-
२०७६ आषाढ ४, बुधबार
नमूना मालपोत कार्यालय सञ्चालनमा
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गर्नुभएको छ । अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ...
-
२०७६ आषाढ ४, बुधबार
हयातका आन्दोलनरत मजदूर काममा फर्किए
श्रम ऐन, २०७४ तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड हयात रिजेन्सी, काठमाडौँ का मजदूर आजदेखि काममा फर्किएका छन् । श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले...
-
२०७६ आषाढ ४, बुधबार
सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित – राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसिआर को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रुपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ । अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन...
-
२०७६ आषाढ ३, मंगलबार
लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम
पूर्वी नेपालमा लिम्बू भाषीले झण्डै एक दशकदेखि राज्यको लगानीविना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यपक्षबाट कुनै पनि लगानीविना विद्यालयमा पठनपाठन गराइरहेका छन् । लिम्बू भाषाको विकासका क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहनुभएका मलिसा याक्थुङबा लिम्बू भाषालाई सरकारले योग्यताको भाषा बनाउनुपर्ने...
-
२०७६ आषाढ ३, मंगलबार
तीन देशमा बौद्ध धार्मिक पर्यटन प्रवद्र्धन
नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा स्थापित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाएको छ । उदीयमान पर्यटन बजारको रूपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाइल्याण्डमा बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल ९सोट्टो नेपाल० सँगको सहकार्यमा नेपाल गन्तव्य प्रवद्र्धन गरेको हो । बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार र एक आकर्षक पर्यटकीय...
-
२०७६ आषाढ ३, मंगलबार
निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का
टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् । सडक...
-
२०७६ आषाढ ३, मंगलबार
चार दिनदेखि उडान नहुँदा २०० यात्रु अलपत्र
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन । उडान प्रभावित...
-
२०७६ आषाढ ३, मंगलबार
इच्छाकामनामा बाल संरक्षणगृह निर्माण
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिनुभयो । रु १४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष...
-
२०७६ आषाढ ३, मंगलबार
ठेक्का भएको डेढ वर्षपछि मुआब्जा वितरण शुरु
कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको छ । निर्माणका लागि ठेक्का सम्झौता भएको करीब आधा समय ९डेढ वर्ष०पछि यहाँको शुक्लाफाँटा र वेदकोट नगरपालिकाअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको हो । दुई वर्षमा भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनिसकेपछि डेढ वर्षअघि थप १५ किलोमिटर नहर निर्माणका लागि तीन प्याकेजमा...
-
२०७६ आषाढ ३, मंगलबार
तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो । पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो । सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन...
-
२०७६ आषाढ ३, मंगलबार
खानेपानी योजनाबाट याम्खाका ८४ घर लाभान्वित
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा सञ्चालन गरिएको खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरिएको रु ३२ लाख ५० हजार र उपभोक्ताको रु सात लाख ७८ हजार ४८६ को जनश्रमदान गरी जम्मा रु ४० लाख २८ हजार ४८६ मा खानेपानी योजना सञ्चालन गरिएको हो । उपभोक्ताको घरमा निर्माण गरिएको धारामा मिटर जडान गरेर खानेपानी वितरण गरिएको छ ।...
-
२०७६ आषाढ ३, मंगलबार
मनपरी काटिएका सडकले पहिरोको जोखिम
सुदूरपश्चिम प्रदेशको डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा मनपरी सडक काटिँदा पहिरोको जोखिम बढेको छ । गाउँगाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षणविनै खनिएका सडकले यहाँका पहाडी जिल्लामा पहिरोको जोखिम निम्त्याउन थालेको स्थानीयवासीको आरोप छ । यस्ता सडकका आसपासका बस्तीमा पहिरोको जोखिम बढेको स्थानीयवासी बताउँछन् । लाखाँै रकम खर्चेर निर्माण गरिएका ग्रामीण सडक वर्षात्को समय पानीले...


