-
२०७६ जेठ २१, मंगलबार
आमाछोरा उपचारबाट वञ्चित
बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गौला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन् । आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन् । तुलसा फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ भने उहाँको छोरा हिरेन्द्रको दुवै मिर्गौलामा समस्या देखिएको छ । दुबै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गौला पीडित शाहीकी भाउजु बिमला शाहीले...
-
२०७६ जेठ २१, मंगलबार
मिथिलामा बरसाइत पर्व
महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत वटसावित्री पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता समापन गरेका हुन् । सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ कृष्ण औंशीका दिन अटल सौभाग्यको बरदान पाएको विश्वासको आधारमा उक्त दिन अटल सौभाग्यको कामनाका साथ यो पर्व मनाउने परम्परा...
-
२०७६ जेठ २१, मंगलबार
संरक्षित वनलाई एक करोड ४० लाख
जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले जनाएको छ । विनियोजित बजेटले समुदायस्तरमा आत्मनिर्भर बनाउने खालका काम गरिरहेको डिभिजन वन कार्यालयका डिभिजनल...
-
२०७६ जेठ २१, मंगलबार
संविधान संशोधनका लागि निर्देशन होस् ः राजपा
राष्ट्रिय जनता पार्टी नेपाल राजपा ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन रुलिङ का लागि माग गरेको छ । सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो । सभामुखबाट समय लिएपछि सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट यसका लागि ‘रुलिङ...
-
२०७६ जेठ २१, मंगलबार
दुर्गममा अझै पुगेन पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन । किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको दुई महीना हुन लाग्दा...
-
२०७६ जेठ २१, मंगलबार
दायरा बढाउँदै कृषि विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन लागेको हो ।विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्नातकको एग्री इञ्जिनीयरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको छ ।...
-
२०७६ जेठ २१, मंगलबार
प्रधानमन्त्री कप ः गण्डकीले सुदूर पश्चिमलाई ९० रनको लक्ष्य
राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूर पश्चिमाञ्चललाई जीतका लागि ९० रनको सामान्य लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । गण्डकी प्रदेशका लागि लागि राहुल शर्माले सर्वाधिक ४१...
-
२०७६ जेठ २१, मंगलबार
मोटरसाइकल दुर्घटनामा बढी मृत्यु
जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका १२९ मध्ये ६५ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, चालू आवमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ५३ जना...
-
२०७६ जेठ २१, मंगलबार
प्रधानमन्त्रीबाट मुख्यमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उहाँले त्यहाँ मुटुको शल्यक्रिया गराउनुभएका मुख्यमन्त्री पौडेलको अवस्था बुझ्नुभएको थियो । मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरिरहेको छ ।मुख्यमन्त्री पौडेको अवस्था...
-
२०७६ जेठ २१, मंगलबार
ठाकुरबाबा नगरपालिकामा स्थानीय पाठ्यक्रम
बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा लागु गर्ने गरी स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाले ‘हाम्रो ठाकुरबाबा’ नाम गरेको स्थानीय पाठ्यक्रम यस शैक्षिक सत्रदेखि लागु गरेको हो । कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि तयार पारिएका पाठ्यक्रम नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय लागू गरिएको छ । स्थानीय पाठ्यक्रम गत वैशाख २५ को नगर कार्यपालिकाबाट स्वीकृत तथा वैशाख २९ को...
-
२०७६ जेठ २१, मंगलबार
सडक पुगेपछि स्थानीयवासीको आयस्तरमा वृद्धि
सडकले गाउँ जोडेपछि रम्भा गाउँपालिका–४ का स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयवासीको सक्रियतामा वडा नं ४ को लोरेङ्ग गाउँमा सडक पुगेको छ । सडकको ट्र्याक यसअघि नै खोलिए पनि स्तरोन्नति गर्न नसक्दा सवारी साधन गाउँमा जान सकेका थिएन । सडक सञ्जालले पछाडि परेको यस गाउँमा हालसालै मात्र सडकको स्तरोन्नतिको काम सम्पन्न भएपछि अहिले साना तथा ठूला सवारी साधन जान थालेका छन् । साना सवारी साधन गुड्न मुस्किल...
-
२०७६ जेठ २१, मंगलबार
बालविवाह न्यूनीकरणका लागि किशोरीको घरमा झण्डा
बैतडीको पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ । बालविवाह न्यूनीकरणका लागि २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राखिएको नगरउपप्रमुख जानकी ऐर बमले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह नरोकिएकाले किशोरीहरुकै सक्रियतामा १० वटै वडामा घरमा झण्डा राख्ने काम भएको हो । बिहेवारि २० वर्षपारि भन्ने कुरा किशोरीहरुलाई सिकाउन र उनीहरुका...


