STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०७७ कार्तिक ४, मंगलबार

    भौतिक पूर्वाधार मन्त्रीलाई कोरोना संक्रमण

    काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् । सोमबार पीसीआर परीक्षण गराउँदा आफूमा कोभिड-१९ पोजिटिभ देखिएको उनले बताएका छन् । उनले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् । आइतबार सामान्य ज्वरो आएपछि...

  • २०७७ कार्तिक ३, सोमबार

    देय् दबूका पूर्वसचिवलाई पितृ शाेक

    काठमाडाै‍ं – नेवारहरुकाे राष्ट्रिय स‌ंगठन नेवाः देय् दबूका पूर्व केन्द्रीय सचिव जितेन्द्र बिलास बज्राचार्यलाई पितृ शाेक परेकाे छ । बज्राचार्यका पिता रिध्दी बिलास बज्राचार्यकाे ९० वर्षकाे उमेरमा हिजाे देहावसान भएकाे छ । दिव‌ंगत वज्राचार्य काठमाडाैं २४ वडा मखन विहारका सम्माननीय व्यक्तित्व हुनुहुन्थ्याे ।

  • २०७७ कार्तिक २, आइतबार

    कमल थापा आइसियूमा

     काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापालाई आइसियूमा भर्ना गरिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार ओम अस्पताल भर्ना भएका उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा असहज महसुस भएपछि आइसियूमा भर्ना गरिएको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ । उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्टट्यान्ट...

  • २०७७ आश्विन ३०, शुक्रबार

    कमल थापालाई कोरोना संक्रमण

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । बुधबार टाउको सामान्य दुखेपछि कोरोना परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो ।  उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्विटरमार्फत जानकारी दिएका छन् । थापा होम आइसोलेसनमै बसेका छन् । उनले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई  सतर्क रहन आग्रह गरेका छन् ।

  • २०७७ आश्विन २८, बुधबार

    क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको परीक्षणमा उनलाई काेराेना पोजिटिभ देखिएको पोर्चुगलको फुटबल फेडेरेसनले जनाएकाे छ। ‘उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,’ फेडेरेसनले भनेको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।...

  • २०७७ आश्विन २४, शनिबार

    पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

    काठमाडाैँ –  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शुक्रबार पीसीआर परीक्षण गराएका उनको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै केही दिन यता सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनलाई अहिले ज्वरो बाहेक अरु लक्षण देखिएको छैन ।

  • २०७७ आश्विन २३, शुक्रबार

    गायक विदु शर्मा रहेनन्

    काठमाडौं – नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक विदु शर्माको बिहीबार वीर अस्पतालमा निधन भएको छ । दमका रोगी ७० वर्षीय शर्माको सुगरको स्तर घटेपछि उहाँ वीर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो भने उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँको अन्तिम संस्कार बिहीबार नै पशुपतिको आर्यघाटमा सम्पन्न भएको थियो । शर्माको परिवारमा उनको जहान रहेका छन् । विसं २००७ सालको कार्तिक कृष्णपक्षको अष्टमीमा जन्मिनुभएका...

  • २०७७ आश्विन २३, शुक्रबार

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्य नियुक्त

    काठमाडाैं – नेवार समुदायका सामाजिक एवं राजनीतिक क्षेत्रमा सुपरिचित एवं लामो समयदेखि मूलधारको राजनीतिमा सकृय रहँदै आएका ललितपुरका बौद्ध विद्धान तथा सामाजिक अभियन्ता सानुराजा शाक्यलाई लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्रीपरिषदको सम्पन्न बैठकले बिहीबार लुम्बिनी विकास कोषको सदस्य सचिवमा शाक्यलाई नियुक्ति गरेको जनाएका छन् ।

  • २०७७ आश्विन २०, मंगलबार

    हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

    काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । आज उनले सामाजिक सञ्जाल मार्फत आफू र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । आचार्य दम्पत्तिले सामान्य लक्षण देखिएकाले पिसीआर जाँच गराएका थिए । मंगलवार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनले आफ्नो सम्र्पकमा आउने सबैलाई होम...

  • २०७७ आश्विन २०, मंगलबार

    सांसद चौधरीलाई कोराना संक्रमण पुष्टि

    काठमाडौँ – सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ ।  उहाँले आज सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिनुभएको छ ।  उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा आज संक्रमण भएको पुष्टि भएको हो । उहाँले आफू संक्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गर्नुभयो ।

  • २०७७ आश्विन २०, मंगलबार

    महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्त

    ललितपुर – महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ ।  नगर प्रमुख श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भएपछि ग्वार्काेको किष्ट मेडिकल कलेजमा भर्ना भएर उपचार गराइ रहनु भएको थियो । “आज मेरो कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ”, मेडिकल कलेजबाट घरजाने तयारीमा रहनुभएका प्रमुख श्रेष्ठले भन्नुभयो, “चिकित्सकले आवश्यक औषधि लेखेर एक हप्ता होम आइसोलेसनमा बस्न सुझाव...

  • २०७७ आश्विन १५, बिहिबार

    पत्रकार विक्रम शाक्य रहेनन्

    काठमाडौं – ललितपुरका क्रियाशील पत्रकार विक्रम शाक्यको देहावसान भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुर शाखाका पूर्वसचिव पत्रकार शाक्यको बुधबार राति १ बजे काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको हो । पाटन नःबहाःस्थित पद्मावतीका पत्रकार शाक्यले रत्नाकर महाविहारको संक्षिप्त परिचयको पुस्तक निकाल्नु भएको छ । उनले प्रकाशित प्रथम रचना ललितपुरको सात ढुङ्गेधारा ‘विश्वभूमि’ पत्रिकामा प्रकाशन भएको थियो...

Pages