STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २९, आइतबार

    होटल तथा रेष्टुराँमै प्राथमिक उपचार

    बागलुङका होटल तथा रेष्टुँरामा आउने पाहुनाले अब होटलबाटै प्राथमिक उपचार पाउने भएका छन् । सदरमुकाम बागलुङ बजारका होटल तथा रेष्टुराँले आफ्नो पाहुना र काम गर्ने मजदुरलाई लक्षित गरी प्राथमिक उपचारका लागि ‘फस्ट एड बक्स’ राखेका छन् । होटलमा आउने पाहुनाका लागि सहज होस् भन्ने उद्देश्यले प्राथमिक उपचारमा प्रयोग हुने औषधि र औजार राखेका हुन् । होटलमा आउने पाहुना र पर्यटकको सहजताका लागि र स्वास्थ्यसम्बन्धी...

  • २०७६ आषाढ २९, आइतबार

    जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

    जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहनुभएको छ । त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३०...

  • २०७६ आषाढ २९, आइतबार

    अल्ट्रा म्याराथनको प्रमोशनल रेश शुरु

    आगामी भदौ २९ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथुनको प्रमोशनल रेस आजदेखि शुरु भएको छ । जुम्ला खलङ्गादेखि मुगुको रारा ताल हुटुसम्मको ४९ किलोमिटरको दौड प्रतियोगिता दोस्रो पटक भएको हो । प्रमोशनल रेसमा जुम्ला राराको म्याराथन भइरहेको छ भने पाँच किमीको म्याराथन जुम्ला बजारमा सम्पन्न भइसकेको छ । जुम्लादेखि रारासम्म भइहेको प्रतियोगिताको नतिजा साँझसम्म आउनेछ । पाँच किमीको दूरी २७ मिनेट ५० सेकेन्ड १० पल...

  • २०७६ आषाढ २९, आइतबार

    बंगलादेशका पूर्व राष्ट्रपति एर्सादको निधन

    बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हाल्नु भएको थियो । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिनुभएको थियो । सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य हुनुभएका एर्सादलाई त्यसपछि...

  • २०७६ आषाढ २९, आइतबार

    बाढीपहिराका कारण विद्यालय बन्द

    लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गराएका छन् । लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो । भिमफेदी गाउँपालिकाभरिका विद्यालय आजदेखि असार ३१ गतेसम्मका लागि बिदा...

  • २०७६ आषाढ २९, आइतबार

    मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित

    मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । हिजो भएको पहिलो खेलमा नेपालले मलेशियालाई सात विकेटले हराएको थियो । त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो ।...

  • २०७६ आषाढ २९, आइतबार

    भानुभक्तको योगदान अतुलनीय ः प्रदेश प्रमुख कुँवर

    गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आज पोखराको फूलबारीस्थित भानुपार्कमा आयोजित कार्यक्रममा उहाँले नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको चर्चा गर्नुभयो । भाषा र संस्कृति...

  • २०७६ आषाढ २९, आइतबार

    मकालुमा ५० घर पहिराको उच्च जोखिममा

    सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका–३,४र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिनुभयो । मकालुका पावाखोला, पेपुवा, सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानी, नयाँ बस्तीका दर्जनभन्दा बढी गाउँलाई पहिरोले चारैतिरबाट घेरेको...

  • २०७६ आषाढ २९, आइतबार

    त्रिविले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने

    त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो । विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका डिन प्रा रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको नाम राखेर प्रवेश...

  • २०७६ आषाढ २९, आइतबार

    मनसुनी गतिविधि कमजोर बन्दै

    शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा वर्षा गराउने वायु नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । आज देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा हुने छ । भोलिबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश...

  • २०७६ आषाढ २९, आइतबार

    उधारोमा मागेर औषधि वितरण

    कञ्चनपुर भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ । लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंमसेविका, शहीद...

  • २०७६ आषाढ २९, आइतबार

    सुरक्षित स्थानमा बसिरहन आग्रह

    बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अभै रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । उहाँका अनुसार, सम्भावित बाढी र डुबानको अवस्थामा नागरिकको उद्धार, आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा...

Pages