी मेला उत्सव हेर्न जीवनमा कैयौँ पटक रेल चढेर गएको सम्झना ताजै राख्नुभएकी ६० वर्षीया पानोवती २०५८ सालयता भने विवाहपञ्चमी मेला हेर्न जनकपुर जानुभएको छैन । विसं २०५८ को बाढीले आफ्नै बस्ती नजिकको विजलपुरा स्टेशनबाट जनकपुर जाने रेल मार्गमा पर्ने बिग्ही नदीको पुल...
-
२०७६ मङ्सिर ८, आइतबार
गए डोकामा पानी बोक्ने दुःख
तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्कनुपथ्र्यो । गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो । “उठ्न नपाउँदै कसरी खानेपानी व्यवस्थापन गर्ने भन्ने पीरले साह्रै सताउँथ्यो,” आलेले भन्नुभयो, “घरबाट तीन घण्टा हिँडेर डोकोमा पानी बोक्नुपर्ने दुःख शब्दमा बयान गर्न सक्दिन ।” तर...
-
२०७६ मङ्सिर ६, शुक्रबार
विद्यार्थीको रुचि मातृभाषामा
राहा राहा भापीलाप सारटाक राहा लऊ २ सारभीटीरी लेच जापच मीडी लऊ । कुडीक सेह्च मीखारले रगई रङ्ग भरडीसच २ वसकाट सार डासम आसकाट साराङ आनच । यो कक्षा २ मगर ढुट पुस्तकको पहिलो भागको भापीलाप कविता हो । यो मगर समुदायको चलनचल्तीमा रहेको पाङ भाषा हो । शिक्षिका मना थापा मगरले भापीलाप कवितालाई नेपाली भाषामा अनुवाद गरी विद्यार्थीलाई सुनाउनुभयो ः आयो आयो पुतली फुलमाथि आयो २ फुलभित्र भएको गुलियो रस चुस्यो । कति...
-
२०७६ मङ्सिर ५, बिहिबार
नयाँ पुस्तमा साधना छैन ः कलाकार क्षेत्रलाल
आँखी भौँसमेत सेतै भएर फुलेका पोखरा महानगरपालिका–¬३ तेर्सापट्टीका ७६ वर्षीय चित्रकार क्षेत्रलाल कायस्थमा प्रकृति र सिर्जना भनेपछि तरुण जोश उम्लिन्छ । बाल्यकालदेखि नै कलामा समर्पित कला साधनाबाट सार्थक जीवन जिउने मुर्धन्य व्यक्ति कायस्थ स्वदेश र विदेशमा गरी १३ पटक एकल चित्रकला प्रदर्शनी गरिसक्नुभयो । आफ्नो उमेरसँग मिलाउँदै समुद्रतटदेखि हिमालपारिसम्मका ७६ चित्र समेटेर हालै काठमाडौँमा एकल कला...
-
२०७६ मङ्सिर ३, मंगलबार
भगवानलाई पनि चोरीकै डर
भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु...
-
२०७६ कार्तिक २९, शुक्रबार
यस्तो बन्नसक्छ हाम्रो न्यूरोड
काठमाडौं पैदलै पैदल संसारको हरेक सहर बिग्रन्छ, फेरि सप्रन्छ। काठमाडौं सप्रने र झन् बिग्रने दोसाँधमा छ। हामीले यहाँका मौलिक सम्पदा र संस्कृति जोगायौं भने यो सहर फेरि भर्भराउँदो हुनसक्छ। संसारकै उदाहरणीय ‘सम्पदा सहर’ बन्नसक्छ। नभए, अव्यवस्थित सहरीकरण र बढ्दो जनघनत्वले ढिलो–चाँडो काठमाडौंलाई गर्विलो इतिहास भएको ‘मृत’ सहर बन्नबाट कसैले रोक्न सक्दैन। संसारभरि विभिन्न सहरमा भएका अध्ययन र अनुभव हेर्दा...
-
२०७६ कार्तिक २६, मंगलबार
उठ्ला त साँखुको साख
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि प्राचीन वस्ती साँखुको अवस्था उस्तै छ । प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको साँखु शहरको आशा गरे अनुसार पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले ढलेको यहाँको प्राचीन बस्ती र सम्पदाले पूर्णता पाउन अझै कति वर्ष पर्खनुपर्ने हो त्यसको टुङ्गो छैन । विसं २०७२ को भूकम्पबाट साँखु बजारका मौलिकशैलीका धेरै घर र सम्पदा क्षतिग्रस्त भएका थिए । लिच्छवीकालीन इतिहास...
-
२०७६ कार्तिक २२, शुक्रबार
कारकाँदोमा ‘घण्टाघर’, प्रगति शून्य
राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाएका थिए । त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ‘टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पड्काएर १२ बजेको जनाउ दिने चलन पनि त्यही बेला शुरु भएको थियो । त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको आवाज सुनेरै तोप पड्काउन चलनले ०५२ सालसम्म निरन्तरता पाएको थियो । लामो कालखण्ड त्यतिबेलाका नागरिकले घण्टाघरको...
-
२०७६ कार्तिक २२, शुक्रबार
आखिर शंखधर पनि देउटै भएछ !
नेपालको मौलिक संवत् नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः ११४० वर्ष अगाडि ताकाका एक सर्वसाधारण नेपाली नागरिक थिए । उहाँले त्यसताका जनताको ऋणमोचन गरेर नेपाल संवत् चलाएको भन्ने इतिहास छ । मल्लकालमा त यो नेपाल संवत् राष्ट्रिय संवतकै रुपमा प्रचलित थियो । जब गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा उपत्यकाका बाइसे चौविसे राज्य आफ्नो कब्जामा लिइसकेपछि उपत्यकाका आदिवासी जनजातिहरुलाई कुकुर...
-
२०७६ कार्तिक १९, मंगलबार
पत्रकारितामा महिलालाई पारिश्रमिक कम र जोखिम बढी
बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ । उहाँले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधँै रिक्सा चढ्न तलबले धान्दैन । उसो त उहाँले बाटोमा एउटै सञ्चारगृहमा काम गर्ने अग्रज सञ्चारकर्मी दाजु कोठाबाट निस्कने बित्तिकै भेट्नुभएको थियो । दाजुले सँगै जाऔँ नभन्नुभएको पनि होइन तर उहाँलाई आजभोली कसैको मोटरसाइकल र गाडीमा चढेर कार्यालय वा...


