STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २८, शनिबार

    बाढीपहिरो अपडेट ः मर्नेका सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता

    अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिनुभयो । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । यो समाचार तयार पार्दासम्म...

  • २०७६ आषाढ २७, शुक्रबार

    पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

    अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो । काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवारीसाधनका कारण उक्त समस्या उत्पन्न भएको छ । चाबहिल–साँखु, कलङ्की–...

  • २०७६ आषाढ २७, शुक्रबार

    सडकले नै खनेको खाल्डोमा मान्छे डुब्ने त्रास

    झापाको मेचीनगर–१३ स्थित चारआलीमा सडक किनारमा पानी निकासका लागि भन्दै लापरवाहीपूर्वक खनिएका गहिरा खाडल नपुरिँदा ठूलो दुर्घटना हुने सम्भावना बढेको छ । केचना–चारआली मार्गअन्तर्गत चारआलीको दक्षिण सडकको पूर्वी किनारमा मान्छे डुबाउने गहिरा खाडल सडक निर्माणकै क्रममा खनिएका थिए । नालीको नाममा खाडल खनिएको महीनाँै भइसक्दासमेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न त खाडल नै पुरिएका छन् । बर्खा...

  • २०७६ आषाढ २७, शुक्रबार

    वर्षाका कारण बजारक्षेत्र र सरकारी कार्यालय जलमग्न

    लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी...

  • २०७६ आषाढ २७, शुक्रबार

    सामूहिक टिमुरखेती

    =गल्याङ नगरपालिका– १० भिरालेका किसानले घरबारीको पाखो बारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुरखेतीको शुरुआत गरेका छन् । बाँदर, मृगलगायतका जङ्गली जनावरले लगाएको खेतीबाली आएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छाडेका थिए । खेती नलगाएसँगै झाडी बनेको बारी भने यतिबेला किसानले फाँडेर चिटिक्क पारेका छन् । वडा कार्यालयले किसानलाई टिमुरखेतीका बारेमा जानकारी दिनुका साथै आवश्यक बिरुवासमेत उपलब्ध गराएपछि...

  • २०७६ आषाढ २७, शुक्रबार

    तातोपानीबाट आयात शुरु

    एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता...

  • २०७६ आषाढ २७, शुक्रबार

    विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

    चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो । सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विसं २०७१ मङ्सिर ८ गतेदेखि नै सो पार्टीमा आबद्ध थिइन् । उनी...

  • २०७६ आषाढ २७, शुक्रबार

    हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना...

  • २०७६ आषाढ २७, शुक्रबार

    बलात्कार आरोपितलाई छ वर्ष कैद

    तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई छ वर्ष कैद र रु २५ हजार जरिवानाको सजाय गर्नुका साथै पीडितलाई रु १५ हजार क्षतिपूर्ति दिलाउन अन्तिम फैसला गरेको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी...

  • २०७६ आषाढ २७, शुक्रबार

    तेह्र दिनको शिशु चोरी गर्ने पक्राउ

    उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो । पक्राउ पर्नेमा भारत नयाँदिल्ली फरीदावाद घर भई हाल धरान–५ देवीगाउँ माइती घरमा बस्दै आएकी २७ वर्षीया लीला विश्वकर्मा र उनकी भाउजु नाता पर्ने धरान–१५ बगरकोट बस्ने ४२ वर्षीया...

  • २०७६ आषाढ २७, शुक्रबार

    बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

    निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ । तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको...

  • २०७६ आषाढ २७, शुक्रबार

    गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध

    तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी...

Pages