साहित्य-कला
-
२०८० आषाढ ४, सोमबार
गायक प्रमोद खरेलको गीतमा बबिता श्रेष्ठको म्युजिक भिडियो
विष पिउन मन लाग्छ किन र गलती भो लगायतका धेरै लोकप्रिय गीतहरुका गायक प्रमोद खरेलको नयाँ गीत " कस्तो थिएँ कस्तो भएँ ” गीतको अडियो आउँदा नै भाइरल बनिसकेको थियो भने हालै यो गीतको म्युजिक भिडियो लोकप्रिय भइरहेको छ । यो भिडियोको निर्देशन सिउँदो सजायौ, भो कुरै नगर , तिम्रो प्यार गरी एकपछि अर्को सफल म्युजिक भिडियो सार्वजनिक गर्दै आइरहेकी चर्चित निर्देशक बबिता श्रेष्ठको निर्देशन रहेको छ । यो गीतको...
-
२०८० आषाढ १, शुक्रबार
तेस्रो राष्ट्रि्य शिखर एग्रिकल्चर अवाड सम्पन्न
शिखर नेपाल तथा डच मिडियाको आयोजनामा आयोजित ‘तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड तथा शिखर सम्मान समारोह –२०८०’ बिहिबार भव्य रुपमा सम्पन्न भएको छ । बागमती प्रदेश, कृषि तथा पशुपंछि विकाश मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रमको कृषि तथा पशुपंछि बिकाश मन्त्री वेद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व शिखर नेपालका अध्यक्ष शेखर खनालले गर्नु भएको थियो । विशिष्ट अतिथीहरुमा नेपाल...
-
२०८० आषाढ १, शुक्रबार
लोक साँस्कृतिक संघको नयाँ कार्यसमिति गठन
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई असार १ गते एक समारोहको आयोजना गरी प्रमाण पत्र प्रदान गरिएको छ । गायक तथा गीतकार राजेन्द्र कार्कीको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा गायक, संगीतका तथा गीतकार अमृत खाती, उपाध्यक्ष कार्यक्रम तर्फ चर्चित संगीतकार दिपक शर्मा, उपाध्यक्ष संगठन तर्फ चर्चित गायक कृष्ण काफ्ले, महासचिव संगीतकार योगेन्द्र...
-
२०८० जेठ ३०, मंगलबार
नेपालभाषाका विश्वास बज्राचार्य र लक्ष्मी कुमार महर्जन लगायत सिल्भर अन्तर्राष्ट्रिय संगीत सम्मानबाट सम्मानित
प्रियसी म्युजिक प्रा.लि.को आयोजनामा आइतवार मलेसियाको क्वालालाम्पुरमा सम्पन्न दोस्रो सिल्भर अन्र्तराष्ट्रिय संगीत सम्मानमा नेपालभाषाको संगीत क्षेत्रका दुई सशक्त प्रतिभाहरु लक्ष्मी कुमार महर्जन -सर्बोत्कृष्ट मोडेल नेपालभासा तर्फ र बिश्वास बज्राचार्य – सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक नेपालभाषा तर्फ सम्मानित भएका छन् । सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रमका सम्पन्न सो समारोहका सहभागी हुनका ...
-
२०८० जेठ ३०, मंगलबार
कथाकार पुष्कर लोहनी लगायत तीन स्रस्टालाई मधुपर्क सम्मान
गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कको ५६औँ वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न गरेको छ । सो अवसरमा विख्यात यौनवादी कथाकार पुष्कर लोहनी लगायत तीन सर्जकलाई सम्मानित गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि बैरागी काइँलाले मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठलाई, मधुपर्क सम्मान २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई एवं...
-
२०८० जेठ २८, आइतबार
एक घण्टा मै एकलाख भ्युज पाएको ‘कस्तो होला भाटु राजाको दरबार’
टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको एक घण्टामै लाख भन्दा बढी दर्शकले हेरेका छन् भने आइतबार बेलुकी आठ बजेसम्ममा तीन लाख अठार हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । रेशम चौधरी र आभा मुकारुङको स्वर कैद गरिएको गीतको संगीत सिर्जना रेशम चौधरी आफैले गरेका हुन् भने शब्द रामचन्द्र बोगटीको रहेको छ । थारु समुदायभित्रको रहन सहन, कला सँस्कृतिलाई...
-
२०८० जेठ २८, आइतबार
विश्व किर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को बत्तिसौं कृति सार्वजनिक
विगत चार दशकदेखि नेपाली भाषा र नेपालभाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व किर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ । ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि माननीय अमन लाल मोदी संघीय मामिला तथा प्रशासन मन्त्री र एस. एस. पि धनबहादुर कार्कीबाट...
-
२०८० जेठ २८, आइतबार
निरन्तर गीत रचना र म्युजिक भिडियो निर्देशनमा सकृय पवन जोशीको वियोगान्त गीत आउने
गीत रचना र म्युजिक भिडियो निर्देशनमा सकृय हस्ती पवन जोशीको नयाँ युगल गीत एउटा वियोगान्त गीतको रुपमा रहेको छ । "छंगु दुःख...” बोलको यो गीतको म्युजिक भिडियो छायांकन शनिवार ललितपुरका सांस्कृतिक नगर लुभुमा सम्पन्न गरिएको छ । उक्त गीतको संगीतकार अनिल तुलाधर हुन् भने रेकर्डिंग , मिक्सीङ्ग र माष्टरिङ विरेन शाक्यले विट्स स्टुडियोमा गरेका हुन् । चर्चित गायक,गायीका, कृष्ण महर्जन र शरिता शाहीले स्वर...
-
२०८० जेठ २२, सोमबार
भव्य रुपमा सम्पन्न भयो राष्ट्रिय संगीत दिवस
संगीत दिवस भन्ने वित्तिकै जुन २१ लाई सम्झिनुभयो होला पक्कै पनि । हो, जुन २१ संगीत दिवस नै हो तर अन्तर्राष्ट्रिय भने राष्ट्रिय संगीत दिवस मनाउने गरिंदैन थियो । यही कुरालाई मनन् गर्दै केही कलाकर्मीहरुले चन्द्रमास अनुसार अब जेठ पुर्णिमा अर्थात ज्याःपुन्हिको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा मनाउनुपर्ने आवाज उठाएका छन् । यहि आवाज उठाउँदै ललितपुरमा ‘राष्ट्रिय संगीत दिवस २०८०’ कार्यक्रमको आयोजना...
-
२०८० जेठ २२, सोमबार
स्रष्टा र सिर्जना कार्यक्रममा वरिष्ठ आख्यानकार सायमि
नेपालभाषा एकेडमीले ‘सर्जक व सृजना २’ कार्यक्रम सम्पन्न गरेको छ । सर्जक र सृजनाको चर्चा गर्ने कार्यक्रमको दोश्रो संस्करणमा वरिष्ठ आख्यानकार मथुरा सायमिको जीवनी र कथाहरुलाई नेपालभाषाका दिग्गज साहित्यकारहरुमार्फत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वरिष्ठ आख्यानकार सायमिले आफ्नै कथाहरु वाचन गरेर पनि सुनाए । नेपालभाषा साहित्य क्षेत्रका विभिन्न साहित्यकारहरुले पनि सायमिको कथा वाचन गरेका थिए ।...
-
२०८० जेठ २१, आइतबार
मिडिया तालिमको माध्यमबाट रोजगारीको सम्भावना
प्रशिक्षार्थी पत्रकारहरूलाई स्वराेजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम सम्पन्न गरेको छ । राजधानीका तीनवटै जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थी पत्रकारहरूलाई लक्ष्यित गरि मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्तरूपमा सातदिने तालिम सम्पन्न गरेकाे हाे । तालिम कार्यक्रम अन्तर्गत राेजगारीमूलक न्यू मिडिया, खाेज पत्रकारिता तथा फाेटाे पत्रकारिता अध्यापन गराइएकाे आयाेजक संस्थाका...
-
२०८० जेठ १४, आइतबार
मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानलाई
काठमाडौं - ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन्। शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिइन्। प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए। प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन्। मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण...


