सिनेमा
-
२०७७ जेठ ९, शुक्रबार
सुनसरीकी प्रतिभाले बनाएको छोटो चलचित्रले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
विजयरत्न असंबरे सुनसरी ईनरुवा घर भई दिल्ली मा मास कमन्युकेसनमा मास्टर गरेकि प्रतिभा अर्चना राठी द्वारा लिखित छोटो चलचित्र "स्पेसल डे" ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल 2020 जुरि अवार्ड सहित अन्य धेरै अवार्ड हात पार्न सफल भएको छ । उनले प्राप्त गरेको अवार्ड मा Tagore international film festival 2020 मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड , Cult Critic Award 2020 को विजेता घोषित...
-
२०७७ जेठ ८, बिहिबार
मनिषा कोइरालाकाे ट्विटलाई लिएर खनिए भारतीय
एजेन्सी - नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीमाथि भारतीयहरुले आक्रोश पोखिरहेका छन् । बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालाकाे ट्विटलाई लिएर अहिले भारतीय मिडियाहरु पनि खनिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रिट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको...
-
२०७७ जेठ ८, बिहिबार
प्रोजेक्ट बाजाको प्रयासमा दाफा भजनको संरक्षण (भिडियाेसहित)
विजयरत्न असंबरे नेपालका लोप हुँदै गइरहेको प्राचीन बाजाहरुको संरक्षण गरी युवाहरुमाझ परिचित गरायँदै जाने उद्देश्य लिएर संगठित भएको एउटा साँगितिक समुहको नाम हो प्रोजेक्ट बाजा । यसै संस्थाले ऐतिहासिक तथा सांस्कृतिक नगरी लुभुको महालक्ष्मी देवीको नाममा रचित दाफा भजन ग्वाराको सृजना गरेको छ । महालक्ष्मी देवीका साथै लुभुका विभिन्न देवदेवीहरुको विवरण उल्लेख रहेको यस दाफा भजनको लिखित रुपमात्र भेटिएको हो...
-
२०७७ जेठ ७, बुधबार
डिजिटल प्लेटफर्म मार्फत चलचित्र पत्रकार संघको वार्षिकोत्सव सम्पन्न
चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा जुम एप मार्फत ईन्टरनेटको माध्यमबाट सम्पन्न गरिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापि रुपमा फैलेर कोभिड१९ को महामारी रोगबाट सुरक्षित रहनका लागि जारी गरिएको लकडाउनको आदेशको पालना गर्दै संघले ईन्टरनेटको माध्यमबाट डिजिटल प्लेटफर्म मार्फत आफ्नो वार्षिकोत्सव एवं पत्रकारिता दिवस यसरी मनाउनु परेको कुरा संघका...
-
२०७७ जेठ ६, मंगलबार
चलचित्र बिकास बोर्डमा अध्यक्ष पदकोलागि प्रतिस्पर्धा
विजयरत्न असंबरे नेपाल सरकार सुचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत रहेको नेपालको चलचित्र सम्बन्धी सम्पुर्ण कार्य सम्पादन गर्ने राज्यको प्रशासनिक संयन्त्रको रुपमा २१ वर्ष अगाडि स्थापना गरिएको चलचित्र बिकास बोर्डका अध्यक्ष कलाकार केशव भट्टराईको गत २०७६ साल मंसीर २९ गते आकस्मिक निधन भए पछी रिक्त रहँदै आएको अध्यक्ष पदमा नियुक्तिका लागि सुचना तथा सञ्चार प्रविधी मन्त्रालयले प्रक्रिया थालेको छ ।...
-
२०७७ जेठ ५, सोमबार
नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता
विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन्। उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्। नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो। पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका...
-
२०७७ जेठ ५, सोमबार
लकडाउनमा नेवार अभिनेत्रीको विवाह
विजयरत्न असंबरे काठमाडौं – नेवार फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री एवं मोडल रजनी खड्गी लकडाउनकै समयमा विवाह बन्धनमा बाँधिएकी छिन् । सुजन कपालीसँग खड्गी आइतबार विवाह बन्धनमा बाँधिएकी हुन् । ब्या यायेम्हा, पागलपन नेवार फिल्मका हिरोइन खड्गी टेलिभिजनमा प्रशारण हुने नेपालभाषाको टेलिभिसिरियल ‘समयबजि’मा पनि खेल्दै आइरहेकी छिन् । १० वर्षअघि ‘बांलाः मयजु’ नामक ब्युटी कन्टेस्टमा सहभागी भएपछि कला...
-
२०७७ जेठ १, बिहिबार
चलचित्र पत्रकारिता दिवस पनि स्थगित
विजयरत्न असंबरे चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवस र यसै अवसरमा प्रदान गर्दै आएको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई यो वर्ष स्थगित गरेको छ । संघले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई दृष्टिगत गर्दै यो वर्ष कुनै कार्यक्रम नगर्ने निर्णय गरेको हो । संघले अर्को...
-
२०७७ बैशाख १८, बिहिबार
बलिउड अभिनेता ऋषि कपुरको निधन
काठमाडौं (एजेन्सी) – बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । सास फेर्न अप्ठ्यारो भएपछि बुधबार ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेबु्रअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो । कपुरकी पत्नी अभिनेत्री नितु सिहं हुन्...
-
२०७७ बैशाख १७, बुधबार
भारतीय फिल्म अभिनेता इरफान खानको निधन
काठमाडौं – भारतीय फिल्म अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलावेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान खानको निधन भएको थियो । खान ५४ वर्षका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर थियो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका थिए । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट टेलिशृङ्खला हुँदै सिनेमामा आएका थिए । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो...
-
२०७७ बैशाख ११, बिहिबार
लकडाउन दिनचर्या : कलाकार लक्ष्मीकुमार महर्जन ‘उदास’
विजयरत्न असंबरे नेवार फिल्म क्षेत्रमा ‘सेरिब बन्जा’ एउटा राम्रो फिल्मको कोटीमा पर्दछ भने ‘मिउजियम’ लघुफिल्मले केही समयअघि सम्पन्न नेपालभाषा टाइम्स लघुकथा प्रतियोगितामा दोस्रो पुरस्कार जितेको थियो । यी दुवै फिल्ममा मुख्य पात्र भई अभिनय गर्ने कलाकार हुन् लक्ष्मीकुमार महर्जन ‘उदास’ । विसं २०४८ सालदेखि कलाकारिता क्षेत्रमा निरन्तर रुपमा सक्रिय कलाकार उदासले सर्वप्रथम राजु स्यस्यःको निर्देशनमा ‘व हे...
-
२०७७ बैशाख १, सोमबार
कोरोना संक्रमणबीच अभिनेत्री सिन्तियासेन र उनको कोपेनहेगन–डायरी
विजयरत्न असंबरे काठमाडौं– डेनमार्क कोपेनहेगनमा दाम्पत्य जीवन बिताइरहेकी अभिनेत्री सिन्तियासेन ताम्राकारले कोभिड–१९ कोरोना महामारीमा डेनमार्कको अवस्था, त्यहाँको जनजीवनलगायत विवरण जनजातिखबरसँग खुलाएकी छिन् । पोखरानिवासी अभिनेत्री ताम्राकारले नेपालभाषाया थुप्रै फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । ‘सत्य धरोधर्म’, ‘यलय् बाथः’, ‘तुतां’ लगायत नेपालभाषाया फिल्महरुमा उनको अभिनय हेर्न...



