-
२०७६ आषाढ २६, बिहिबार
एशियाली कृषि सम्मेलन साउन २६ मा
नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका छन् । साउन २६ देखि २८ सम्म लालितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिनुभयो । सम्मेलनमा नेपालका १०...
-
२०७६ आषाढ २६, बिहिबार
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै...
-
२०७६ आषाढ २६, बिहिबार
बेलीब्रिज जीर्ण
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा स्याङ्जा र गुल्मी जिल्लालाई जोड्न जलविद्युत् आयोजनाको ड्यामभन्दा केही तल कालीगण्डकी नदीमा निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । जलविद्युत् आयोजना निर्माणका क्रममा निर्माण गरिएको सो बेलिब्रिज आयोजना निर्माण भएर विद्युत् सञ्चालनमा आइसकेपछि लामो समयसम्म मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको हो । पुलमा सुरक्षाका लागि बनाइएको...
-
२०७६ आषाढ २६, बिहिबार
प्रादेशिक अस्पताल मुख्य ढोका जलमग्न
मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षात्को समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ । अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ । अस्पताल परिसरमा पानी...
-
२०७६ आषाढ २६, बिहिबार
साझाका रात्रिकालीन बस सेवा शुरु
साँझ ६÷७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क,...
-
२०७६ आषाढ २६, बिहिबार
प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त ः पूर्वमन्त्री यादव
पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएकाले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश नं २ मा भ्रष्टाचार गर्न मन्त्रीमन्त्रीबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै विगतमा जिल्ला विकास समितिमा असारमा बजेट विनियोजन र खर्च गर्ने...
-
२०७६ आषाढ २६, बिहिबार
भारतीय सैनिकको जागिर छाडेर बाख्रापालन
वैदेशिक रोजगारीबाट फर्किएका स्याङ्जाली युवाको रोजाइमा परेको छ बाख्रापालन । परदेश गएर कठोर परिश्रम गर्नुपरेपछि उनीहरुलाई यो व्यवसाय उपयुक्त लागेको हो । चापाकोट नगरपालिका–४ घुर्लीचौरका ४४ वर्षीय केशरबहादुर खाँणको दैनिकी बाख्राको स्याहारसुसारमै बित्ने गर्छ । भारतीय सेनामा ७ वर्ष बिताउनुभएका खाँण अहिले बाख्रापालन व्यवसायमा रमाइरहनु भएको छ । भारतीय सेनामा काम गरेर अवकाश लिएका उहाँले लण्डनमा ७ वर्ष...
-
२०७६ आषाढ २६, बिहिबार
शेयर बजारः ओरालो यात्रा कायमै
बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ...
-
२०७६ आषाढ २६, बिहिबार
बेलायती तेल ट्याँकरमा आक्रमण गरिएको छैन – इरान
इरानको क्रान्तिकारी गार्ड सेनाले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ । इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ । बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा इरानी...
-
२०७६ आषाढ २६, बिहिबार
छलफल भएपछि शिल्पा र ओझाको सहमति
नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् ।...
-
२०७६ आषाढ २६, बिहिबार
जनजाति र साझा स्वानी प्रथा
संखुवासभा जिल्लाको सबैभन्दा उत्तरी गाउँ किमाथाङ गाउँ विकास समिति नेपाल अधिराज्यकै सबैभन्दा कम जनसंख्या भएको गाउँ विकास समिति हो । २०३८ सालको जनगणनामा त्यहाँ जम्मा ४२ वटा घर थिए । त्यस गाविस सिङमा भोटे परिवारमा बहुपति (साझा स्वास्नी राख्ने) प्रथा छ । त्यहाँ हाल ४१ घर छन् । परिवारको जेठो छोराले स्वास्नी ल्यायो भने त्यो स्वास्नी उसको परिवारमा जति जना दाजुभाइ हुन्छन् सबैको साझा हुन्छे । परिवारका अन्य...
-
२०७६ आषाढ २५, बुधबार
छ हजार नमूना परीक्षण
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आवमा जेठ मसान्तसम्म छ हजार ५२० नमूना परीक्षण गरेको छ । विभिन्न निकायबाट आएका एक हजार ७७० मुद्दामा यी नमूना परीक्षण भएको प्रयोगशालाले जनाएको छ । गत ११ महीनामा ६ हजार ४६८ नमूना प्राप्त भएको र गत आवको ७३० बाँकी नमूनाबाट यो परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा विषविज्ञान टक्सिकोलोजी मा सबैभन्दा बढी परीक्षण भएको प्रयोगशालाका कामु कार्यकारी अधिकृत...


