-
२०७६ आषाढ २५, बुधबार
प्रदुषित पानीले झाडावान्ताका बिरामी बढे
वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात÷आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा अग्रहरीले जानकारी...
-
२०७६ आषाढ २५, बुधबार
पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा
विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा...
-
२०७६ आषाढ २५, बुधबार
गोली हानाहानमा दुईको मृत्यु, एक घाइते
भोजपुर सदरमुकाम नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच भिडन्तमा गोली हानहान हुदाँ दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्तमा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका निरकुमार राईको मृत्यु भएको हो । एक प्रहरी सोम भट्राई भने घाइते भएका छन् । विप्लव समूहबाट पहिलो पल्ट प्रहरी मृत्यु भएको छ । बुधवार विहान करिब ९ बजे सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटेल...
-
२०७६ आषाढ २५, बुधबार
डाइभर्सन बनेसँगै सामान ढुवानी शुरु
विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी ९सिएमसी०को सहयोगमा डाइभर्सन तयार भएपछि मङ्गलबार रातिदेखि मालसामान ढुवानी शुरु गरिएको हो । डाइभर्सन नहुँदा पोखरामा ल्याइने सामग्रीका साथै विमानस्थल निर्माणका सामग्री पनि रोकिएका थिए । ड्राइभर्सन तयार भएपछि गए रातिदेखि मालवाहक गाडी...
-
२०७६ आषाढ २५, बुधबार
बसले ठक्कर दिँदा मृत्यु
जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा ३ ख ११७ नंको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर आज एक महिलाको ज्यान गएको हो । मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न खुल्न सकेको छैन । बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेलम्बुका...
-
२०७६ आषाढ २५, बुधबार
विदेशी पर्यटकका उजुरी
नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् । पर्यटक प्रहरीमा चालू आर्थिक वर्षमा ६०० उजुरी दर्ता भएका हुन् । साउनमा ५०, भदौमा ३५, असोजमा ६५,...
-
२०७६ आषाढ २५, बुधबार
शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिनुभयो । “यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा...
-
२०७६ आषाढ २५, बुधबार
पपुवा न्यूगिनीमा आदिवासी समुदायका २४ जनाको मृत्यु
पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायहरुबीच सदियौंदेखि...
-
२०७६ आषाढ २५, बुधबार
अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु
संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो । अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुबै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो । अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोध...
-
२०७६ आषाढ २५, बुधबार
काठमाडौलाई प्राचीन शहर बनाउने कि आधुनिक शहर
कुनै समय काठमाडौं कान्तिपुर को सौन्दर्यवाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले अलकापुरी नगरी कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको शहर हो । यसलाई ‘मन्दिरै मन्दिरको शहर’ पनि भनियो । ४०० ईशापूर्व पुरानो किरात सभ्यतालाई अझैपनि आफ्नो गर्भमा समेटेर बाँचेको यो शहरले आधुनिकतालाई पनि आत्मसात गर्दै गएको छ । अहिले मन्दिरै मन्दिरको यो शहरमा आधुनिक व्यापारिक भवन, सिनेमा घर, प्रविधियुक्त संरचनाहरु...
-
२०७६ आषाढ २५, बुधबार
न्यून चापीय रेखा नेपाल नजिक ः देशभर वर्षा हुने
मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई÷तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ...
-
२०७६ आषाढ २५, बुधबार
पुल मर्मत नहुँदा जोखिममा
बर्दियाको राजापुर हुलाकी राजमार्गअन्तर्गत बर्दियाको राजापुर र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ । गत वर्षदेखि नै पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परे पनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको हो । प्रदेश नं ५ र प्रदेश नं ७ लाई जोड्ने पुलको अन्तिम पिल्लरसँगै बनाइएको तटबन्धको तारजाली वर्षेनी भाँसिदै गएको राजापुर नगरपालिका–१ का...


