-
२०७६ जेठ २१, मंगलबार
‘तिलिचो ताल पुगेसँगै सबै थकान मेटिन्छ’
गत हप्ता तिलिचो ताल पुगेका खोटाङ हलेसीका ४६ वर्षीय नयन कुमार राई औधी खुशी छन् । यहाँ आएर जुन आनन्दको अनुभूति गर्न पाए त्यसबाट उनी सन्तुष्ट छन् । उनी भन्छन् – “चार दिनसम्म तिलिचो ताल छेउमा रात बिताउँदा निकै आनन्दित भएँ । मैले स्वर्गीय आनन्द नै प्राप्त गरेको छु ।” मानिसले स्वर्ग देखेको छ या छैन अथवा स्वर्गीय आनन्द प्राप्त गरेको हुन्छ वा हुँदैन भन्ने त थाहा छैन तर पनि, यो तालसम्म आइपुग्ने जो सुकैले...
-
२०७६ जेठ २१, मंगलबार
वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु
वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताउनुभएको छ । विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह...
-
२०७६ जेठ २१, मंगलबार
शेयर बजार ःसाढे तीन अङ्कले घट्यो
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।५६ बिन्दुले घटेर एक हजार २८९।२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६२ बिन्दुले घटेर २७४।८६ बिन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२...
-
२०७६ जेठ २१, मंगलबार
प्रदूषणको कारण ‘प्लास्टिक’
ड्राइ फुड, दूध, दही, घीउदेखि मरमसाला, दाल, चामल, तेल, नुन सबै प्लास्टिककै झोलामा प्याक भएर आउँछन् । कस्मेटिकका सामग्री हुन वा तयारी कपडा, पेयपदार्थ होस् वा औषधिको प्रकार सबै प्लास्टिकभित्रै हुन्छन् । केटाकेटीले खाने फास्ट फुड हुन् वा खेलाउने खेलौना ती पनि प्लास्टिककै हुन्छन् । अब त घरमा प्रयोग हुने अधिकांश सामान प्लास्टिककै हुनथाले । अहिले सबैतिर प्लास्टिकको बिगबिगी छ । जताततै प्लास्टिक छ ।...
-
२०७६ जेठ २१, मंगलबार
एक वडा ः एक स्वास्थ्य केन्द्र
तनहुँको व्यास नगरपालिकाको छ वडामा स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । यसअघि स्वास्थ्य संस्था नभएका ठाउँमा नयाँ सो केन्द्र स्थापना हुन लागेको हो । व्यास नगरपालिकाको वडा नं १, २, ४, ५, ७ र १० मा नयाँ स्वास्थ्य केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । जनतामा उपचारको पहँुच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा पहिलो चरणमा भवनसमेत निर्माण गरी...
-
२०७६ जेठ २१, मंगलबार
बूढीगण्डकी आयोजना ः कहिले तोकिएला आरुघाट र खहरे बजारको मुआब्जा
बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेको धादिङ र गोरखाको दुई हजार ४०० रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । उनीहरुले आयोजनाले मुआब्जा वितरण गर्न थालेको चार वर्ष हुन लाग्दासमेत बजार क्षेत्रको मुआब्जा निर्धारण नभएकामा आपत्ति जनाउँदै तत्काल प्रक्रिया शुरु गर्न आग्रह गरेका हुन् । नियमानुसार मुआब्जा निर्धारणको काम जिल्ला प्रशासन कार्यालयले गर्छ...
-
२०७६ जेठ २१, मंगलबार
पत्रकार शर्माको अन्त्येष्टि
सवारी दुर्घटनामा परी निधन हुनुभएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उहाँ सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको थियो । तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान जोना का अध्यक्षसमेत...
-
२०७६ जेठ २१, मंगलबार
गोसाइँकुण्ड आजदेखि मेला शुरू
गङ्गा दशहरा पर्वका अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला आजदेखि शुरू भएको छ । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक तीर्थ गोसाइँकुण्डमा आजदेखि २९ गतेसम्म लाग्ने गङ्गा दशहरा पर्वको विशेष मेला भर्न भक्तजन फाटफुट रूपमा निलाद्री पर्वतको उकालो चढ्न थालिसकेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गोसाइँकुण्डमा स्नान र पूजाआरधना गर्नाले भगवान् शिवको...
-
२०७६ जेठ २०, सोमबार
यार्सा सङ्कलनबाट ९० लाख शुल्क
मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले रु ९० लाख शुल्क उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि...
-
२०७६ जेठ २०, सोमबार
हावाहुरीले बालिकाको मृत्यु
आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिनुभयो । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उहाँले...
-
२०७६ जेठ २०, सोमबार
चैनपुरमा मल्लकालीन ६०० वर्ष पुरानो इँटा भेटियो
चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गर्नुभयो । ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य हुनुहुन्छ । “चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ”, उहाँले...
-
२०७६ जेठ २०, सोमबार
घरधुरी कर लिने स्वयंसेविका घरमै
अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताउनुभयो । उहाँका अनुसार गत वर्षदेखि नै घरधुरी कर लिने नौ प्रकारको मापदण्ड बनाएर नगरपालिकाले जनताकै घरमा पुगेर कर उठाउन थालेको हो । उहाँले फुसको...


