STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १, आइतबार

    २० चेपाङलाई रोजगार

    चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो ।      एसएलसी दिएपछि  पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भई फाराम भरेर रोजगार हुन पाउँदा निकै खुशी लागेको अस्मिता चेपाङले बताउनुभयो ।...

  • २०७६ आषाढ १, आइतबार

    जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने  राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताउनुभएको छ ।  लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम...

  • २०७६ आषाढ १, आइतबार

    ‘कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ’  प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताउनुभएको छ ।  अन्तरर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।...

  • २०७६ आषाढ १, आइतबार

    दुई सङ्गठनबीच एकता

    नेपाल राष्ट्रिय वाणिज्य सङ्घ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको छ । एकतापछि शनिबार राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ जिल्ला शाखाको घोषणा गरिएको छ । महासङ्घ नेपाल कम्युनिष्ट पार्टी नेकपा को शुभेच्छुक सङ्गठन हो । एकताअघि सङ्घमा पूर्व एमाले र सङ्गठनमा पूर्व माओवादी केन्द्र निकट व्यवसायी आवद्ध थिए । महासङ्घको केन्द्रमा भने एकता प्रक्रिया अझै टुङ्गिएको छैन । जिल्लास्तरमा...

  • २०७६ आषाढ १, आइतबार

    नदीजन्य पदार्थ उत्खननमा रोक

    झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकोे छ । नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा रोक लगाएको हो । यदि सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा रु १० हजारदेखि रु ३० हजारसम्म जरिवाना तथा जफत गरिएका सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने नगरपालिकाले जनाएको छ ।...

  • २०७६ आषाढ १, आइतबार

    कोपा अमेरिका फुटबल, अर्जेन्टिना स्तब्ध

    लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले खेलको उत्तरार्धमा गोल गर्नुभएको थियो । खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु...

  • २०७६ आषाढ १, आइतबार

    अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

    मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र एक जना...

  • २०७६ आषाढ १, आइतबार

    ‘मनिराज वाङ्मय पुरस्कार२०७५‘ साहित्यकार सुवेदीलाई

    साहित्यकार मनिराज जोशीको नाममा स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार२०७५‘यस वर्ष विराटनगरका साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिने भएको छ । कैलालीस्थित नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार पदमराज जोशीले सो जानकारी दिनुभएको हो । साहित्यकार सुवेदीले लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली...

  • २०७६ आषाढ १, आइतबार

    बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

    भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ । एक सय १० जना क्षमता रहेको उक्त गृहमा हाल २० बालिका र १७० बालकसहित कूल १९० जना बालबालिका राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जय राजन श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा कानून बमोजिम सजायको भागिदार भएका बालबालिकाका लागि सञ्चालित बालसुधार गृहमा ठाउँ अभावका कारण बस्ने...

  • २०७६ आषाढ १, आइतबार

    डाँडापारिको फोक्सिङटारसम्म पुग्यो बस

    काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–३ फोक्सिङटारको ठूलो पोखरासम्म यात्रुबाहक बस पुगेपछि स्थानीय बासिन्दाले अब सदरमुकाम धुलिखेलसम्म आवतजावत गर्न पैदल हिँड्नु नपर्ने भएको छ । यसअघि महाभारतको ४ नंं वडा महादेवटारसम्म करीब दुई÷तीन घण्टाको बाटो हिँडेर बस चढ्नुपर्ने बाध्यता रहेकामा गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को रु १२ लाख बजेट र यसअघिको गाउँपालिका तथा साविक जिल्ला विकास समितिको...

  • २०७६ आषाढ १, आइतबार

    हितकरको कथा सङ्ग्रह ‘मिजला’ अब अङ्ग्रेजीमा

    नेपाल भाषाका कथाकार हितकरवीर सिंह कंसाकारको चर्चित कथा सङ्ग्रह ‘मिजला’ को अङ्ग्रेजी अनुवाद बजारमा आएको छ । उनान्चास वर्ष अघि लेखिएको उक्त कृतिको अंग्रेजी संस्करण नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको हो । नौवटा कथा सङ्गृहीत यस पुस्तकको मूल्य रु १७५ राखिएको छ । पञ्चायती व्यवस्थाविरुद्ध खुलेर बोल्न र लेख्न नपाउने तत्कालीन समाजको यथार्थ चित्रण गर्ने र सामाजिक विकृतिलाई मार्मिक ढङ्गले...

  • २०७६ आषाढ १, आइतबार

    ढल्केबरमा निर्माण हुँदै देशकै ठूलो सवस्टेशन, पुसभित्र सकिँदै

    विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार धनुषाको ढल्केबरमा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।  देशभित्रको विद्युत् प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि मार्ग...

Pages