-
२०७६ आषाढ २५, बुधबार
कान्तिपुर फिल्म एकेडेमीको दिक्षान्त समारोह सम्पन्न
कान्तिपुर फिल्म एकडेमीले असार २४ गते एक कार्यक्रमका बीच तेस्रो ‘फिल्म स्क्रिनिङ्ग एन्ड ग्राजुएसन’ कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डको सभा हलमा भएको कार्यक्रममा विभिन्न विधाहरुमा अध्यापन गराउँदै आएको थापागाउँमा अवस्थित एकेडेमीले फिल्म डाइरेक्सन, फिल्म एक्टिङ्ग, फिल्म एडिटिङ्ग र सिनेम्याटोग्राफीमा १ बर्षे डिप्लोमा कोर्स गरेका ३९ जना विद्यार्थीहरुलाई दिक्षित गर्दै दिक्षान्त समारोह...
-
२०७६ आषाढ २५, बुधबार
चाडपर्व खर्च कटौती नगर्न निवृत्त कर्मचारीको आग्रह
लामो समय सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीले आफूहरुले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न आग्रह गरेका छन् । पूर्वकर्मचारीले प्राप्त गर्दै आएको सेवा सुविधा कटौतीबाट राष्ट्रसेवकको जोश र जागरलाई असर पुग्ने सक्नेतर्फ ध्यानकर्षण गराउँदै नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घले त्यस्ता खर्च कटौती नगर्न आग्रह गरेको हो । सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल,...
-
२०७६ आषाढ २५, बुधबार
धितोपत्र बजारः नेप्से परिसूचक ओरालो
धितोपत्र बजारमा मङ्गबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १।१२ अङ्कले घटेर एक हजार २४९।१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।७३ अङ्कले घटेर २६८।३३ मा थामियो । स्टकका अनुसार आज कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोवार...
-
२०७६ आषाढ २५, बुधबार
नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कला होः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई विश्वसामु चिनाउने विधा साहित्य, सङ्गीत र कला नै भएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७५’ समारोहमा उहाँले मुलुकलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम साहित्य सिर्जना भएको बताउनुभयो । “नेपाल साङ्गीतिक विविधताबीच प्राकृतिक वैभव र...
-
२०७६ आषाढ २५, बुधबार
बहिरा व्यक्तिले अझै पाएनन् सवारी चालक अनुमतिपत्र
बहिरा व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिनु भन्ने सर्वोच्च अदालतले निर्णय गरेको छ वर्ष बिते पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा अपाङ्गता भएका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिने व्यवस्था नहुँदा उनीहरुले चालक अनुमतिपत्र नपाएका हुन् । सर्वोच्च अदालतले विसं २०६९ चैत २९ मा ऐन संशोधन गरेर बहिरा नागरिकलाई सवारी चालक अनुमतिपत्र दिन सरकारका...
-
२०७६ आषाढ २५, बुधबार
एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की
नुवाकटमा एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई आज नुवाकोट ल्याइएको छ । धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि यहाँ ल्याएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । उहाँको अनुसार गत फागुन १० गते राति विदुर नपा–२ स्थित एनसेल...
-
२०७६ आषाढ २४, मंगलबार
प्रदेश ३ मा ११९ नयाँ उद्यान बन्ने
प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो । चार वर्षभित्र निर्माण सम्पन्न हुनेगरी उद्यान निर्माणको काम प्रारम्भ गरिने मन्त्रालयले जनाएको छ । स्थानीय तहहरुसँगको साझेदारीमा उद्यान...
-
२०७६ आषाढ २४, मंगलबार
आइसिटी अवार्डका उत्कृष्ट ११ को घोषणा
‘लिभिङ विद आइसिटी’ ले आयोजना गर्न लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड–२०१९’ अन्तर्गत तीन विधाका शीर्ष ११ को घोषणा गरिएको छ । अवार्डको नौ विधामध्ये तीन विधा ‘स्टार्टअप आइसिटी अवार्ड’, ‘प्रडक्ट आइसिटी अवार्ड’ र ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड’ का उत्कृष्ट ११ प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको संस्थाका कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिनुभयो । आइसिटी अवार्डअन्तर्गत विभिन्न नौ विधाका लागि...
-
२०७६ आषाढ २४, मंगलबार
सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद
दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२÷१२ वर्ष कैद फैसला सुनाएको हो । उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२÷१२ वर्ष कैद र पीडितलाई दुवैबाट...
-
२०७६ आषाढ २४, मंगलबार
आमा र हजुरआमाको हत्यामा जन्मकैद
कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए । बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया...
-
२०७६ आषाढ २४, मंगलबार
विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई विद्युत् मिटर बक्स
नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगरका रूपमा परिचित झापाको कनकाई नगरपालिकामा रहेका विपन्न वर्गका नगरवासीलाई एक कार्यक्रमबीच सोमबार निःशुल्क विद्युत् मिटर बक्स वितरण गरिएको छ । नगरपालिका परिसरमा आयोजना गरिएको निःशुल्क मिटरबक्स वितरण कार्यक्रममा स्थानीय ८० वर्षीया ज्येष्ठ सदस्य कृष्णमाया राईलाई मिटरबक्स वितरण गर्दै नगरप्रमुख राजेन्द्र पोखरेलले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । वितरणको पहिलो...
-
२०७६ आषाढ २४, मंगलबार
निस्दीमा हावाबाट बिजुली थप सेवा
पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ । यसअघि एक हजार २०० किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य...



