-
२०७६ आषाढ ८, आइतबार
प्रहरी बिटमा मासु पसल
प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही समयअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगञ्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए । जिल्ला संयुक्त बजार अनुगमन...
-
२०७६ आषाढ ८, आइतबार
निर्देशक समाजले मदनकृष्ण र हरिवंशलाई बिर्से
नेपालका चलचित्र निर्देशकहरुको संगठन नेपाल चलचित्र निर्देशक समाजले आफ्ना दुई अग्रज बरिष्ठ चलचित्र निर्देशकद्धय मोहन निरौला र तिर्थ थापालाई सम्मान गरेको छ भने सो समाजले उमेरले ६० वर्ष नाघेका निर्देशकहरुलाई सम्मानार्थ आजिवन सदस्यता प्रदान गरेको छ । समाजलाई थप सक्रियता दिदै चलचित्र सर्जक सम्मान २०७६ आयोजना गरि निर्देशकद्धय मोहन निरौला र तिर्थ थापालाई सम्मान गरेको हो । सो समारोहमा प्रमुख अतिथि संघीय...
-
२०७६ आषाढ ८, आइतबार
बस पल्टिँदा सत्र घाइते
काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताउनुभयो । अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
-
२०७६ आषाढ ८, आइतबार
वसुवर्ण साकोसको उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न
ललितपुर, नागबहालस्थित वसुवर्ण वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । २०७६ जेष्ठ ३० गते निसें जेष्ठ ७ गते १० दिनसम्म यो तालिम भएको हो । संस्थाका अध्यक्ष सुमन शाक्यको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा वितरण गर्नुभयो । यस तालिमबाट प्राप्त...
-
२०७६ आषाढ ८, आइतबार
प्यालेस्टिनीका लागि अमेरिकी प्रस्ताव, लाखौंलाई रोजगारी दिने तयारी
संयुक्तराज्य अमेरिकाले तयार पारेको बहुचर्चित मध्यपूर्व शान्ति योजनामा प्यालेस्टिनीका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढी रकम संकलन गर्ने उद्देश्य राखेको छ । यही साता बहराइनमा आयोजना गरिने सम्मेलनमा सार्वजनिक गरिने उक्त योजनाबाट एक दशकभित्र दश लाखभन्दा बढी रोजगारी सिर्जना गरिने बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्यालेस्टिनीका लागि अभूतपूर्व लगानी जुट्ने विश्वास गरेको छ । साथै,...
-
२०७६ आषाढ ८, आइतबार
नाइजेरियामा बोको हराम समूहमाथि सैनिक कारबाही
नाइजेरियाली सेनाले पछिल्लो सैनिक कारबाहीमा कम्तीमा ४२ जना बोको हरामका लडाकू मारिएको जनाएको छ । बहुर्राष्ट्रिय संयुक्त सैनिक कार्यदलले नाइजेरियाको लेक चाड इलाकामा शुक्रबार बोको हराम विरुद्ध संयुक्त कारबाही गरेको थियो । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले बोको हराम लडाकू विरुद्ध जमिन र समुद्रबाट भिषण कारबाही गरिएको जानकारी दिनुभयो । उक्त सैन्य कारबाही लेक चाडको डोरोन नाइरा द्वीपका साथै...
-
२०७६ आषाढ ८, आइतबार
बलात्कारका घटना दोब्बर बढ्यो
पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा करीब दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ५९ यस्ता घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबर्जस्ती करणीका छन् । उहाँका अनुसार आव २०७२÷७३ मा ६८ र २०७३÷७४ मा ६७ बलात्कारका घटना भएका थिए । यस...
-
२०७६ आषाढ ८, आइतबार
पत्रकारिताका नाममा ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता
पत्रकारिताका नाममा धम्की दिई ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । जनकपुरधामबाट प्रकाशन हुने ‘दूधमति’ साप्ताहिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा वक्ताहरूले धम्की दिई नैतिक दबाब र रकमको चलखेलले पत्रकारिताप्रतिको विश्वासमा कमी आउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले वस्तुनिष्ठभन्दा पनि दलाली गर्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने घटनामा वृद्धि हुनु...
-
२०७६ आषाढ ८, आइतबार
जमीन भासिँदा जिससको भवन भत्कियो
लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति जिसस पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो । जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमीन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी चण्डीका गणमा...
-
२०७६ आषाढ ८, आइतबार
राष्ट्रिय पाककला प्रतियोगिता
देशमै पहिलोपटक आयोजना गरिएको राष्ट्रिय पाककला प्रतियोगिता खाना पकाउने सीप परीक्षण मा प्रदेश नं ३ का सुनसरी नेपालीले प्रथम स्थान हासिल गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्सि टीइभिटी र राष्ट्रिय सीप परीक्षण विभागको आयोजना, स्वीस सरकारको प्राविधिक सहयोग तथा गेट भोकेसनलको समन्वयमा पोखरामा आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल नेपालीले उपाधिको साथमा नगद रु एक लाख...
-
२०७६ आषाढ ८, आइतबार
लिबियामा जारी तनाबबारे वार्ता
लिबियाका लागि राष्ट्रसंघीय विशेषदूत घसान सालामेले शनिबार लिबियाको पूर्वी क्षेत्रमा सक्रिय सैनिक कमान्डर खलिफा हफ्तारसँग भेटवार्ता गर्नुभएको छ । राजधानी त्रिपोलीलाई नियन्त्रणमा लिने प्रयासस्वरुप अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकारी सेना र हफ्तार समर्थित सेनाबीच जारी संघर्षका बारेमा उहाँहरुबीच रुजमेह शहरमा कुराकानी भएको हो । त्रिपोलीस्थित राष्ट्रसंघीय कार्यालयका अनुसार सशस्त्र द्वन्द्वका कारण...
-
२०७६ आषाढ ८, आइतबार
किमलाई प्राप्त भयो ट्रम्पको पत्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गर्नुभएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गर्नुभएको हो । पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टी जनाउनु भएको पनि समाचारमा उल्लेख गरिएको छ । उहाँले भन्नुभएको छ, “पत्रमा गज्जबको विषयबस्तु...


