STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २१, मंगलबार

    एक शिक्षक, शून्य विद्यार्थी

    विद्यालय भन्ने बित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छ । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् ।  डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपार्इंले सोचेजस्तो देख्नुहुन्न । जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन् ।  पहिलेका विद्यार्थी पनि अन्यत्र निजी विद्यालयमा स्थानान्तरण भ एभने यस वर्ष एक...

  • २०७६ जेठ २१, मंगलबार

    यार्सागुम्बाको चोरी निकासी रोक्न पाटनमै गस्ती

    यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती शुरु गरिएको हो ।यहाँस्थित अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालयका...

  • २०७६ जेठ २१, मंगलबार

    लोकसेवा आयोगको विज्ञापन सच्याउन माग

    सांसदले लोकसेवा आयोगले पछिल्लो पटक कर्मचारीको पदपूर्तिका लागि गरेको विज्ञापन संविधान र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको जनाउँदै सच्याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले स्थानीय तह र प्रदेशको अधिकारसमेत खोस्ने गरी आयोगले नौ हजार ९६१ कर्मचारी केन्द्रबाट किन माग गरेको हो भनी प्रश्न गर्नुभयो । प्रदेश र स्थानीय तहको कर्मचारी प्रदेश लोकसेवा आयोगमार्फत नै...

  • २०७६ जेठ २१, मंगलबार

    रुप्सेमा रमाउनेको भीड

    अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै...

  • २०७६ जेठ २१, मंगलबार

    जापानमा भूकम्प

    जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६।१ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान निकायले उक्त जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपासको क्षेत्रमा ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना जारी गरिएको छैन् । स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । जापान...

  • २०७६ जेठ २१, मंगलबार

    आगामी दिनमा पूँजीगत खर्च बढ्छः सत्ता पक्ष, बजेट सङ्घीता विरोधी छः प्रतिपक्ष

    प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि यही जेठ १५ गते प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान बजेट को सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट आलोचना हुनेक्रम तीन दिनदेखि जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता सुरेन्द्रप्रसाद पाण्डेले वित्तीय अनुशासनलाई ख्याल राखेर ल्याइएको बजेट नेपाली जनताको अपेक्षा र सही मार्गदर्शनअनुरुप...

  • २०७६ जेठ २१, मंगलबार

    सुडान सङ्कमा सेनाको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु

    सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ ।  सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो ।  सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै...

  • २०७६ जेठ २१, मंगलबार

    हावाले छाना उडाएपछि आँखा उपचार सेवा बन्द

    हावाले आँखा उपचार केन्द्रको छाना उडाएपछि करीब दुई हप्तादेखि आँखा उपचार सेवा ठप्प भएको छ । सिस्ने गाउँपालिका–५ स्थित टाकुरामा रहेको आँखा उपचार केन्द्रको छाना जेठ १० गते हावाले उडाएपछि उक्त केन्द्र बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।हावाहुरीले भवनको टिनको छाना उडाएपछि त्यस दिनबाट आँखा उपचार केन्द्रको सेवा बन्द भएको कार्यालय प्रखुम विष्णु खनालले बताउनुभयो । “निरन्तर नागरिकको सेवामा लागिरहेका...

  • २०७६ जेठ २१, मंगलबार

    प्रेसर हर्नको प्रयोग गर्नेलाई कारवाही हुने

    यातायातका सवारी साधनमा प्रेसर हर्नको प्रयोग बढ्दै गएपछि केही दिनदेखि जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले त्यसको नियन्त्रण गरेको छ ।  ट्राफिक कार्यालयले पछिल्लो पटक जाँचका क्रममा ट्रक, बस तथा टिपरमा प्रेसर हर्न भेटाएपछि जफत गरेको कार्यालयका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । प्रेसर हर्नबाट निस्कने ध्वनि मानिसले श्रवण गर्न सक्ने मापदण्डभन्दा बढीको हुने भएकाले स्वास्थमा...

  • २०७६ जेठ २१, मंगलबार

    विश्वकप क्रिकेट, पाकिस्तानको अप्रत्यासित जित

    इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा भएको खेलमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तान १४ रनले विजयी भएको छ ।  इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३४८ रन बनाएको थियो ।  जितका लागि ३४९ रनको ठूलो लक्ष्य लिएर मैदानमा उत्रेको इङ्ल्यान्डका लागि जो रुट र जस बटलर दुबैले...

  • २०७६ जेठ २१, मंगलबार

    यलम्बरको शालिकसहितको उद्यान निर्माण शुरु

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा यलम्बरको पूर्णकदको प्रतिमा शालिक सहितको व्यवस्थित उद्यान निर्माण शुरु गरिएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो यलम्बरको शालिकसहित व्यवस्थित तथा आधुनिक उद्यन निर्माण शुरु गरिएको हो ।   किरात समुदायको इतिहास संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा सो उद्यान निर्माण शुरु गरिएको नगरप्रमुख...

  • २०७६ जेठ २१, मंगलबार

    विद्यालयलाई सौर्यबत्ती

    जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयमा सौर्यबत्ती वितरण गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आठ आधारभूत र चार माविलाई दुई चिम, एक पाता, व्याट्रीसहित १० वाटको सौर्यबत्ती विद्यालयलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अधिकृत पदमवहादुर भण्डारीलगायत गाउँपालिका टोलीले विद्यालयमै पुगेर बत्ती प्रदान गर्दै...

Pages