सिनेमा
-
२०७७ जेठ २९, बिहिबार
प्रसिद्ध कोरियोग्राफर रोजिन शाक्य फेसबुकमा लाइभ टकशो सञ्चालन गर्दै
विजयरत्न असंबरे : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपालभाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका विभिन्न क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका प्रसिद्ध फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले लकडाउन ले सिर्जना भएको विषम परिस्थिति लाई दृष्टिगत गर्दै सामाजिक संजालको प्लेटफर्मलाई प्रयोग गरेर...
-
२०७७ जेठ २७, मंगलबार
चलचित्र कलाकार संघले गर्यो एक वर्षको समीक्षा
विजयरत्न असंबरे नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल चलचित्र कलाकार संघको वर्तमान कार्यसमिति निर्वाचित भएर आएपछि कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा संघको मिति ०७७ जेष्ठ २७ गते अध्यक्ष श्री रविन्द्र खड्काज्यूको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आफ्नो कार्यकालको समीक्षा सम्पन्न गरेको छ । सो बैठकले वर्तमान कार्यसमिति र संघ लाई साथ सहयोग गर्नु हुने...
-
२०७७ जेठ २५, आइतबार
कलाकार संघद्वारा पीडित कलाकार तथा प्राबिधिकहरुलाई राहत
विजयरत्न असंबरे नेपालको चलचित्र क्षेत्रको एउटा अग्रज संस्थाका रुपमा रहेको नेपाल चलचित्र कलाकार संघले काठमाडौँको कपन क्षेत्रमा बसोबास गर्ने लकडाउन को कारण पीडा भोगिरहेका ४३ पीडित जुनियर कलाकारका घर परिवार तथा प्राबिधिकहरुका घर परिवार लाइ राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । कोभिड-१९ तथा लकडाउनको समस्यामा परेका तथा कोरोना भाइरसको महामारीले गर्दा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने कलाकारहरुको...
-
२०७७ जेठ २४, शनिबार
दयाराम दाहाल विकास बोर्डका अध्यक्षमा नियुक्त
काठमाडाैं - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । ज बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत ६ महिनादेखि रिक्त रहेको थियाे । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन भएको थियो । दाहालले अब २ वर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन् । नेपाली चलचित्र...
-
२०७७ जेठ २३, शुक्रबार
कोरोना भाइरसको विषयमा नेपाली सर्टफिल्म ‘सचेतना’
काठमाडौं – राज महर्जनको स्क्रिप्ट र परिकल्पनामा कोरोना भाइरसको विषयमा सर्टफिल्म ‘सचेतना’ युट्युबबाट सार्वजनिक गरिएको छ । इन्टरटेन्टमेन्ट नेपाल टिभी युट्युब च्यानलमा अपलोड गरिएको यस सर्टफिल्मका निर्देशक र सम्पादक प्रदीप खड्गी हुन् । सर्टफिल्ममा नेपालभाषा फिल्म क्षेत्रमा कलाकारहरु सुशील राजोपाध्याय, रुपेन श्रेष्ठ थक्वाःमि, आराध्यालक्ष्मी खड्गी र सरस्वती मानन्धरलगायतको अभिनय रहेका छन् । लकडाउनको समय...
-
२०७७ जेठ २२, बिहिबार
ख्यातिप्राप्त हिन्दी फिल्म निर्देशक बासु चटर्जीको निधन
विजयरत्न असंबरे भारतीय फिल्म जगतका ख्यातिप्राप्त निर्देशक बासु चटर्जीको आज बिहिबार बिहान ९१ को वर्षमा निधन भएको छ । सन् १९३० जनवरी १० तारीखका दिन भारतको अजमेर भन्ने ठाउँमा जन्मेका फिल्म निर्देशक बासु चटर्जीलाई भारतको फिल्म उद्योगमा सामाजिक यथार्थपरक विषयामा रोचक फिल्म बनाउने फिल्मकर्मिको रुपमा लिइन्छ । उनको आजै दिउँसो २ बजे मुम्बईको सान्ताक्रुज चिहानमा अन्त्यष्टि गरिएको कुरा ईण्डियन फिल्म एण्ड...
-
२०७७ जेठ २०, मंगलबार
अभिनेत्री मनिषा कोइराला नेपाल आाइन्
काठमाडाैं - अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लिम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए । मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् । मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत...
-
२०७७ जेठ १९, सोमबार
अभिनेता जयनेन्द्र चन्द ठकुरीको निधन
काठमाडौं - नेपाली फिल्मका चरित्र अभिनेता जयनेन्द्र चन्द ठकुरीको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ। आफ्नै घर ललितपुरको बागडोलमा दिउँसो ११ बजेर २० मिनेटमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए। आइतबारै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा चन्दको अन्त्येष्टि गरिएको छ। लकडाउनका कारण सीमित मलामी रहेका थिए। उनी आफ्नी छोरीको साथमा बस्दै आएका थिए। लामो समयदेखि...
-
२०७७ जेठ १३, मंगलबार
नायिकाहरुको अश्लील भिडियो आएपछि प्रहरीमा उजुरी
विजयरत्न असंबरे केही नेपाली अभिनेत्रीहरुको चरित्र हत्या गर्ने मनशायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै नेपाल चलचित्र कलाकार संघले आज प्रहरीमा उजुरी दिएको छ । संघका अध्यक्ष रविन्द्र खड्का र उपाध्यक्ष मोहन निरौलासहितको टोलीले आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर उजुरी बुझाएको छ । आईतबार तथा सोमबार दुई जना अभिनेत्रीहरुका नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ...
-
२०७७ जेठ ११, आइतबार
वर्षा राउतको अभिव्यक्तिको चौतर्फी विरोध, मागिन् माफी
काठमाडौं - नायिका वर्षा राउतको अभिव्यक्तिले सामाजिक संजाल तातिरहदाँ सामाजिक संजाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्पष्टिकरण दिदै क्षमा मागेकी छिन् । नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप...
-
२०७७ जेठ १०, शनिबार
२० जना गायक/गायिकाको संयुक्त आवाजमा नेपालभाषाको गीत
काठमाडौं – नेपालभाषा संगीत क्षेत्रमा २० जना गायक/गायिकाको संयुक्त आवाजमा एउटा गीत सार्वजनिक भएको छ । नेवार फिल्म तथा संगीत क्षेका लोकप्रिय कलाकार सुरेन्द्र तुलाधरको परिकल्पना र निर्देशनमा तयार ‘जः दयाः नं छाय् खिउँसे थन’ .(प्रकाश भए पनि किन अँध्यारो यहाँ) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तुलाधरको आफ्नै युट्युबअन्तर्गत सार्वजनिक भिडियोका निर्माता सुरेन्द्र शाक्य हुन् भने यसमा गायक अमर...
-
२०७७ जेठ १०, शनिबार
नेपालभाषाका महिला कथाकारहरुको अनलाइन कथावाचन
काठमाडौं – नेपालभाषाका ५ जना महिला कथाकारहरुले संयुक्त रुपमा अनलाइन कथावाचन गरेका छन् । वल्र्ड नेवाः अर्गनाइजेशन युएसएले आयोजना गरेको अनलाइन कथावाचन गोष्ठीमा डा. रीना तुलाधर, लोचनतारा तुलाधर, निजिरोस श्रेष्ठ, दिव्या ताम्राकार र रिता महर्जनले आ–आफ्ना कथा वाचन गरेका थिए । जुम एपमार्फत् जेठ १० मा गरिएको कथा वाचन गोष्ठीमा अर्गनाइजेशनका सांस्कृतिक दूत वासव राजोपाध्याय र अर्गनाइजेशनकातर्फबाट केशर...



