STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ ७, शनिबार

    कष्टकर जीवन बिताउँदै कैदी

    जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लाष्टिक राखेर सुत्ने गरेका छन् । “राणाकालमा निर्माण गरिएको भवनमा स्लेट खिइएर झर्न थालेको छ”, कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले भन्नुभयो...

  • २०७६ आषाढ ७, शनिबार

    साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । उहाँले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । “प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही...

  • २०७६ आषाढ ७, शनिबार

    विपद्का घटनामा वृद्धि दुई महीनामा ६९ जनाको मृत्यु

    कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् । नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक,...

  • २०७६ आषाढ ७, शनिबार

    भारतीय पर्यटकको नेपालगञ्जमा होटल भरिभराउ

    नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् । होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको सङ्ख्या बढ्दै...

  • २०७६ आषाढ ७, शनिबार

    जथाभावी औषधि नबेच्न सुझाव

    निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ । पछिल्लो समयमा नार्कोटिकलगायतका औषधिलाई युवाले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको पाइएकाले यसको नियन्त्रणका लागि बिक्री वितरणलाई व्यवस्थित गर्न समितिले सुझाएको हो । आज सदरमुकामका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गर्दै समितिले डाक्टरको रिपोर्ट लिएर आएका बिरामी...

  • २०७६ आषाढ ७, शनिबार

    मनसुन मध्येक्षेत्र प्रवेश संगै वर्षा शुरु

    बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । वर्षा हुने गतिविधि क्रमशः बढ्दै जानेछ । “अबको एक ÷दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने छ”, मौसमविद् शान्ति कँडेलले भन्नुभयो । आज देशको अधिकांश स्थानमा आंशिकदेखि...

  • २०७६ आषाढ ६, शुक्रबार

    ‘गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत’

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायको धार्मिक र सांस्कृतिक तथा गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत भूमि व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारका तर्फबाट एउटा सङ्कल्प व्यक्त भइसकेको छ, हाम्रो धर्म, परम्परा,...

  • २०७६ आषाढ ६, शुक्रबार

    सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । उनले आफ्नो न्यूनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपको टोलीका मार्की खेलाडी भने भारतीय टोलीका पूर्वब्याट्सम्यान...

  • २०७६ आषाढ ६, शुक्रबार

    टोल–टोलमा लागुऔषध दुरुपयोगविरुद्ध प्रहरी अभियान

    ओखलढुङ्गाका सबै स्थानीय तहका टोल–टोलमा लागुऔषध दुरुपयोेगविरुद्ध सप्ताहव्यापी अभियान शुरु भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर जिल्लाभर लागुऔषधविरुद्धको अभियान थालिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयको संयोजनमा बिहीबार जिल्लाका आठवटै स्थानीय तहमा विशेष कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएको जिल्ला प्रहरी प्रमुख...

  • २०७६ आषाढ ६, शुक्रबार

    तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जना विरुद्ध मुद्दा

    विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब रु तीन अर्ब राजश्व छलेको पाइएको छ । सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । उनीहरु विरुद्ध रु दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ विगो कायम गरी विगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग...

  • २०७६ आषाढ ६, शुक्रबार

    प्रेसमाथि कहीँबाट कुनै खतरा छैन ः मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै सरकारले कसैलाई अप्ठेरो बनाएको छैन, प्रेसमाथि कहीँबाट पनि कुनै खतरा छैन भन्नुभयो । मन्त्री...

  • २०७६ आषाढ ६, शुक्रबार

    एक डलरमै हवाई यात्राको अवसर

    मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रबद्र्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ । स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ । आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड...

Pages