STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०७७ कार्तिक २९, शनिबार

    डा. केसीलाई कोरोना संक्रमण

    काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।  केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले फेसबुकमार्फत जानकारी दिएका हुन्। सुवेदीका अनुसार डा केसीमा रुघा लाग्ने, खोकी लाग्ने र ज्वरोको लक्षण समेत देखिएको छ। यस्तै स्वाश्प्रश्वासमा समेत समस्या भएको छ ।  केसी अहिले शिक्षण अस्पताल...

  • २०७७ कार्तिक २७, बिहिबार

    समाजसेवी मानन्धरलाई यस वर्षको हेमराज पुरस्कार दिइने

    काठमाडौं – लोक साहित्य परिषदले दिँदै आएको हेमराज सिरपा (पुरस्कार) यस वर्ष भाषासेवी एवं समाजसेवी लक्ष्मीदास मानन्धरलाई दिइने भएको छ । लोक साहित्य परिषदका अध्यक्ष प्रेमशान्ति तुलाधरले दिनुभएको जानकारीअनुरुप कोरोना महामारी र मानन्धरको स्वास्थ्यको कारण यस वर्षको पुरस्कार मानन्धरकै निवासमा पुगी प्रदान गरिने छ । नेसं ११४१ कछलाथ्व षष्ठि (मंसिर ६) गते सो पुरस्कार दिने मिति तोकिएको छ । समाजसेवी मानन्धरले...

  • २०७७ कार्तिक २४, सोमबार

    वरिष्ठ संगीतज्ञ भिम बहादुर नकःमिको निधन

    नेपाली भजन संगीतका मूर्धन्य रचनाकार, संगीतकार, गायक भिम बहादुर नक:मिको आज सोमबार साँझ आठ बजे तिर बयानब्बे वर्षको उमेरमा दु:खद निधन भएको छ । दिवंगत नक:मि संगीतकार मनराजा नक:मिका बुबा तथा अभिनेत्री आशिष्मा नक:मिका हजुरबुबा हुनुहुन्छ । दिवंगत नक:मिको दाहसंस्कार भोलि मंगलवार विहान नौ बजे बलंबु दीपमा हुनेछ ।

  • २०७७ कार्तिक २४, सोमबार

    कीर्तिपुरका वरिष्ठ गुरु महर्जनको निधन

    कीर्तिपुर १० वडा चिथुत्वाः (तःननि)का वरिष्ठ गुरु कृष्ण महर्जनको आइतबार राति निधन भएको छ । कुनै रोग नदेखे पनि अकस्मात सन्चो नभएपछि उहाँलाई राति नै अस्पताल लान एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्स पुगे पनि अस्पताल लान नपाउँदै घरमै उहाँको निधन भएको हो । तःननि दाफा भजनका गुरुसमेत रहेका महर्जन गीत गुरुको रुपमा पनि प्रख्यात छन् । दशैंको दशमीको दिन निकालिने देवी नाचको पनि उहाँ गीत गुरु हुनुहुन्थ्यो ।...

  • २०७७ कार्तिक १९, बुधबार

    पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । गएको दशैंमा पुर्ख्याैली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि...

  • २०७७ कार्तिक १८, मंगलबार

    ‘मह’को ‘म’को कोरोना अनुभव : मास्कले धेरै हदसम्म संक्रमण हुन बचाउँछ

    काठमाडौं – लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मास्कले धेरै हदसम्म कोभिड–१९ संक्रमणबाट टाढा राख्न सहयोग गर्ने अनुभव सुनाउनुभएको छ । सामाजिक संजाल फेसबुकबाट ख्यालिजुजु श्रेष्ठले यस्तो अनुभव सार्वजनिक गर्नुभएको हो । श्रेष्ठले लेखेका छन्, “मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ जस्तो लाग्यो  । त्यसैले साबुनपानी, स्यानिटाइजर र सामाजिक दुरीका साथै मास्क लगउन विशेष ध्यान दिनु...

  • २०७७ कार्तिक १८, मंगलबार

    कांग्रेस सांसद् सूर्यबहादुर केसीको निधन

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक स्राेतले जनाएको छ । ६३ वर्षीय केसी केही समयदेखि सुगर र प्रेसरका बिरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको जनाइएकाे छ । तीन वर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत...

  • २०७७ कार्तिक १६, आइतबार

    डा. महेशमान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं – नेवार अगुवा एवं नेवार आन्दोलनका अग्रज डा. महेशमान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघिदेखि श्रेष्ठमा ज्वर देखिएपछि उहाँको स्वाब परीक्षणको लागि पठाइएको थियो । सो परीक्षणमा उनको कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको हो । श्रेष्ठका छोरा डा. मनोजमान श्रेष्ठले दिनुभएको जानकारीअनुसार अहिले श्रेष्ठ घरमै आइसोलेसनमा हुनुहुन्छ । अब केही दिन उहाँ घरमै आराम गर्नुहुने जानकारी डा....

  • २०७७ कार्तिक १५, शनिबार

    काठमाडौं महानगर प्रमुख शाक्यकी छोरीद्वारा ‘प्लाज्मा दान’

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले कोरोना भाइरसको संक्रमणमा परी कोभिड १९ रोगको उपचारमा उपयोगी  प्लाज्मा दान गरेकी छिन ।  कोभिड १९ लाई जित्न सफल भएकाहरुको रगत प्रयोग गरी उपचार गर्ने विधीलाई प्लाज्मा भनिन्छ भने प्रमुख शाक्यका अनुसार पलिस्थाले शुक्रवार मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी हुन् ।  केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा...

  • २०७७ कार्तिक १२, बुधबार

    वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

    झापा – वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उहाँले बताउनुभयो । हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा राजेशलाई पनि...

  • २०७७ कार्तिक ८, शनिबार

    बाबुराम र हिसिला यमीलाई कोरोना संक्रमण

    काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। उनले शनिबार बिहान ट्वविटमार्फत आफु सँगै श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । भट्टराईले ट्वविटमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’ उनले चिकित्सकहरूको...

  • २०७७ कार्तिक ७, शुक्रबार

    मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

    मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षीय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो । दाहालले भने...

Pages