STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ चैत्र ३०, आइतबार

    स्वतन्त्रको विश्व रकेर्ड राख्ने प्रक्रियामा कोरोना बाधक

    काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण सम्पन्न नेपालभाषाको अवार्ड कार्यक्रमको विश्व रेकर्ड राख्ने उद्देश्य स्थगित भएको छ । दुई महिनाअघि सम्पन्न नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न भएको थियो । उक्त अवार्डलाई विश्व रेकर्डमा समावेश गराउने प्रक्रियामा आयोजक संसार क्रियसन्सका स्वतन्त्र संसार महर्जन लागिरहेका थिए । तर विश्वमै कोरोना संक्रमण फैलिनु र नेपालमा यसको...

  • २०७६ चैत्र २७, बिहिबार

    भ्रष्टाचाविरुद्ध जनकविको कडा कविता

    काठमाडौं– देशमा अहिलेको कोरोनाको संकट चुलिँदै आएको छ । यसको रोकथाम र नियन्त्रणको लागि देश नै ‘लकडाउन’ छ । यसबीच पनि देशमा भ्रष्टाचार तथा कालोबजारी अझै मौलाएको छ । यस स्थितिलाई जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो काव्यमार्फत् सावधानी गरेका छन् । प्रस्तुत छ, जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो फेसबुकमार्फत् प्रकाशित सावधानी कविता (सं.) । सावधान ! जनकवि दुर्गालाल श्रेष्ठ देश विपत्‌मा पर्दैछ यता चुलिँदो छ...

  • २०७६ चैत्र ८, शनिबार

    मुम्बईमा रोजिनको कोरियोग्राफी

    काठमाडांै– नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफीमा भारतको मुम्बईमा मोडल प्रतिस्पर्धा सम्पन्न भएको छ । हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा भएको मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको थियो । फेसन शो शैलीमा सम्पन्न उक्त मोडल प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना लिम्बु पाङ्मा विजेता चयन भएका थिए । आकृति...

  • २०७६ चैत्र ७, शुक्रबार

    अभिनेता गणेश लामालाई मातृशोक

    काठमाडौं– नेपाली फिल्म जगतका अभिनेता गणेश लामालाई मातृशोक परेको छ । अभिनेता लामाकी आमा वनदेवी लामाको मङ्गलबार राति निधन भएको थियो । केही समय अगाडिदेखि अस्वस्थ भई उपचार गराउँदै आएकी स्वर्गीय लामा ८३ वर्षकी हुनुहुन्थ्यो । मितेरी गाउँ, शिखर, पिरती आफै हुँदो रैछ, मनको टुक्रा, शिरिषको फूल र माइ लभ ः प्रमिस फर काठमाडौं जस्ता नेपाली चलचित्र र टेलिसिरियलहरु कान्छी, माइली लगायतमा अभिनेता गणेश लामाको अभिनय...

  • २०७६ चैत्र ६, बिहिबार

    पपगायक दीपक वज्राचार्य सेल्फ क्वारेन्टाइनमा

    काठमाडौं– अष्ट्रेलियाबाट नेपाल फर्किएका पप गायक दीपक वज्राचार्य र उनको सांगीतिक समूहका सदस्यहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । आफ्नै प्रोजेक्टको रुपमा रहेको ‘मेरो घर’ नामक घरमा उनीहरु क्वारेन्टाइनमा बसेका छन् । वज्राचार्यले आफ्नो फेसबुकबाट आफूहरु क्वारेन्टाइन बसेको कुरा सार्वजनिक गरेका हुन् । आफूहरु अष्ट्रेलिया बसुन्जेल संक्रमणबाट बच्नको लागि सम्पूर्ण सतर्कता अपनाएको भए पनि नियम र कानुनको पालना...

  • २०७६ चैत्र ४, मंगलबार

    कीर्तिपुर सर्टफिल्म प्रतियोगितामा ‘आजुद्यः’

    काठमाडौं– कीर्तिपुर नगरपालिकाको आयोजनामा हुन लागेको कीर्तिपुर सर्टफिल्म प्रतियोगिताको लागि ‘आजुद्यः’ नामक सर्टफिल्म शुक्रबार बुझाइएको छ । उक्त सर्टफिल्म नेवाः युट्युब च्यानलले निर्माण गरेको हो भने यसको निर्देशन तथा सम्पादन योवन शाक्यले गरेका हुन् । फिल्मको स्क्रिप्ट कीर्तिपुरका राज महर्जनले लेखेका हुन् । १२ मिनेटको उक्त सर्टफिल्मका कीर्तिपुरको ऐतिहासिक र धार्मिक सम्पदा बाघभैरव (आजुद्यः) उत्पतिको...

  • २०७६ चैत्र ३, सोमबार

    एस टेलिभिजनको मनोरञ्जनात्मक कार्यक्रम

    काठमाडौं– एस टेलिभिजनले आइतबार (चैत २ गते) काठमाडौंमा एक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा पूर्वमन्त्री हिसिला यमिलगायतको उपस्थिति थियो । कार्यक्रममा एस टेलिभिजनका अनुपसिंह सुवालले स्वागत मन्तव्य राखेका थिए । एस टेलिभिजनले नेवारलगायत आदिवासी जनजातिहरुको समाचार, विचारमा जोड दिँदै आइरहेको छ ।

  • २०७६ फाल्गुण २६, सोमबार

    सुनसान होली

    आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली पर्व न लोला, न रङ्ग, फिका देखिएको छ होली । यसवर्षको होली पर्वलाई केही बालबालिकाले धानेका छन् । चीनको वुहानबाट फैलिएको कारोना भाइरस ९कोभिड–१९० को माहमारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको सङ्क्रमण फैलिन नदिन सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रङ्ग...

  • २०७६ फाल्गुण २५, आइतबार

    पाँच प्रतिभाको संयुक्त साँगितिक चक्का सार्वजनिक

    नेपालभाषा संगीत क्षेत्रमा अद्वितीय संगीत प्रतियोगिता का रुपमा सम्पन्न ‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको गीतिसंग्रह ‘सिरपा’ सार्वजनिक भएको छ । आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण एवं प्रस्तुत गरेको यस गीति संग्रह सिरपा अर्थात पुरस्कार मा संगीतकार जूगल डंगोलद्वारा संगीतवद्ध गीतहरु संग्रहित छन् । नेपालभाषा संगीत क्षेत्रमा अद्धितीय उदाहरणका...

  • २०७६ फाल्गुण २२, बिहिबार

    मिथिलाञ्चलमा फाग“को रौनकता

    मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फाग“को रौनक छाइरहेको छ । जातिपाति, छ’वाछ“त, सानो, ठ“लो, धनी र गरिबको भेदभावलाई भ’लेर एउटै रङ्गमा रङ्गिने फाग“ पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गित त’ल्याउने फाग“ आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । मिथिलाञ्चलमा १५ दिने परिक्रमाका श्रद्धाल’ले कञ्चन वनमा रङ्ग र अबीर खेलेसँगै फाग“...

  • २०७६ फाल्गुण २०, मंगलबार

    डम्फु–मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै

    ‘होरी’ फागु पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन् । श्रीपञ्चमी वसन्तपञ्चमी सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा फागुविशेष गीत अब महोत्तरीसहितका मिथिलामा सुन्न छाडिएका छन् । श्रीपञ्चमी पर्व माघ शुक्ल पञ्चमी मा वसन्त उत्सव शुरु गरिएसँगै मृदङ्ग, हार्मोनियम र डम्फु जोगिराका बाद्यवादन का तालमा प्रत्येक...

  • २०७६ फाल्गुण २०, मंगलबार

    गाउँगाउँमा जोगिरा शुरु

    होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ एक प्रकारको गीत गाउन शुरु भएको छ । महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँ टोलमा गएरातिदेखि नै बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो । होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै टोली बनाई जोगिरा शुरु गरेको जलेश्वर नगरपालिका–११...

Pages