-
२०७६ आषाढ ४, बुधबार
राउटे बस्ती हेर्न शुल्क
बाह्य नागरिक मनपरिरुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ । लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि रु १०, नेपाली नागरिकका...
-
२०७६ आषाढ ४, बुधबार
लहानको फोहर एक महीनापछि उठ्यो
लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महीनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा हिजो भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयवासीले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न दिने सहमति दिएपछि फोहर उठाउने कार्य शुरु भएको हो । फोहर व्यवस्थापनका लागि लहान नगरपालिकाले विकल्प खोज्ने र विकल्प...
-
२०७६ आषाढ ४, बुधबार
सभामुखले बोल्न समय उपलब्ध नगराएको काङ्ग्रेसको आरोप
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गर्नुभएकामा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको ‘वेल’ घेर्नुपर्ने अवस्था सिर्जना भएको तथा सदनमा प्रमुख प्रतिपक्ष...
-
२०७६ आषाढ ४, बुधबार
इनरुवामा पनि डेंगुका बिरामी भेटिए
सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । इनरुवाको...
-
२०७६ आषाढ ४, बुधबार
हावाहुरीले सर्लाहीमा दुई घाइते, करेन्ट लागेर बालकको मृत्यु
मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती,...
-
२०७६ आषाढ ४, बुधबार
प्रहरी नायब उपरीक्षकलाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ
प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षकको कार्यकक्षमा आई यादवले तपाईसँग केही काम गराउँछु, तपार्इंलाई पनि मिलाउँछु...
-
२०७६ आषाढ ४, बुधबार
नेपालमा अफिम खेती, लगानी भारतीय
आज बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजै साँझ पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गर्ने प्रहरीले...
-
२०७६ आषाढ ४, बुधबार
गर्मी बढेसँगै रगतको अभाव
जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिनुभयो । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम...
-
२०७६ आषाढ ४, बुधबार
बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर ल्याउन लागिएको सहायक प्रमुख...
-
२०७६ आषाढ ४, बुधबार
समयमा पार्टीको महाधिवेशन हुनुपर्छ नेता जोशी
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले समयमा पार्टीको चौधौँ महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि स्व सुदर्शन आचार्यको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टीलाई चलायमान बनाउन समयमा महाधिवेशन हुनुपर्ने बताउनुभएको हो । नेता जोशीले स्व आचार्यको जीवन पद्धतिबाट पार्टीले धेरै कुरा सिक्नुपर्ने उल्लेख...
-
२०७६ आषाढ ४, बुधबार
पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि
आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय लाटोसाथी ले ‘पतञ्जलि’ पुस्तकमार्फत उहाँको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गर्नुभएको छ । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य डा आत्रेयले फेला पार्न सफल हुनुभएको हो । वाल्मीकि क्याम्पसमा आयोजित...


