STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २२, बुधबार

    राष्ट्रिय निकुञ्जमा नीलगाई ८२

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाईको सङ्ख्या ८२ रहेको पाइएको छ । पहिलो पटक गरिएको गणनामा वयस्क भाले १६, वयस्क पोथी ४०, अर्धवयस्क भाले दुई, अर्धवयस्क पोथी सात र बाच्छाबाच्छी गरी ८२ वटा नीलगाई फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिनुभयो । नीलगाई नेपाल, भारत र पाकिस्तानमा पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा, बर्दिया, चितवन, बाँके र पर्सा राष्ट्रिय...

  • २०७६ जेठ २२, बुधबार

    बालविवाह गर्नेलाई सेवा दिन्नाँैं

    बालविवाह गर्न नदिने र गरेको भेटाए कारवाही गर्नेमा कैलालीका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । नेपालको कानूनअनुसार २० वर्ष नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ ।  स्थानीय तहले बालविवाहलाई न्यूनीकरण गर्ने खालको अभियान चलाउने तयारी गरेका छन् । “महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बालविवाह तथा दाइजो प्रथा रोक्न समाज जागरुक बन्नुपर्छ । हामी बालविवाह गर्नेलाई नगरपालिकाबाट सेवासुविधा दिने छैनौँ...

  • २०७६ जेठ २२, बुधबार

    ज्येष्ठ नागरिक समाज घोषणा

    राष्ट्रिय ज्येष्ठ नागरिकको समाज, नेपालको राजविराजमा भएको सम्मेलनले हरिनारायण चौधरीको अध्यक्षतामा १७ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति गठन गरेको छ । समाजको उपाध्यक्षमा मोहम्मद गनी, सचिवमा शोभितलाल यादव, सहसचिवमा मञ्जु श्रेष्ठ र कोषाध्यक्षमा रोहितलाल दास चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा शिवनारायण परियार, देवनाथ साह, असर्फीलाल यादव, विश्वनाथ न्यौपाने, टङ्कनाथ साह, रामजी चौधरी, अनिलकुमार अनल,...

  • २०७६ जेठ २२, बुधबार

    आगलागी पीडितलाई सहयोग

    बाँके नरैनापुर गाउँपालिका–१ कट्कुइयाँका आगलागी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको समन्वयमा बागेश्वरी असल शासन क्लब ९बास०ले आगलागी पीडित १५ घरपरिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगलागी पीडितलाई प्रतिपरिवारलाई कम्बल एक थान, २५ किलो चामल, खाने तेल, नूनलगायतका सामग्री प्रदान गर्दै आगलागीका घटना हुन नदिन गाउँपालिका क्षेत्रका...

  • २०७६ जेठ २२, बुधबार

    राजधानी सडकको बिजोग

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडकमा रहेको खाल्डाखुल्डी मर्मत नहुँदा यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।    सडक मर्मत गर्न छुट्याएको बजेटले केही टालटुलको काम गरे पनि ६ महीना नपुग्दै ती सडक भत्किएर पुरानै अवस्थामा पुगेका छन् । स्थानीय जनप्रतिनिधि र सांसददेखि मन्त्रीसम्म खाल्डाखुल्डी सडकमा उफ्रिँदै यात्रा गर्छन् तर त्यसलाई मर्मत गरी आवागमन सहज बनाउनेतर्फ कसैको ध्यान भने जान...

  • २०७६ जेठ २२, बुधबार

    विश्व वातावरण दिवसका अवसरमा डस्टबिन वितरण

    विश्व वातावरण दिवसका अवसरमा डिभिजन वन कार्यालयले शुक्लागण्डकी नगरपालिका–५ स्थित छ वटा टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ । बेलचौतारामा आज आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, नगर प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले प्रत्येक टोल विकास संस्थालाई पाँच÷पाँच वटा डस्टबिन वितरण गर्नुभयो । फोहर व्यवस्थापनका लागि सहयोग पु¥याउने...

  • २०७६ जेठ २२, बुधबार

    स्याउ सिँचाइ अभाव

    सिँचाइको अभावले जुम्लाका किसानले स्याउबाट सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । स्याउका बगैँचा भएका ठाउँमा सिँचाइको सुविधा नहुनु र भए पनि बगैँचासम्म पानी ल्याउनका लागि विभिन्न समस्या भएकाले किसानले सिँचाइ गर्न पाएका छैनन् ।    स्याउका बिरुवाको वृद्धि विकास र उत्पादन बढाउन सिँचाइ महत्वपूर्ण हो । बिरुवा लगाउने बेला, मुना पलाउने बेला, फूल फुल्ने बेला, चिचिला तथा फल लाग्ने बेलामा पानीको मात्रा मिलाइ...

  • २०७६ जेठ २२, बुधबार

    पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

    राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पोरेशन आइओसी सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन,...

  • २०७६ जेठ २२, बुधबार

    तामाखानी सञ्चालन गर्न माग

    जिल्लाको राङ्खानीका स्थानीयवासीले तामाखानी सञ्चालनमा ल्याउन माग गरेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण अहिलेभन्दा ११६ वर्षपहिले उत्खनन बन्द भएको तामाखानी सञ्चालनका लागि स्थानीयवासीले माग गरेका हुन् । जैमिनी नगरपालिका–१० मा पर्ने राङ्खानीमा रहेको तामाखानी राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको बुढापाकाले बताएका छन् । स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको स्थानीयवासी...

  • २०७६ जेठ २२, बुधबार

    युवा वैज्ञानिक सम्मेलन शुरु

    विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि  हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न आजदेखि यहाँ शुरु भएको युवा वैज्ञानिक सम्मेलनका सहभागीले प्रविधिमा आधारित विकासले मात्र...

  • २०७६ जेठ २२, बुधबार

    भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरु

    मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा शुरु गरिएको छ । नवनिर्मित भवनमा मङ्गलवार कार्यालय स्थानान्तरण भएसँगै उक्त सेवा सञ्चालन गरिएको हो ।  ताप्लेजुङ यस्तो किसिमको सेवा प्रदान गर्ने ६२औँ मालपोत कार्यालय भएको छ । देशभरका १३१ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने लक्ष्य राखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताउनुभयो ।...

  • २०७६ जेठ २२, बुधबार

    पच्चीस बिघा क्षेत्रफलमा रङ्गशाला

    घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।  चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा...

Pages