STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० पौष १७, मंगलबार

    नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दम्पती पक्राउ

    काठमाडौं - प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ ।पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले भारत पु¥याएका ९ युवतीलाई ७ चैत २०७९ मा उद्दार गरेर नेपाल ल्याएको थियो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई...

  • २०८० पौष १७, मंगलबार

    ‘धोती दिवस’ मनाउन गएका सीके राउत पक्राउ

    काठमाडौं- माइतीघर मण्डलामा ‘धोती दिवस’ मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सीके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेला धकेल समेत भएको थियो । सरकारले...

  • २०८० पौष १७, मंगलबार

    प्रेमध्वज प्रधानको गीतमा बनेको म्युजिक भिडियो सार्वजनिक

    गोल्डेन भ्वाईस अफ नेपाल प्रेमध्वज प्रधानले गाउनु भएको " छन्त छु जुल ”( तिमिलाई के भयो ) बोलको नेपालभाषाको गीतमा बनेको एउटा म्युजिक भिडियोको सोमबार एक समारोहको बीच सार्वजनिक गरिएको छ । गायक प्रेमध्वज को साथमा गायिका प्रतिमा राजभण्डारी को युगल गायन रहेको सो गीतका रचनाकार एवं संगीतकार निर्मलरत्न शाक्य हुनु हुन्छ । विश्वास बज्राचार्य ले निर्देशन गर्नु भएको सो गीतमा लोकप्रिय अभिनेता कर्मा र शोभा...

  • २०८० पौष १५, आइतबार

    त्रिमूर्ति निकेतनले मनाए लेखनाथ पौड्याल जयन्ती

    नेपालको वाङमय क्षेत्रमा अग्रणी स्थानमा रहेको त्रिमूर्ति निकेतनको तत्वावधानमा  कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्ती समारोह सम्पन्न गरेको छ।  सो समारोहमा त्रिमुर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नु भएको थियो । सोही अवसरमा उहाँले त्रिमुर्ति निकेतन परिसरमा रहेको नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका...

  • २०८० पौष १५, आइतबार

    आज गुरुङ समुदायको तमु ल्होसार पर्व, देशभर सार्वजनिक बिदा

    काठमाडौं- आज पुस १५ गते, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्वका रुपमा मनाउने गरेका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत...

  • २०८० पौष १५, आइतबार

    धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिग उपाधि

    काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल...

  • २०८० पौष १५, आइतबार

    प्रधानमन्त्रीले भेटे बालकुमारी घटनाका पीडित परिवारसँग, मृतकका परिवारलाई दश लाख राहत

    काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।  प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा...

  • २०८० पौष १५, आइतबार

    बालकुमारी घटना : ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखा निर्देशकको जिम्मेवारी खोसियो, पीएसओ र डीएसपी निलम्बनमा

    काठमाडौं- बालकुमारीमा दुई जनाको ज्यान जानेगरी घटना भएपछि सरकारले ललितपुरमा कार्यरत अधिकारीको जिम्मेवारी व्यापक हेरफेर गरेको छ । शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितको छलफलले भीड नियन्त्रण गर्न नसकेको भन्दै ललितपुरका सीडीओसहित प्रहरी अधिकारीको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय भएको हो ।  काठमाडौंमै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल...

  • २०८० पौष १३, शुक्रबार

    बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

    काठमाडौँ - कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका...

  • २०८० पौष १३, शुक्रबार

    जनयुद्ध दिवसमा सार्वजनिक बिदा नहुने

    काठमाडौं- फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले  आदेश दिएको छ । द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो । न्यायाधीश आनन्दमोहन...

  • २०८० पौष १३, शुक्रबार

    गोठाटारमा सोफा फ्याक्ट्रीमा आगलागी

    काठमाडौं- काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । करिब दुई घण्टा अगाडिदेखि आगलागी सुरु भएको हो । अहिले आगो निभाउने प्रयास भइरहेको छ । क्षतिको विवरण आइसकेको छैन । 

  • २०८० पौष १३, शुक्रबार

    सन्दीप लामिछानेले बलात्कार गरेको ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने

    बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको छ।  त्यस्तै पीडित नाबालिग भनिएको दाबी...

Pages