STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २९, आइतबार

    बाढीपीडितको उद्धार र राहतमा तीव्रता

    वर्षासँगै सिरहा सदरमुकामसहित गाउँ गाउँमा बाढीको कहर जारी रहँदा स्थानीय प्रशासनले विभिन्न निकायसँग समन्वय गरी आजदेखि उद्धार र राहतको कार्यलाई तीव्र बनाएको छ । आज बिहानदेखि वर्षा रोकिएपछि बाढीबाट बढी प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार र राहतसहितको टोली परिचालन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताउनुभयो । वर्षा रोकिएको र बस्तीमा पनि पानीको सतह केही घटेकाले विभिन्न...

  • २०७६ आषाढ २९, आइतबार

    अष्ट्रेलियामा शक्तिशाली भूकम्प

    अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६।६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ ।...

  • २०७६ आषाढ २९, आइतबार

    अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

    तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछि बर्षा भएकाले अरु धेरै क्षति भएको र थप खतरा रहेको अनुमान गरिएको छ । सामुद्रिक तटीय क्षेत्रबाट आएको आँधीले अमेरिकाका पूर्वी...

  • २०७६ आषाढ २९, आइतबार

    ‘अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन’ ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई...

  • २०७६ आषाढ २९, आइतबार

    महोत्तरीमा पाँच दिनपछि घाम

    पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो । आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझंै आक्रान्त छन् । जिल्लाका गाउँ÷नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर्षासँगैको बाढीले जिल्लाका १५ वटै स्थानीयतहका गाउँ÷नगर बस्तीका गरी ४० हजार व्यक्ति प्रभावित भएको जिल्ला दैवीप्रकोप...

  • २०७६ आषाढ २९, आइतबार

    निजी मेडिकल कलेजलाई बन्देज लगाउनुहुँदैन ः उपप्रम यादव

    चिकित्सा शिक्षा ‘उपचार शिक्षा’ भएकाले यसलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ल्याउन माग गरिएको छ । चिकित्सा शिक्षा शिक्षा मन्त्रालय र चिकित्सा सेवा स्वास्थ्य मन्त्रालयअन्तर्गत हुँदा प्रभावकारी समन्वयको अभाव रहेको भन्दै स्वास्थ्य मन्त्रालयले एक अंश एक मन्त्रालयमा अर्को अंश अर्को मन्त्रालयमा रहँदा उपलब्धि कम देखिएको जनाएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सा शिक्षा...

  • २०७६ आषाढ २९, आइतबार

    औद्योगिक क्षेत्र डुबानमा

    पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र पोखरी थुन्दै स्थायी संरचना निर्माण गरेपछि रुपनी गाउँपालिकास्थित उक्त औद्योगिक क्षेत्र डुबानमा परेको हो । औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउबाट चल्ने पानीको बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको...

  • २०७६ आषाढ २९, आइतबार

    ‘अतिवरिष्ठ ज्येष्ठ नागरिक’ हटाउनुपर्ने

    ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा आजदेखि दफावार छलफल शुरु भएको छ । सिंहदरबारस्थित समितिको कक्षमा आज भएको छलफलका क्रममा सांसदहरुले ८० वर्ष र सोभन्दा माथिको ज्येष्ठ नागरिकलाई ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’ सम्झिनु पर्दछ भन्ने प्रावधान राख्न नहुनेमा जोड दिनुभयो । सो विधेयकमाथि दिव्यमणि राजभण्डारी, देवेन्द्रराज कँडेल...

  • २०७६ आषाढ २९, आइतबार

    बाँदर लड्ने खरबारीलाई फूलबारी बनाएपछि दङ्ग

    ‘‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’’ राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितामा भनिए झैं पौरखी मानिसहरुका लागि असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने प्रमाणित गरिदिएका छन्, म्याग्दीका एक पौरखी किसानले । वर्षौंदेखि जङ्गली जनावर ९बाँदर र चितुवा०ले क्रिडास्थल बनाएको भिराले ढुङ्गे खरबारीमा लटरम्मै फलफूल र तरकारी लगाएर हरियाली बनाएका म्याग्दीको बेनी...

  • २०७६ आषाढ २९, आइतबार

    विश्वकप क्रिकेट फाइनल, न्यूजील्यान्डले ब्याटिङ रोज्यो

    इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल इङल्यान्डको लर्ड्स क्रिकेट मैदानमा आइतबार शुरु भएको छ । टस जिती न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । बिहानीपख हल्का वर्षा भएका कारण टसमा केही ढिलाई भएपछि खेल करिब १५ मिनेट ढिलो शुरु भएको छ, तर खेल पूरै ५० ओभरको हुनेछ । टस जितेपछि बोल्दै न्यूजील्यान्डका कप्तान केन विलियम्सनले हल्का बादल लागेपनि आफूहरुले ब्याटिङ रोजेको...

  • २०७६ आषाढ २९, आइतबार

    इन्डोनेसियामा ७।३ म्याग्नीच्यूडको भूकम्प

    इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७।३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय अनुसार अपराह्न ६।२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । भूकम्प...

  • २०७६ आषाढ २९, आइतबार

    रगत पाउनै मुश्किल

    बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या बढ्दै गएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार आवश्यकमात्रामा रगत सङ्कलन नहुँदा समस्या उत्पन्न भएको हो । चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर...

Pages